Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

बिर्तामोड नगरपालिकाद्वारा बिरामीलाई सहयोग

खबरडबली संवाददाता

झापा । ‘मिर्गौला प्रत्यारोपण गरेका, डायलाइसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षाघात’ भएका बिरामीलाई औषधि उपचार खर्चबापत सरकारले मासिक रु पाँच हजार उपलब्ध गराउँदै आएको छ । 

झापाको बिर्तामोड नगरपालिकामा मात्रै गत आर्थिक वर्ष २०७९/८० मा एक सय ६४ रोगीलाई औषधि उपचार खर्चबापत मासिक रु पाँच हजार उपलब्ध गराइएको छ । बिर्तामोड नगरपालिका स्वास्थ्य शाखाका अधिकृत राजीवकुमार विष्टका अनुसार बिर्तामोड  नगरपालिकाले अघिल्लो आर्थिक वर्ष यस्ता रोगीका लागि झन्डै रु एक करोड वितरण गरेको हो । यो आर्थिक वर्षका लागि समेत नसर्ने गम्भीर प्रकृतिका दीर्घरोगीको औषधि उपचार खर्चबापत प्रदान गरिने रकम सरकारसँग माग गरिएको उनको भनाइ छ ।

बिर्तामोड नगरपालिकाको पछिल्लो तथ्याङ्क हेर्ने हो भने यहाँ क्यान्सर रोगीको सङ्ख्या धेरै पाइएको छ । बिर्तामोडमा एक सय २६ जना क्यान्सर रोगीले सरकारले उपलब्ध गराउँदै आएको मासिक रु पाँच हजार नियमित लिँदै आएका छन् । बिर्तामोडमा क्यान्सर पछि मिर्गाैला रोगी धेरै देखिएका छन् । नगरका ३४ जना मिर्गाैला रोगीले सरकारले उपलब्ध गराएको औषधि उपचार सुविधा लिँदै आएका छन् ।

त्यस्तै, चारजनामा मेरुदण्डको पक्षाघात देखिएको छ । उनीहरुले समेत मासिक रु पाँच हजार औषधि उपचारका लागि खर्च लिँदै आएका छन् । चालु आर्थिक वर्षका लागि पनि यस्ता रोगीले पाउँदै आएको रकम प्रदान गर्ने तयारी भइरहेको स्वास्थ्य शाखाले जनाएको छ । स्वास्थ्य शाखाका अधिकृत विष्टका अनुसार सुविधा पाउँदै आएका रोगीका विषयमा बुझ्ने काम भइरहेको र उनीहरुलाई जतिसक्दो चाँडो रकम प्रदान गर्ने तयारी भइरहेको छ । 

सरकारले गम्भीर प्रकृतिका बिरामीका लागि औषधि उपचार गर्न सहयोग पुर्‍याउने उद्देश्यले  २०६८ सालमा कार्यविधि बनाएर यस्ता रोगीलाई औषधि उपचार खर्च प्रदान गर्दै आएको छ । सोही कार्यविधिअनुसार हाल देशभर रहेका ‘मिर्गौला प्रत्यारोपण गरेका, डायलाइसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षाघात’ भएका बिरामीलाई औषधि उपचार खर्चबापत सरकारले मासिक रु पाँच हजार उपलब्ध गराउँदै आएको हो । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यविधि तयार गर्दै अघिल्लो आर्थिक वर्षबाट यस्ता बिरामीलाई मासिक रु पाँच हजार उपलब्ध गराउँदै आएको हो । मन्त्रालयले तयार गरेको कार्यविधिको दफा २ (ख) मा मिर्गौला प्रत्यारोपण गराएका, डायलाइसिस गराइरहेका र क्यान्सर रोग पहिचान भई उपचारपछि निको भइसकेका बाहेकका चिकित्सकले तीन–तीन महिनाभित्र निरन्तर निगरानी ‘क्लोज फलोअप’ राखेका व्यक्तिलाई यो सुविधा प्रदान गर्ने गरिएको छ । 

यसैगरी, मेरुदण्ड पक्षाघात भएका (रातो र नीलो अपाङ्ग परिचयपत्रवाहक) व्यक्तिलाई पनि सरकारले औषधि उपचार खर्च  प्रदान गर्दै आएको छ तर सरकार वा सरकारको पूर्ण वा अधिकांश स्वामित्व भएको संस्था वा सङ्गठनबाट रोजगारी निवृत्तिभरण वा विदेशी सरकारबाट रोजगारी ‘पेन्सन’ प्राप्त गरिरहेको व्यक्तिले भने यस सुविधा लिन नसक्ने कार्यविधिमा उल्लेख छ । 

यसैगरी, सरकारबाट उपलब्ध ज्येष्ठ नागरिक भत्ता, एकल महिला भत्ता, दलित भत्ता, पिछडिएको भत्ता, अपाङ्ग भत्ता पाउनेले सो भत्ता वा उपचार खर्चमध्ये एक रोज्नुपर्नेछ । एकभन्दा बढी रोग लागेकाले पनि दोहोरो भत्ता नपाउने कार्यविधिमा उल्लेख छ । 

नसर्ने रोगका कारण नेपालमा वार्षिक एक लाख ३७ हजारजनाको  मृत्यु हुने गरेको जनाइएको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेको तथ्याङ्कमा वार्षिक कूल मृत्युदरको ७१ प्रतिशत मानिसको मृत्यु नसर्ने रोगका कारण हुने गरेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: