Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

भारतले मे १० सम्ममा माल्दिभ्सबाट सैनिक प्रतिस्थापन गर्ने

खबरडबली संवाददाता

एजेन्सी । भारत र माल्दिभ्सले शुक्रबार द्विपक्षीय उच्च–स्तरीय समूहको चौथो बैठक आयोजना गरेका छन् । 

बैठकमा मे १० सम्ममा माल्दिभ्सबाट भारतीय सैनिकको प्रतिस्थापनको समीक्षा भएको छ । भारत सरकारले निर्धारित समयभन्दा पहिले नै सैनिक प्रतिस्थापन गर्ने जनाएको छ । यसअघि नै मोहम्मद मुइज्जुको नेतृत्वमा रहेको माल्दिभ्स सरकारले औपचारिकरूपमा भारतलाई मालेबाट सेना फिर्ता लैजान अनुरोध गरेको थियो । 

माल्दिभ्सको विदेश मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा दुवै पक्षले विद्यमान द्विपक्षीय सहयोगको समीक्षा गरेको उल्लेख छ । “विकास र रक्षा सहयोग लगायत आपसी हितका विभिन्न मुद्दाहरूमा छलफल भएको थियो”, विज्ञप्तिमा भनिएको छ, “भारत सरकारले मे १० सम्ममा तीनवटा उड्डयन प्लेटफर्ममध्ये अन्तिममा सैन्य कर्मचारीहरू प्रतिस्थापन गरी तालिकाअनुसार अघि बढिरहेकोमा दुवै पक्षले सन्तोष व्यक्त गरेका छन् ।”

उच्चस्तरीय समूहको पाँचौँ बैठक आपसी सहमतिअनुसार जुन/जुलाई महिनामा मालेमा आयोजना गर्ने सहमति भएको छ । गत महिना विदेश मन्त्रालयले माल्दिभ्समा भारतीय कर्मचारीहरूको पहिलो ब्याचलाई प्राविधिक कर्मचारीहरूले प्रतिस्थापन गरेको बताएको थियो । 

माल्दिभ्सका जनतालाई मानवीय र चिकित्सा निकासी सेवाहरू प्रदान गर्ने भारतीय उड्डयन प्लेटफर्महरूको निरन्तर सञ्चालन सक्षम पार्न भारत र माल्दिभ्स दुवै पारस्परिक व्यावहारिक समाधानमा सहमत भएका छन् ।

गत महिना विदेश मन्त्रालयले भारतीय प्राविधिक कर्मचारीहरूको पहिलो ब्याच रक्षाकर्मीहरू प्रतिस्थापन गर्न माल्दिभ्स पुगेको बताएको थियो । तेस्रो बैठक चाँडै हुने अपेक्षा गरिएको छ । 

मुलुकबाट भारतीय सेनालाई हटाउनु मुइज्जुको पार्टीको मुख्य चुनावी अभियान थियो । हाल माल्दिभ्समा डोर्नियर–२२८ समुद्री गस्ती विमान र दुई एचएएल ध्रुव हेलिकप्टरसहित करिब ७० जना भारतीय सैनिक तैनाथ छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सशस्त्रका तीन एआईजीको सरुवा

  काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायण...

माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार बढी रुख काटियो

सङ्खुवासभा । यहाँको भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको एक हजार ६३ मेगावाटको माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार भन्दा बढी रुख काटिएको छ ...

एमाले महाधिवेशनः ११ जना केन्द्रीय सदस्य सर्वसम्मत चयन

  काठमाडौं । नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएका छन् ।  पार्ट...

झापामा हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने

झापा । कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय बिर्तामोडले यस वर्षको हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने जनाएको छ । शाखाका प्रमुख दीपककुम...

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यले लिए शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठ र सदस्य प्रा. सुनीति श्रेष्ठ (हाडा)ले प...

महोत्तरीमा किसानलाई अनुदानमा गहुँको बीउ

महोत्तरी । मटिहानी नगरपालिकाले ५० प्रतिशत अनुदान उन्नत जातको गहुँको बीउ वितरण गरेको छ । मधेसमा सामान्यतया मध्य पुसभित्र गहुँ बाली लगाइसक्नुपर्ने कि...

पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को सुरुवाती पाँच महिनामा सरकारको विकास खर्च कमजोर देखिएको छ । गत मङ्सिर मसान्तसम्ममा सरकारले आठ प्रतिशत मात्रै पुँ...

श्रीलङ्कामा चक्रवातपछि अधिकांश विद्यालय सुचारु

काठमाडाैँ । श्रीलङ्कामा विनासकारी चक्रवात “दितवा” का कारण बन्द भएका अधिकांश सरकारी तथा निजी विद्यालयहरू मङ्गलबारदेखि पुनः खोलेको एक वरिष्ठ अधिकारीले ब...

युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प

काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन र रूसबिचको युद्धको अन्त्य गर्न युरोपेली नेताहरू र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबिच ...

गोकर्ण विष्ट भन्छन्- महाधिवेशनबाट नेतृत्व हस्तान्तरण हुन्छ

काठमाडौँ । नेकपा एमालेका नेता गोकर्ण विष्टले जारी ११औं महाधिवेशनबाट नेतृत्व हस्तान्तरण हुने विश्वास राखेको बताएका छन् ।  महाधिवेशन स्थल भृकुटीमण्डप...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending