Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

भारत विदेशीलाई घृणा गर्ने मुलुक होइन: विदेशमन्त्री जयशङ्कर

खबरडबली संवाददाता

भारत । भारतका विदेशमन्त्री एस. जयशङ्करले भारत विदेशीलाई घृणा गर्ने मुलुक (जेनोफोबिक) नभएको बताएका छन् । 

अमेरिकी राष्ट्रपति जो बाइडेनले आप्रवासीहरूलाई अस्वीकार गरेकाले भारत र सहयोगी मुलुक जापानले आर्थिकरूपमा सङ्घर्ष गरिरहेको टिप्पणी गरेपछि विदेशमन्त्रीको उक्त भनाइ आएको हो । 

आगामी नोभेम्बरमा रिपब्लिकन प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पविरुद्ध पुनः निर्वाचनमा होमिएका बाइडेनले यसै साता वासिङ्टनमा अभियान कोष सङ्कलन कार्यक्रममा उक्त टिप्पणी गरेका थिए । 

विदेशमन्त्री जयशङ्करले शुक्रबार एक मिडिया गोलमेचमा बाइडेनको टिप्पणीहरू भारतको वास्तविकतासँग मेल खाँदैन भने । “सबैभन्दा पहिला हाम्रो अर्थतन्त्र कमजोर छैन”, इकोनमिक्स टाइम्स अखबारद्वारा शनिबार प्रकाशित छलफलको रिपोर्टअनुसार उनले भने, “भारत धेरै अद्वितीय मुलुक हो, म वास्तवमा भन्न चाहन्छु, विश्वको इतिहासमा यो खुला समाज हो, विभिन्न समाजका विभिन्न मानिस भारतमा आउँछन् ।”

फेब्रुअरीमा आधिकारिक आँकडाअनुसार डिसेम्बरको त्रैमासिकमा आठ दशमलव चार प्रतिशत वार्षिक कूल गार्हस्थ्य उत्पादन (जिडिपी) सहित भारत विश्वको सबैभन्दा द्रुत वृद्धि भएको अर्थतन्त्रमध्ये एक हो । 

भारतको नागरिकता कानूनमा हालै लागु गरिएको सुधारसहित प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारमाथि आलोचकहरूले मुसलमानहरूविरुद्ध भेदभाव गरेको आरोप लगाएका छन् । सन् २०१९ मा संसद्ले पहिलो पटक पारित गरेपछि अन्ततः मार्च लागु भएको संशोधित कानूनले ठूलो विरोध निम्त्यायो । एम्नेस्टी इन्टरनेसनलले उक्त कानून अझै पनि केही मुस्लिमलाई नागरिकताबाट वञ्चित गर्न राष्ट्रिय नागरिक दर्ताका साथ उपकरणका रूपमा प्रयोग हुने खतरा रहेको चेतावनी दिएको छ । 

“यस्ता मानिस छन् जसले सार्वजनिकरूपमा यस मुलुकमा १० लाख मुसलमानले आफ्नो नागरिकता गुमाउने छन् भनेर रेकर्डमा भनेका छन्”, विदेशमन्त्री जयशङ्करले भने, “उनीहरूलाई जिम्मेबार किन ठहर गरिँदैन ? किनकी कसैले पनि नागरिकता गुमाएको छैन ।”

अमेरिकी अध्यागमन नीतिको रक्षाका रूपमा गरिएको टिप्पणीमा बाइडेनले सहयोगी भारत र जापानलाई प्रतिद्वन्द्वी चीन र रुससँग जोडेका थिए । “चीन आर्थिकरूपमा यति नराम्रोसँग किन ठप्प छ ? जापान किन चिन्तामा छ ? रुस किन समस्यामा छ ? र भारत ? किनकी उनीहरू जेनोफोबिक हुन्, उनीहरू आप्रवासीलाई चाहँदैनन्”, कोष सङ्कलन कार्यक्रममा उनले भनेका थिए । 

टोक्योले शनिबार प्रतिक्रिया दिँदै ‘जापानको नीतिको सही बुझाइमा आधारित नभएको टिप्पणी गर्नु दुर्भाग्यपूर्ण’ भएको बताएको छ । सन् २०२१ मा पदभार सम्हालेदेखि बाइडेनले एसियामा अमेरिकी सहयोगीहरू विशेषगरी भारत र जापानसँगको सम्बन्धलाई बलियो बनाए । उनले भारतीय प्रधानमन्त्री मोदी र जापानी प्रधानमन्त्री फुमियो किशिदा दुवैका लागि ह्वाइट हाउसमा राजकीय रात्रिभोजको आयोजना गरेका छन् । 

त्यसपछि ह्वाइट हाउसले बाइडेनको टिप्पणीलाई अस्वीकार गर्नुपर्यो । राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले पत्रकारहरूसँग भने, “राष्ट्रपतिले ‘अमेरिका आप्रवासीहरूको देश हो’ भनेर फराकिलो सन्देश दिनमात्र खोजिरहनुभएको थियो ।”

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन: भाेलि विहान ८ वजे मात्र मतदान हुने

काठमाडौँ । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि भोलि(बुधबार) बिहान ८ बजे मतदान हुने भएको छ । आज हुने भनिएकाे मतदान प्राविधिक समस्याका कारण स्थगित ...

एमाले महाधिवेशन: प्रतिनिधि लाइनमा, सुरु भएन मतदान

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्व(अध्यक्ष)का लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा उत्रिएका...

समाजवादी क्रान्तिका लागि पार्टी एकता: नेता गजुरेल

खोटाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिबोल गजुरेलले समाजवादी क्रान्तिका लागि शक्ति सञ्चय गर्न वामपन्थी राजनीतिक दलहरूबीच पार्टी एकता गरिएक...

श्रम, संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ

काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् ।  ...

छद्मभेष

दुर्गा दाहाल दानवीय र अमानवीय नर नारी दुवै हुन् रे वेश्यालयमा बालिका बेच्न नारी नै छन् रे । लैगिक हिंसा र बलत्कारी महिला नै हुनै रे  दिनमा नारा ...

५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपा...

जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन् : मन्त्री घिसिङ

कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक...

विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ ।  विभागले उद्योग तथा फर्म...

पोखरा विमानस्थल प्रमुखविरुद्ध २ करोड ५० लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख बिनेश मुनकर्मीविरुद्ध २ कर...

सशस्त्रका तीन एआईजीको सरुवा

  काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायण...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending