काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले राजनीतिक स्थिरताको वातावरण निर्माण गर्दै मुलुकको आर्थिक समृद्धिका लागि सकारात्मक काम गरेको बताएका छन् ।
‘लोकान्तर डटकम’ को आठौँ वार्षिकोत्सवका अवसरमा आज आयोजित आर्थिक बहसमा पूर्वउपप्रधानमन्त्री पौडेलले राजनीतिक स्थिरता नभएसम्म मुलुकको आर्थिक उन्नति नहुने भएकाले एमालेले नयाँ सत्ता समीकरण बनाएको स्पष्ट पारे ।
“यो सरकार राजनीतिक स्थिरताको दिशातर्फ उन्मुख छ तर यसलाई भत्काउने कोसिस नभएका होइनन्, हामी स्थिरताका पक्षमा छौँ,” उनले भने, “सरकारले आर्थिक विकास, लगानीमैत्री वातावरण, रोजगारी वृद्धि र उत्पादनमूलक क्षेत्रमा सकारात्मक काम गरिरहेको छ र यो निरन्तर हुनुपर्छ ।”
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री डा मीनेन्द्र रिजालले राजनीतिक स्वार्थका लागि सत्ता परिवर्तन हुनु आर्थिक विकासका लागि दुःखद भएको बताए । सरकारले सत्ता स्वार्थमा भन्दा आर्थिक समृद्धिका कार्यसूचीमा प्राथमिकता दिनुपर्ने उनले जोड दिए । “सरकारले लगानीमैत्री वातावरण छ भनेर मुखले भनेर हुँदैन, काम गरेर देखाउन सक्नुपर्छ,” डा रिजालले भने, “सरकारले सत्ता स्वार्थ त्यागेर आर्थिक विकासमा ध्यान दिनुपर्छ ।”
नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले सरकारले लगानी सम्मेलन गरेर सकारात्मक वातावरण सिर्जना गर्न खोजे पनि कानुनमा आवश्यक संशोधन र पूँजीगत खर्च वृद्धिमा ध्यान दिनुपर्ने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ५ गते, २०८१ - २१:०५
एजेन्सी । पाकिस्तानमा दुई छुट्टाछुट्टै सडक दुर्घटनामा शनिबार कम्तीमा ३५ जनाको मृत्यु भएको छ । पाकिस्तानको पञ्जाब प्रान्तको खुशाब जिल्लामा १७ जना य...
जेष्ठ ५ गते, २०८१ - २१:०२
तनहुँ । तनहुँको व्यास नगरपालिका–३ स्थित मादी नदी किनारमा आज एक बालकको शव भेटिएको छ । नदी किनारमा अन्दाजी १२/१३ वर्षीय बालकको शव भेटिएको हो । मृत फ...
जेष्ठ ५ गते, २०८१ - २०:५५
रौतहट । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले प्रकृतिको संरक्षण भएमात्र मानवजीवन सुरक्षित हुने धारणा राखेका छन् । तराई विकास तथा सञ्चार...
जेष्ठ ५ गते, २०८१ - २०:३४
कास्की । पोखरामा आज सम्पन्न राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि पुरुषतर्फ प्रकाश थापामगर र महिलातर्फ उषा खनालले जितेकी छिन् । साइक्लिङको माध्य...
जेष्ठ ५ गते, २०८१ - २०:२२
काभ्रेपलाञ्चोक । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले आज काभ्रेपलान्चोकको सदरमुकाम धुलिखेलमा निर्माण हुने राष्ट्रिय हक्की खेलमैदानको निरीक्षण गर...
जेष्ठ ५ गते, २०८१ - २०:१७
काठमाडौं । अमेरिकी संसदकी पूर्व सभामुख न्यान्सी पेलोसीका पति पाउल पेलोसीलाई सांघातिक हमला गर्ने डेभिड डिपेपमाथि आक्रमण गर्ने व्यक्तिलाई ३० वर्षको जेल ...
जेष्ठ ५ गते, २०८१ - २०:१४
दाङ । दाङस्थित अर्जुनखोलामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । लमही नगरपालिका–६ कुलमोहरस्थित अर्जुन खोलामा पौडी खेल्ने क्रममा लमही नगरप...
जेष्ठ ५ गते, २०८१ - २०:११
बागलुङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) उपाध्यक्ष सुरेन्द्र पाण्डेले समाजवादको आधार तयार गर्नका लागि नगर, गाउँ कमिटीले स्पष्ट योजना र दृष्टिकोणसहित क...
जेष्ठ ५ गते, २०८१ - २०:०५
नेपालगञ्ज । बाँकेको नेपाल–भारत जमुनाहा नाका आजदेखि दुई दिनका लागि बन्द हुने भएको छ । भारतको उत्तरप्रदेश राज्यको बहराइच जिल्लामा हुन लागेको लोकसभा ...
जेष्ठ ५ गते, २०८१ - १९:४३
काठमाडौं । सत्तारुढ दल र प्रतिपक्षी दलबीच संसदीय छानबिन समिति बनाउन सहमति जुटेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दल र प्रतिपक्षी दल...
प्रतिकृया लेख्नुहोस्: