Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

युक्रेन नजिकै सेनासँग आणविक अभ्यास गर्न पुटिनको आदेश

खबरडबली संवाददाता

एजेन्सी । रुसको बेलगोरोड सीमा क्षेत्रमा युक्रेनी ड्रोन आक्रमणमा छ जनाको मृत्यु र ३० भन्दा धेरै घाइते भएपछि राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार पश्चिमी ‘धम्कीहरू’ को सामना गर्दै नयाँ आणविक हतियार अभ्यासको आदेश दिएका छन् । 

उक्त अभ्यास ‘निकट भविष्य’ मा गरिने र यसमा वायुसेना, नौसेना र युक्रेन नजिकै तैनाथ सेना संलग्न हुने रुसको रक्षा मन्त्रालयले बताएको छ । फेब्रुअरीमा पुटिनले राष्ट्रका नाममा गरेकाे सम्बोधनमा आणविक युद्धको ‘वास्तविक’ जोखिम रहेको चेतावनी दिएर आफ्नो आणविक बयानबाजीलाई बढाएका थिए । यसैबीच उक्त अभ्यास युक्रेनमा सेना पठाएकामा पश्चिमी मुलुकहरूको टिप्पणीको जवाफ भएको क्रेमलिनले बताएको छ । रक्षा मन्त्रालयले अभ्यासको उद्देश्य ‘केही पश्चिमी अधिकारीहरूको धम्कीहरू’ को सामना गर्दै रुसी क्षेत्रीय अखण्डता सुनिश्चित गर्नु रहेको बताएको छ । 

“अभ्यासका क्रममा गैर–रणनीतिक आणविक हतियारको तयारी र प्रयोगको अभ्यास गर्न धेरै उपाय गरिनेछ”, मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । रणनीतिक आणविक हतियार पनि भनिने गैर–रणनीतिक आणविक हतियार युद्धमैदानमा प्रयोगका लागि डिजाइन गरिएको छ र मिसाइलमार्फत डेलिभर गर्न सकिन्छ । युक्रेनसँग जोडिएको र रुसले कब्जा गरेको युक्रेनी क्षेत्र समेटेको दक्षिणी सैन्य जिल्लाका सेनाले अभ्यासमा भाग लिने मन्त्रालयले उल्लेख गरेको छ । 

क्रेमलिनको आणविक बयानबाजीबाट पश्चिमी अधिकारी अत्यधिक चिन्तित भएका छन् । युक्रेनको सीमावर्ती बेलगोरोड क्षेत्रमा अधिकारीहरूले पछिल्ला केही सातामा सबैभन्दा घातक आक्रमणको सूचना दिएपछि यस्तो घोषणा भएको हो । किएभले रुसी आक्रमणका कारण लाखौँ मानिसलाई विद्युत्विहीन बनाएको बताएको छ । 

बेलगोरोडका गभर्नर व्याचेस्लाभ ग्लाडकोभले यस क्षेत्रमा गुडिरहेका दुई भ्यान र यात्रुवाहक कार ‘आत्मघाती युक्रेनी ड्रोन आक्रमण’ मा परेको बताए । “दुर्भाग्यवश विस्फोटका कारण छ जनाको घटनास्थलमै मृत्यु भयो”, उनले भने । उनले युक्रेनी सीमाबाट करिब ३० किलोमिटर टाढा बेरोज्योभ्का गाउँ नजिकै भएको आक्रमणमा अन्य ३५ जना घाइते भएको जानकारी दिए । 

स्थानीय अधिकारीहरूले ती सवारी मासु उत्पादन केन्द्रको भएको बताएका छन् । ग्लाडकोभले घाइतेमध्ये दुई जना बालबालिका रहेको र ‘गम्भीर’ एकजनाको शल्यक्रिया भइरहेको बताए । बेलगोरोडमा घातक युक्रेनी ड्रोन र मिसाइल आक्रमणको सङ्ख्या बढिरहेको छ । मस्कोले पूर्वी युक्रेनमा लगातार बढत हासिल गरिरहेको छ र उसले युक्रेनी सीमा क्षेत्रमा हवाई आक्रमण र गोलाबारी बढाएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पाकिस्तानमा सडक दुर्घटनामा परी ३५ जनाको मृत्यु

एजेन्सी । पाकिस्तानमा दुई छुट्टाछुट्टै सडक दुर्घटनामा शनिबार कम्तीमा ३५ जनाको मृत्यु भएको छ ।  पाकिस्तानको पञ्जाब प्रान्तको खुशाब जिल्लामा १७ जना य...

तनहुँकाे मादी नदीमा बालकको शव भेटियो

तनहुँ । तनहुँको व्यास नगरपालिका–३ स्थित मादी नदी किनारमा आज एक बालकको शव भेटिएको छ । नदी किनारमा अन्दाजी १२/१३ वर्षीय बालकको शव भेटिएको हो ।  मृत फ...

प्रकृतिको संरक्षण भएमात्र मानव सुरक्षित: अध्यक्ष बस्नेत

रौतहट । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले प्रकृतिको संरक्षण भएमात्र मानवजीवन सुरक्षित हुने धारणा राखेका छन् ।  तराई विकास तथा सञ्चार...

राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन

कास्की । पोखरामा आज सम्पन्न राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि पुरुषतर्फ प्रकाश थापामगर र महिलातर्फ उषा खनालले जितेकी छिन् ।  साइक्लिङको माध्य...

मन्त्री श्रेष्ठद्वारा धुलिखेलमा राष्ट्रिय हक्की खेल मैदानको निरीक्षण

काभ्रेपलाञ्चोक । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले आज काभ्रेपलान्चोकको सदरमुकाम धुलिखेलमा निर्माण हुने राष्ट्रिय हक्की खेलमैदानको निरीक्षण गर...

अमेरिकी पूर्व सभामुख पेलोसीका पतिलाई आक्रमण गर्ने ट्रम्प समर्थकलाई ३० बर्षको जेल सजाय

काठमाडौं । अमेरिकी संसदकी पूर्व सभामुख न्यान्सी पेलोसीका पति पाउल पेलोसीलाई सांघातिक हमला गर्ने डेभिड डिपेपमाथि आक्रमण गर्ने व्यक्तिलाई ३० वर्षको जेल ...

दाङमा खोलामा डुबेर एक बालकको मृत्यु

दाङ । दाङस्थित अर्जुनखोलामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । लमही नगरपालिका–६ कुलमोहरस्थित अर्जुन खोलामा पौडी खेल्ने क्रममा लमही नगरप...

समृद्ध नेपाल बनाउने सङ्कल्प एमालेले पूरा गर्छः उपाध्यक्ष पाण्डे

बागलुङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) उपाध्यक्ष सुरेन्द्र पाण्डेले समाजवादको आधार तयार गर्नका लागि नगर, गाउँ कमिटीले स्पष्ट योजना र दृष्टिकोणसहित क...

बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै

नेपालगञ्ज । बाँकेको नेपाल–भारत जमुनाहा नाका आजदेखि दुई दिनका लागि बन्द हुने भएको छ ।  भारतको उत्तरप्रदेश राज्यको बहराइच जिल्लामा हुन लागेको लोकसभा ...

संसदीय छानबिन समिति बनाउन राजनीतिक दलहरूबीच सहमति

काठमाडौं । सत्तारुढ दल र प्रतिपक्षी दलबीच संसदीय छानबिन समिति बनाउन सहमति जुटेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दल र प्रतिपक्षी दल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies