Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

आर्थिक स्वतन्त्रताका लागि अफगानी महिलाहरू व्यवसायमा संलग्न

खबरडबली संवाददाता

एजेन्सी । अफगान महिलाहरू घरायसी भूमिकामा सीमित छन् भन्ने प्रचलित अवधारणाबीच आर्थिक स्वतन्त्रताका लागि साहसपूर्वक व्यवसाय सुरु गरी विद्यमान अवरोधहरू तोड्दैछन् । 

अफगानिस्तानको राजधानी काबुलमा आयोजित कृषि उत्पादनहरूको वार्षिक मेलामा आफ्ना व्यवसाय र बिक्री विस्तार गर्ने आशामा आफ्ना उत्पादनहरू प्रदर्शन गर्दै देखिएकी सोना मिर्जादा यस्तै एक व्यवसाय सुरु गरेकी अग्रगामी महिला छन् । 

अफगान कार्यवाहक सरकारको कृषि, सिँचाइ र पशुधन मन्त्रालयले कृषि उत्पादन र व्यापारलाई बढावा दिने उद्देश्यले बुधबारदेखि चार दिने कार्यक्रमको आयोजना गरेको छ । स्थानीय व्यापारी तथा कृषकले ५६ महिलासहित दुई सय ६३ वटा स्टलमा उत्पादित र उपभोग्य वस्तु प्रदर्शनीमा राखेका छन् । 

“हामी कृषि र पशुपालनमा संलग्न छौँ र कृषि क्षेत्रमा मरिच  लगायतका बिरुवा रोप्छौँ”, मिर्जादाले भने । मिर्जादाले आफ्नो कम्पनीले ६० जना महिला कामदारलाई रोजगार दिएको बताए । बाल्खको प्रान्तीय राजधानी मजार–ए–सरिफकी बासिन्दा मिर्जादाले एक वर्षअघि एक लाख अफगानीको प्रारम्भिक पूँजी लिएर आम्दानी बढाउने परियोजना सुरु गरेको बताए । 

गत वर्ष आफ्नो पूँजी ११ लाख अफगानी भएको उल्लेख गर्दै उनले आफ्ना प्रत्येक कामदारले मासिक पाँच हजार अफगानी कमाउन सक्ने जानकारी दिए । “हामीसँग काम गर्ने कुनै पनि महिलाले मासिक तीन हजारदेखि पाँच हजार अफगानी कमाउन सक्छन्, उनीहरूले आफ्नै बगैँचामा काम गर्छन्, घरबाहिर जानुपर्दैन”, एक व्यवसायीले भने । उनका ग्राहकहरूमा घरपरिवार, रेस्टुरेन्ट र मसलायुक्त खानाका उत्साहीहरू रहेका छन् । 

अर्का व्यवसायी नाजिमा ख्वाजाजादाले हातले बुनेका गलैँचा, हस्तशिल्प र चाँदीका गहना बेच्ने गरेको बताए । एक महिला उद्यमीको नेतृत्वमा रहेको स्थानीय उद्यम नार्सिस कम्पनीमा बिक्रेताको रूपमा कार्यरत ख्वाजाजादाले अफगान महिलालाई समर्थन र सशक्तीकरण गर्ने आफ्नो मालिकको प्रयासलाई प्रष्ट पारे । 

मालिक महिला भएकाले महिला सशक्तीकरणमा योगदान पुर्याउन प्रयासरत रहेको उनको भनाइ छ । अहिले कम्पनीमा काम गरिरहेका लगभग एक सय ७० महिलामध्ये अधिकांश आफ्नो परिवारका लागि कमाउने व्यक्ति भएको ख्वाजाजादाले बताए । 

यद्यपि उनले आर्थिक कठिनाइ र घट्दो मागका बीच कम्पनीको घट्दो आम्दानीको बारेमा चिन्ता व्यक्त गरे । कम्पनीको मासिक आम्दानी पहिले पाँचदेखि छ हजार डलरको बीचमा रहेको तर आजभोलि आर्थिक मन्दीका कारण मुस्किलले एक लाख अफगानी कमाउने गरेको उनले बताए । 

युद्धग्रस्त अफगानिस्तानको करिब तीन करोड पचास लाख जनसङुख्याको करिब ८० प्रतिशत जीविकोपार्जन र परिवारको भरणपोषणका लागि कृषिमा निर्भर छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एनपिएल फाइनल भाेलि:उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् ।  कीर्त...

इन्डोनेसिया नवीकरणीय ऊर्जातर्फ उन्मुखः २०२६ पछि डिजेल आयात रोकिने

जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...

नापी कार्यालयका सर्वेक्षक र सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...

अमेरिकाले भनेजुएली नागरिकको ‘देश निकाला’का लागि तय गरेको उडान रद्द

काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...

धनकुटामा तमोर नदीमा हाम फालेका पुरुष बेपत्ता

धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् ।  शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...

बेलायतको वृद्धि दर घट्दै, लगानी र व्यापारमा दबाब

लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...

बुढीगण्डकी आयोजना निर्माण अघि बढाउन पहल भइरहेको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...

पाहुनाको पर्खाइमा म्याग्दीकाे ‘मुदीगाउँ’

म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...

चुनावले मात्र देशलाई लयमा ल्याउँछ : पूर्वमन्त्री भुसाल

तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...

नेकपाको एकता सन्देशसभा: पार्टीको नीति र विचार जनस्तरमा

गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending