Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

पाकिस्तान र इरानबाट निर्वासित अफगान आप्रवासीमाथिको दुर्व्यवहारको आलोचना

खबरडबली संवाददाता

एजेन्सी । पाकिस्तान र इरानमा अधिकारीहरूद्वारा अफगान आप्रवासीमाथि भएको दुर्व्यवहारको आलोचना गर्दै ती मुलुकबाट जबरजस्ती निर्वासित भएका आप्रवासीहरूले आफ्नो दुर्दशामा अन्तर्राष्ट्रिय ध्यानाकर्षण गर्न आह्वान गरेको टोलो न्यूजले जनाएको छ । 

इरानबाट फर्केका मानिसहरूले उनीहरूलाई इरानी सरकारी फौजले कुटपिट गरेको बताएका छन् । उता पाकिस्तानबाट फर्केकाहरूले उक्त मुलुकमा सामना गरिरहेको बढ्दो चुनौतीबारे चिन्ता व्यक्त गरेका छन् ।

टोलो न्युजको रिपोर्ट अनुसार करिब दुई वर्ष इरानमा बिताई भर्खरै आफ्ना सन्तानसहित निर्वासित गरिएका बसिरले भने, “जब उनीहरूले हामीलाई खोज्न चाहन्थे, मैले विरोध गरेँ र उनीहरूले मलाई कुटपिट गरे, मलाई थाहा छैन कि मलाई के भएको छ, म दुई किलोग्रामसम्मको तौल पनि उठाउन सक्दिनँ ।”

इरानबाट निर्वासित अर्का सलाहुद्दीनले भने, “हामी आफ्ना बच्चाहरूको हेरचाह गर्न बाध्यतावश इरान गएका थियौँ र यस अवस्थामा उनीहरूले हामीलाई धेरै गाह्रो बनाइदिए ।”
अर्कातिर अवस्थाप्रति दुःख व्यक्त गर्दै पाकिस्तानमा अफगान आप्रवासी रेजा सजेशले भने, “यहाँसम्म कि कार्ड भएकाहरूलाई पनि क्वेटा, इस्लामाबाद, पाकिस्तानबाट निर्वासित गरिएको प्रक्रियाबाट चिन्तित छौँ ।”

यद्यपि पाकिस्तानको कराँचीमा तालिबानको वाणिज्य दूतले मुलुकका अधिकारीहरूसँग अफगान आप्रवासीहरूलाई फिर्ता लैजानका लागि अतिरिक्त समय प्रदान गर्न आग्रह गरेकाे छ । तालिबानको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयका अनुसार मे १ मा  लगभग दुई हजार आठ सय अफगान आप्रवासी स्वेच्छाले तथा जबरजस्ती प्रक्रियाले इरानबाट फर्केको टोलो न्युज एजेन्सीले जनाएको छ । 

संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त (युएनएचसिआर) ले अफगानिस्तानमा दुई करोड ३७ लाख मानिसलाई बाँच्नका लागि मानवीय सहायताको तत्काल आवश्यकता रहेको जनाउँदै मानव अधिकार विशेषगरी महिला तथा किशोरीहरूका साथै धार्मिक तथा जातीय अल्पसङ्ख्यकको अधिकारको अवस्था गम्भीर रहेको बताएको छ । 

रिपोर्टअनुसार इरान र पाकिस्तानले करिब ७७ लाख अफगान नागरिकलाई आश्रय दिएकामा करिब १६ लाखलाई २०२१ देखि अफगानिस्तानमा निर्वासित गरिएको छ । यसैबीच एम्नेस्टी इन्टरनेसनललगायत मानव अधिकारवादी सङ्गठनहरूले पाकिस्तानबाट अफगान आप्रवासीहरूलाई निष्कासन गर्ने प्रक्रिया जारी रहेकामा चिन्ता व्यक्त गर्दै यो प्रवृत्तिलाई रोक्न माग गरेका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: