Ntc summer Offer
Khabar Dabali २६ आश्विन २०८१ शनिबार | 12th October, 2024 Sat
Investment bank

इन्डोनेसियामा बाढी र पहिरोबाट १५ को मृत्यु

खबरडबली संवाददाता

एजेन्सी । मध्य इन्डोनेसियामा पहिरो र बाढीले दर्जनौँ घर बगाउँदा कम्तिमा १५ जनाको मृत्यु भएको छ । बाढीले सडकहरू क्षतिग्रस्त भएको देशको विपद् एजेन्सीले शनिबार जनाएको छ । 

इन्डोनेसियामा वर्षाको मौसममा लामो समयसम्म परेको वर्षाले केही क्षेत्रहरूमा बाढी आएकाले केही ठाउँमा समस्या बढेको छ । शुक्रबार दक्षिण सुलावेसीको लुवु रिजेन्सीमा पहिरो गएको इन्डोनेसियाको विपद् न्यूनीकरण एजेन्सी (बिएनपिबी) का प्रवक्ता अब्दुल मुहारीले एक विज्ञप्तिमा बताए । 

दक्षिण सुलावेसी प्रान्तको लुवु रिजेन्सीमा बाढी र पहिरोका कारण १४ जना बासिन्दाको मृत्यु भएको उनले जानकारी दिए । पहिरोले करिब एक सयभन्दा बढी घर गम्भीर क्षतिग्रस्त भएको, ४२ वटा बगाएको तथा चार सडक र एक पुल क्षतिग्रस्त भएको एजेन्सीले जनाएको छ । 

करिब एक सयभन्दा बढी मानिसलाई मस्जिद तथा आफन्तको घरमा सारिएको बताउँदै अधिकारीहरूले एक हजार तीन सयभन्दा बढी परिवार प्रभावित भएको उल्लेख गरे । दक्षिण सुलावेसी प्रान्तको अर्को क्षेत्रमा शुक्रबार बाढीमा कम्तीमा एक जनाको मृत्यु भएको र अन्य दुई जना घाइते भएको अब्दुलले अर्को विज्ञप्तिमा जनाए । 

मार्चमा सुमात्रा टापुमा आकस्मिक बाढी र पहिरोले कम्तीमा ३० जनाको ज्यान लियो भने अझै धेरै अझै बेपत्ता छन् । डिसेम्बरमा सुमात्राको टोबा ताल नजिकैको पहिरो र बाढीले दर्जनौँ घर बगाएको थियो भने एउटा होटल ध्वस्त हुँदा दुई जनाको मृत्यु भएको थियो । 

विशेषज्ञहरूका अनुसार इन्डोनेसियाले वर्षाको मौसममा प्रतिकूल मौसमी घटनाहरूको श्रृङ्खलाको सामना गरेको छ । यो जलवायु परिवर्तनले अझै धेरै बढिरहेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उद्योग परिसंघबाट बाढी प्रभावितलाई राहत वितरण

काठमाडौं । नेपाल उद्योग परिसंघले हालै आएको अविरल वर्षापछिको बाढी पहिरो प्रभावितहरुलाई राहत वितरण गरेको छ ।  परिसंघले ललितपुर जिल्लाको महाँकाल गाउँप...

सुनसरीबाट नक्कली नोटसहित एक जना पक्राउ

सुनसरी । सुनसरीको हरिनगर गाउँपालिका-७ बस्ने ३१ वर्षीय हजरूल खातुनलाई एक हजार दरका ५० थान नक्कली नोट र नियन्त्रित लागूऔषध नाइट्रोजन १ सय  ट्याब्लेट सहि...

बालेनको टिप्पणी: देश त मारवाडी सेवा समाज जस्ता संस्थाले पो चलाएका रहेछन्

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले देश मारवाडी सेवा समाज जस्ता संस्थाले चलाएको टिप्पणी गरेका छन् । पशुपति धर्मशालामा आज मारवाडी सेवा समा...

दशैँ बिदामा निगमले डिपो खुला राखेर पेट्रोलियम पदार्थ विक्री वितरण गर्ने

काठमाडौं । नेपाल आयल निगमले दशैको बिदाको समयमा देशभरका १३ डिपो तथा कार्यालय खुला गरी पेट्रोलियम पदार्थको बिक्रि वितरण गर्ने जनाएको छ ।  निगमले स्था...

विपद् प्रभावित क्षेत्रमा आवश्यक स्वास्थ्य सामग्री पठाइयो

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले विपद् प्रभावित क्षेत्रमा आवश्यक स्वास्थ्य सामग्री पठाइएको भन्दै प्राप्त नभए मन्त्रालयलाई खबर ...

जापानको संसद विघटन

काठमाडौं । जापानका प्रधानमन्त्री शिगेरु इशिबाले आगामी अक्टोबर २७ मा हुने मध्यावधि निर्वाचनको पूर्वसन्ध्यामा बुधबार संसद विघटन गरेका छन् । संसद बैठकमा ...

नेप्सेमा आज सामान्य वृद्धि

काठमाडौं । नेप्सेमा आज सामान्य वृद्धि देखिएको छ । बुधबार नेप्से ४.८५ अङ्कले बढेर २६६८.१७ विन्दुमा रोकिएको हो । आज २९४ कम्पनिको कारोबार हुदा ८३ लाख ...

जर्गन क्लोप रेडबुल नेटवर्कको ग्लोबल हेडमा नियुक्त

काठमाडौं । लिभरपुलका पुर्व प्रशिक्षक जर्गन क्लोप रेड्बुलको ग्लोबल हेड अफ सकरमा नियुक्त भएका छन् । गत मे मा लिभरपुलको प्रशिक्षक छोडेका क्लोप अहिलेसम्म ...

सुनसरीमा बाढीले ५० लाख बराबरको केरा नोक्सान

सुनसरी । सुनसरी सदरमुकाम इनरुवा–४ का विनोद मेहताले दुई बिघा केराखेती गरेका थिए । सुनसरी खोलामा हालै आएको बाढीले केराखेतीमा क्षति पुर्‍याएपछि उनी चिन्त...

विश्वबैंकले बाढी पहिरोपछिको पुन: निर्माण र व्यवस्थापनका लागि २० अर्ब ऋण सहयोग दिने

काठमाडौं । बाढीपहिरो पीडितका लागि विश्व बैंकले करिब २० अर्ब रुपैयाँ अर्थात् १ सय ५० मिलियन अमेरिकी डलर ऋण सहयोग गर्ने भएको छ ।  विश्व बैंकको सञ्चाल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy