Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

कैलालीको सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना दरमा वृद्धि

खबरडबली संवाददाता

सुदूरपश्चिम । अङ्गे्रजी माध्यममा पठनपाठन हुन थालेपछि बढेको आकर्षणसँगै कैलालीका सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना दर बढेको छ ।  

अङ्ग्रेजी माध्यममा पठनपाठन, सिकाइ प्रक्रियामा प्रविधिको प्रयोग, विद्यालयमा पठनपाठन पनि चुस्त दुरुस्त बन्दै गएकाले पनि सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको रुचि बढेको पाइएको छ । “कतिपय सामुदायिक विद्यालयमा प्रविधिको प्रयोग गरेर सिकाइ गरिँदा पनि अभिभावक विद्यार्थीको रुचि बढेको छ”, धनगढीस्थित धनगढी नमूना उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक लक्ष्मणदत्त भट्टले भने, “भर्ना गराउन पहिले बोडिङ स्कुल खोज्दै हिँड्ने अभिभावक हाल सामुदायिक विद्यालयमा छोराछोरी भर्ना गराइरहनुभएको छ ।”

विद्यालय शिक्षालाई स्थानीय तहमा हस्तान्तरण गरिएपछि विद्यालयको अनुमगन निरीक्षणको पाटो पनि बलियो हुँदै गई विद्यालय भर्ना बढेको पाइएको धनगढीवासी यज्ञराज जोशी बताउँछन् । विद्यालयमा भर्ना हुन चाहने विद्यार्थीको चाप बढ्न थालेपछि धेरै विद्यालयले भर्ना गर्दा प्रवेश परीक्षा पनि लिइरहेका छन् । 

विद्यार्थीको चापसँगै कतिपय विद्यालयमा कक्षाकोठा लगायतका भौतिक पूर्वाधारको अभाव सिर्जना हुनुका साथै विद्यार्थी सङ्ख्या बढे पनि शिक्षक दरबन्दी नथपिँदा कार्यरत शिक्षकको कार्यबोझ बढेको प्रधानाध्यापकको भनाइ छ । सरकारले गरिब एवं पिछडिएको समुदायका बालबालिकालाई छात्रवृत्ति उपलब्ध गराउन थालेपछि पनि यी विद्यालयमा विद्यार्थी भर्ना दर बढेको बताइएको छ । 

सरकारले खासगरी विपन्न, अपाङ्गता भएका, दलित, पिछडिएका वर्ग समुदायका बालबालिको शिक्षामा पहुुँच पुर्‍याउन र विद्यालयको भर्ना दर बढाउन छात्रवृत्तिको व्यवस्था गरेको छ । अत्तरियास्थित सुदूरपश्चिम समावेशी आधारभूत विद्यालयका संस्थापन मानबहादुर साउदले छात्रवृत्ति वितरण कार्यक्रमले विद्यालयको भर्नादर पहिलेको भन्दा तीन गुनाले बढेको बताए । यो विद्यालयमा अपाङ्गता भएका बालबालिको पठनपाठन हुँदै आएको छ । 

विद्यालय शिक्षा बाहिर रहेका बालबालिका विद्यालय शिक्षाबाट वञ्चित हुनु नपरोस् भन्ने लक्ष्यले सरकारले बर्सेनि विद्यालय भर्ना अभियान गरिरहेको हो । शिक्षा क्षेत्रको समन्वयकारी भूमिका निर्वाह गरिरहेको शिक्षा विकास तथा समन्वय एकाइ कैलालीका प्रमुख वैकुण्ठ सुवेदीले पालिका तहको सरकारले आफ्नो पालिका क्षेत्रका विद्यालयसँग समन्वय गरेर विद्यालय शिक्षा बाहिर रहेका बालबालिकालाई विद्यालय भर्ना कार्यक्रम सञ्चालन गर्दै आएको बताए । 

बर्सेनी विद्यालय भर्ना अभियान सञ्चालन हुने गरे पनि कतिपय समुदायका परिवार अझै पनि आफ्ना बालबालिकालाई विद्यालय पठाउनमा इच्छुक नदेखिने गरेको बताइन्छ । “कतिपय समुदायका परिवारले अझै पनि आफ्ना बालबालिकालाई स्कुल पठाउन नमानिरहेको अवस्था पनि देखिन्छ”, सुवेदीले भने । 

कैलाली जिल्लामा रहेका सामुदायिक विद्यालयमध्ये कतिपय विद्यालयलाई पालिका तहले एकापसमा ‘मर्ज’(गाभे)को छ । विसं २०७५ सम्म जिल्लाभरि पाँचसय ७१ सामुदायिक विद्यालय रहेकोमा पछिल्लो केही वर्षदेखि कतिपय विद्यालय आपसमा मर्ज गरिएको पाइएको एकाइ प्रमुख सुवेदीले बताए । विद्यालय शिक्षालाई चुस्त दुरुस्त एवं शैक्षिक गुणस्तरमा सुधार ल्याउन एकापसमा गाभ्ने काम भइरहेको बताइन्छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: