Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

पाकिस्तान र इरानबाट निर्वासित अफगान आप्रवासीमाथिको दुर्व्यवहारको आलोचना

खबरडबली संवाददाता

एजेन्सी । पाकिस्तान र इरानमा अधिकारीहरूद्वारा अफगान आप्रवासीमाथि भएको दुर्व्यवहारको आलोचना गर्दै ती मुलुकबाट जबरजस्ती निर्वासित भएका आप्रवासीहरूले आफ्नो दुर्दशामा अन्तर्राष्ट्रिय ध्यानाकर्षण गर्न आह्वान गरेको टोलो न्यूजले जनाएको छ । 

इरानबाट फर्केका मानिसहरूले उनीहरूलाई इरानी सरकारी फौजले कुटपिट गरेको बताएका छन् । उता पाकिस्तानबाट फर्केकाहरूले उक्त मुलुकमा सामना गरिरहेको बढ्दो चुनौतीबारे चिन्ता व्यक्त गरेका छन् ।

टोलो न्युजको रिपोर्ट अनुसार करिब दुई वर्ष इरानमा बिताई भर्खरै आफ्ना सन्तानसहित निर्वासित गरिएका बसिरले भने, “जब उनीहरूले हामीलाई खोज्न चाहन्थे, मैले विरोध गरेँ र उनीहरूले मलाई कुटपिट गरे, मलाई थाहा छैन कि मलाई के भएको छ, म दुई किलोग्रामसम्मको तौल पनि उठाउन सक्दिनँ ।”

इरानबाट निर्वासित अर्का सलाहुद्दीनले भने, “हामी आफ्ना बच्चाहरूको हेरचाह गर्न बाध्यतावश इरान गएका थियौँ र यस अवस्थामा उनीहरूले हामीलाई धेरै गाह्रो बनाइदिए ।”
अर्कातिर अवस्थाप्रति दुःख व्यक्त गर्दै पाकिस्तानमा अफगान आप्रवासी रेजा सजेशले भने, “यहाँसम्म कि कार्ड भएकाहरूलाई पनि क्वेटा, इस्लामाबाद, पाकिस्तानबाट निर्वासित गरिएको प्रक्रियाबाट चिन्तित छौँ ।”

यद्यपि पाकिस्तानको कराँचीमा तालिबानको वाणिज्य दूतले मुलुकका अधिकारीहरूसँग अफगान आप्रवासीहरूलाई फिर्ता लैजानका लागि अतिरिक्त समय प्रदान गर्न आग्रह गरेकाे छ । तालिबानको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयका अनुसार मे १ मा  लगभग दुई हजार आठ सय अफगान आप्रवासी स्वेच्छाले तथा जबरजस्ती प्रक्रियाले इरानबाट फर्केको टोलो न्युज एजेन्सीले जनाएको छ । 

संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त (युएनएचसिआर) ले अफगानिस्तानमा दुई करोड ३७ लाख मानिसलाई बाँच्नका लागि मानवीय सहायताको तत्काल आवश्यकता रहेको जनाउँदै मानव अधिकार विशेषगरी महिला तथा किशोरीहरूका साथै धार्मिक तथा जातीय अल्पसङ्ख्यकको अधिकारको अवस्था गम्भीर रहेको बताएको छ । 

रिपोर्टअनुसार इरान र पाकिस्तानले करिब ७७ लाख अफगान नागरिकलाई आश्रय दिएकामा करिब १६ लाखलाई २०२१ देखि अफगानिस्तानमा निर्वासित गरिएको छ । यसैबीच एम्नेस्टी इन्टरनेसनललगायत मानव अधिकारवादी सङ्गठनहरूले पाकिस्तानबाट अफगान आप्रवासीहरूलाई निष्कासन गर्ने प्रक्रिया जारी रहेकामा चिन्ता व्यक्त गर्दै यो प्रवृत्तिलाई रोक्न माग गरेका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पाकिस्तानमा सडक दुर्घटनामा परी ३५ जनाको मृत्यु

एजेन्सी । पाकिस्तानमा दुई छुट्टाछुट्टै सडक दुर्घटनामा शनिबार कम्तीमा ३५ जनाको मृत्यु भएको छ ।  पाकिस्तानको पञ्जाब प्रान्तको खुशाब जिल्लामा १७ जना य...

तनहुँकाे मादी नदीमा बालकको शव भेटियो

तनहुँ । तनहुँको व्यास नगरपालिका–३ स्थित मादी नदी किनारमा आज एक बालकको शव भेटिएको छ । नदी किनारमा अन्दाजी १२/१३ वर्षीय बालकको शव भेटिएको हो ।  मृत फ...

प्रकृतिको संरक्षण भएमात्र मानव सुरक्षित: अध्यक्ष बस्नेत

रौतहट । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले प्रकृतिको संरक्षण भएमात्र मानवजीवन सुरक्षित हुने धारणा राखेका छन् ।  तराई विकास तथा सञ्चार...

राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन

कास्की । पोखरामा आज सम्पन्न राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि पुरुषतर्फ प्रकाश थापामगर र महिलातर्फ उषा खनालले जितेकी छिन् ।  साइक्लिङको माध्य...

मन्त्री श्रेष्ठद्वारा धुलिखेलमा राष्ट्रिय हक्की खेल मैदानको निरीक्षण

काभ्रेपलाञ्चोक । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले आज काभ्रेपलान्चोकको सदरमुकाम धुलिखेलमा निर्माण हुने राष्ट्रिय हक्की खेलमैदानको निरीक्षण गर...

अमेरिकी पूर्व सभामुख पेलोसीका पतिलाई आक्रमण गर्ने ट्रम्प समर्थकलाई ३० बर्षको जेल सजाय

काठमाडौं । अमेरिकी संसदकी पूर्व सभामुख न्यान्सी पेलोसीका पति पाउल पेलोसीलाई सांघातिक हमला गर्ने डेभिड डिपेपमाथि आक्रमण गर्ने व्यक्तिलाई ३० वर्षको जेल ...

दाङमा खोलामा डुबेर एक बालकको मृत्यु

दाङ । दाङस्थित अर्जुनखोलामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । लमही नगरपालिका–६ कुलमोहरस्थित अर्जुन खोलामा पौडी खेल्ने क्रममा लमही नगरप...

समृद्ध नेपाल बनाउने सङ्कल्प एमालेले पूरा गर्छः उपाध्यक्ष पाण्डे

बागलुङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) उपाध्यक्ष सुरेन्द्र पाण्डेले समाजवादको आधार तयार गर्नका लागि नगर, गाउँ कमिटीले स्पष्ट योजना र दृष्टिकोणसहित क...

बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै

नेपालगञ्ज । बाँकेको नेपाल–भारत जमुनाहा नाका आजदेखि दुई दिनका लागि बन्द हुने भएको छ ।  भारतको उत्तरप्रदेश राज्यको बहराइच जिल्लामा हुन लागेको लोकसभा ...

संसदीय छानबिन समिति बनाउन राजनीतिक दलहरूबीच सहमति

काठमाडौं । सत्तारुढ दल र प्रतिपक्षी दलबीच संसदीय छानबिन समिति बनाउन सहमति जुटेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दल र प्रतिपक्षी दल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies