काठमाडौं । शुक्रबार विश्वासको मत लिन तम्सिएका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारी यत्तिकै रोकिनुपर्यो । केन्द्रीय सत्ता समीकरणअनुसार आफूलाई समर्थन गर्नुपर्ने दल नेकपा (एमाले) ले तत्काल विश्वासको मत नदिने अडान राखेपछि मुख्यमन्त्री सोडारी प्रदेशसभा बैठक स्थगित गर्न आग्रह गर्दै प्रदेश प्रमुख नजिर मियाँकहाँ पुगेका थिए ।
शुक्रबार रोकिएका मुख्यमन्त्री सोडारीले शनिवार विश्वासको मत लिन चाहेका छन् । मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने प्रयोजनका लागि शनिवार साँझ साढे ५ बजे प्रदेशसभा बैठक आह्वान गरिएको छ ।
तर, एमाले भने आफ्नो अडानबाट पछि हटेको छैन । उसले मुख्यमन्त्री सोडारीलाई हतार नगर्न सुझाव दिएको छ । एमाले संसदीय दलका नेता राजेन्द्र रावलले एमालेले विश्वासको मत नदिने भनेको हैन र हतार गर्नुपर्ने कुनै कारण नरहेको बताए । पर्याप्त सल्लाह नगरीकन एमालेले विश्वासको मत नदिने भनेको उनले बताए ।
एमालेले शुक्रबारकै बोली दोहोर्याएपछि मुख्यमन्त्री सोडारी अलमलमा परेका छन् । उनलाई एमालेले भनेको मान्नुपर्ने बाध्यता छ । किनकि एमालेबिना उनको पक्षमा बहुमत जुट्दैन । प्रदेश सभामा ११ सिट भएको एमालेले मत नदिएको खण्डमा सोडारी नेतृत्वको सरकार ढल्न पनि सक्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ३० गते, २०८३ - २२:१९
काठमाडौँ । नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि शनिबार विभिन्न ब्रान्डका ६ हजार ८०२ सिलिन्डर खाना पकाउने ग्यास बिक्री–वितरण ...
श्रावण ३० गते, २०८३ - २२:१२
सुर्खेत । जाजरकोटमा लगातारको वर्षापछि गएको पहिरोले भेरी नगरपालिका–२ रिसाङ र वडा नम्बर ३ स्यालामा ठूलो क्षति पुर्याएको छ । पहिरोमा परी सात जना घाइते भ...
श्रावण ३० गते, २०८३ - २२:०५
काठमाडौँ । नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्म ८ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरे...
श्रावण ३० गते, २०८३ - २१:५९
काठमाडौँ । खाना पकाउने ग्यासको अभावले एक महिनादेखि हैरान भएका उपभोक्ताले शनिबार झरीमा समेत घण्टौँ लाइन बसेर सास्ती बेहोर्नुपरेको छ । सरकारले विभिन्न स...
श्रावण ३० गते, २०८३ - २१:३६
झापा । झापा गाउँपालिका–४ स्थित वडा कार्यालय अगाडि हुलाकी राजमार्गमा टिपरको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । दुर्घटनापछि आक्रोशित स्थानीयले टि...
श्रावण ३० गते, २०८३ - २१:३१
काठमाडौँ । नेपाल र भारतले सीमा क्षेत्रमा एकअर्काका नागरिकले भोगचलन गर्दै आएको जग्गाको नापजाँच गर्ने सहमति गरेका छन् । दुवै देशका नागरिकले एकअर्काको भू...
श्रावण ३० गते, २०८३ - २१:२३
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई औपचारिक रूपमा ‘सम्मेलन’ मा परिणत गरेको छ । सुरुमा राष्ट्रिय भेलाका रूप...
श्रावण २९ गते, २०८३ - २२:१३
माग पूरा नभए शिक्षक महासंघले भदौदेखि आन्दोलन चर्काउने
श्रावण २९ गते, २०८३ - २२:०५
काठमाडौँ । नेपाली कांग्रेसको वर्तमान नेतृत्वलाई चुनौती दिँदै पूर्वसभापति शेरबहादुर देउवा र कोइराला समूहले काठमाडौँमा राष्ट्रिय भेला आयोजना गरेका छन् ।...
श्रावण २९ गते, २०८३ - २१:३२
वीरगन्ज । प्रहरीले वीरगन्जमा अनुमति बिना औषधिजन्य वस्तु उत्पादन तथा स्टिकर लेबलिङ गरिरहेको आरोपमा एक जना पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–११ श...



प्रतिकृया लेख्नुहोस्: