एजेन्सी । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले इजराइलसँगको युद्धविराम सम्झौतालाई स्वीकार गर्न हमासले कुनै ‘सोचविचार’ गर्नु नपर्ने बताएका छन् ।
यद्यपि हमासको गाजा–आधारित नेतृत्वको मनसाय अस्पष्ट रहेको उनले बताए । गाजा पट्टीलाई नियन्त्रण गरेको हमासले बन्धकहरूलाई मुक्त गरेको बदलामा इजराइलको आक्रमणलाई अस्थायीरूपमा रोक्ने इजिप्ट र कतारको मध्यस्थतामा लामो समयदेखि जारी वार्ता पुनः सुरु गर्नका लागि आफ्नो प्रतिनिधिमण्डल शनिबार कायरो फर्कने घोषणा गरेको छ ।
“वास्तवमा युद्धविराम र बन्धकहरूको रिहाइको जवाफमा उनीहरूले हुन्छ भन्न सक्छन् वा सक्दैनन् भन्नेबारेमा हामीले प्रतीक्षा गरिरहेका छौँ”, ब्लिङ्केनले शुक्रबार भने, “अहिलेको वास्तविकता भनेको गाजाका जनता र युद्धविरामको बीचमा उभिएको एक मात्र चिज हमास हो ।”
लडाकूहरूले प्यालेस्टिनी जनताको ‘प्रतिनिधित्व गरेको दावीलाई’ ध्यानमा राख्दै ब्लिङ्केनले भने, “यदि यो सही हो भने युद्धविरामलाई ग्रहण गर्न कुनै सोचविचार गर्न जरुरी छैन, तर सम्भवतः अरु केही भइरहेको छ र आगामी दिनमा हामीसँग यसको राम्रो चित्र हुनेछ ।”
विदेशमन्त्री ब्लिङ्केनले हमाससँगको वार्तामा कठिनाइहरू औँल्याए । हमासलाई अमेरिकाले आतङ्कवादी समूह मान्छ र प्रत्यक्षरूपमा वार्तामा सामेल हुँदैन । हमासलाई इजराइलले समाप्त पार्ने वाचा गरेको छ । “कतारी र इजिप्टेलीमार्फत हामीसँग अप्रत्यक्षरूपमा संलग्न रहेका हमासका नेताहरू निश्चितरूपमा गाजाबाहिर बस्छन्”, ब्लिङ्केनले भने, “अन्तिम निर्णय लिनेहरू वास्तवमा गाजामा बस्छन् र उनीहरूसँग हामीमध्ये कसैको पनि प्रत्यक्ष सम्पर्क छैन ।”
ब्लिङ्केनले मध्यपूर्वको आफ्नो पछिल्लो भ्रमणमा इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहु र अन्य शीर्ष नेताहरूसँग भेट गरेको केही दिनपछि एरिजोनामा म्याक्केन इन्स्टिच्युटको सेडोना फोरमलाई सम्बोधन गर्दै थिए । ब्लिङ्केनसँगको आफ्नो छलफलअघि नेतान्याहुले युद्धविराम वार्ताको नतिजालाई परवाह नगरी दक्षिणी गाजा सहर रफाहमा आक्रमण अगाडि बढाउने बाचा गरे । अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले इजराइललाई रफाहमा नजान बारम्बार चेतावनी दिएको छ । रफाहमा करिब १२ लाख प्यालेस्टिनीले आश्रय लिएका छन् ।
ब्लिङ्केनले इजराइलले अहिलेसम्म ‘हानिमा परेका नागरिकहरूको वास्तविक सुरक्षाका लागि विश्वसनीय योजना’ पेस गर्न नसकेको बताए । इजराइलले सैन्य र कूटनीतिक समर्थनका लागि अमेरिकामा भरोसा गर्छ । “यस्तो कुनै पनि योजनाको अभावमा हामी रफाहमा हुने ठूलो सैन्य अभियानको समर्थन गर्न सक्तैनौँ किनकी यसबाट हुने नोक्सान स्वीकार्यको सीमाभन्दा बाहिर छ”, उनले भने ।
युद्धमा नागरिकहरूको मृत्युलाई लिएर विश्वव्यापी आलोचना बढेको छ भने बाइडेन प्रशासनमाथि पनि दबाब छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - २०:१५
काठमाडाैँ । यो वर्ष ‘कठोर र गैरजिम्मेवार’ सहायता कटौतीको लहरले शरणार्थीहरूलाई अनावश्यक पीडा दिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । सहायता कटौति शर...
मंसिर ३० गते, २०८२ - २०:११
जनकपुरधाम । मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नेपालको संविध...
मंसिर ३० गते, २०८२ - २०:०६
काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको मतदान समय सरेको छ । एमाले ११औँ महाधिवेशनका केन्द्रीय सचिव डा. कुन्साङ लामाले सोमबार साँझ प्र...
मंसिर ३० गते, २०८२ - २०:०१
सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा सोमबार दिउँसो आगलागीबाट ठुलो क्षेत्रफलमा लगाइएको उखु जलेको छ । विद्युतको तार सर्ट भएर मुना चौधरीक...
मंसिर ३० गते, २०८२ - १९:०७
काठमाडौँ । ‘च्याउ खाऔँ, स्वस्थ्य बनौँ’, ‘स्वस्थ्य जीवनको आहार च्याउ’ भन्ने नारासहित च्याउखेती गर्दै आएका ललितपुरको गोदावरी नगरपालिका–११, सेराफाँटका कृ...
मंसिर ३० गते, २०८२ - १९:०४
काठमाडौँ । पछिल्लाे २४ घण्टामा आगलागीमा परी दुई जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला २४ घ...
मंसिर ३० गते, २०८२ - १९:०२
कैलाली । कैलाली जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको ‘सर्च एण्ड स्विप अपरेशन’का क्रममा ३४२ फरार प्रतिवादीलाई पक्राउ गरिएको छ । जिल्ला अदालतले विभ...
मंसिर ३० गते, २०८२ - १८:५९
काठमाडाैँ । बङ्गलादेशका भूतपूर्व प्रधानमन्त्री शेख हसिनाको प्रतिबन्धित पार्टीलाई बढावा दिएको र ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा यहाँका एक वरिष्ठ पत...
मंसिर ३० गते, २०८२ - १८:१३
बैङ्कक । थाइल्यान्डमा आगामी फेब्रुअरी-८ मा आम चुनावको मिती तय भएको थाइ निर्वाचन आयोगले सोमबार जनाएको छ । चुनावका लागि दलले यस वर्षको अन्त्य अघि प्रधान...
मंसिर ३० गते, २०८२ - १८:०९
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको लागि एक सय ६५ निर्वाचन क्षेत्रका सबैजसो वडामा क्रियाशील सदस्यता फाराम वितरण भइरहेको छ । कांग्रेस केन्...




प्रतिकृया लेख्नुहोस्: