काठमाडौं । नेपाल महिला चेम्बरले संस्थापक अध्यक्ष डा. अन्जान शाक्यलाई सम्मान गरेको छ । राष्ट्रियसभा सदस्यमा मनोनित डा शाक्यलाई महिला चेम्बरलेसम्मान गरेको हो ।
डा. शाक्य महिला चेम्बरको संस्थापक अध्यक्ष समेत हुन् । महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ, चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल एवं चेम्बर सल्लाहकार परिषदका अध्यक्ष राजेशकाजी श्रेष्ठले डा. शाक्यलाई संयुक्त रुपमा सम्मान गरेका थिए । महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले डा. शाक्यलाई राष्ट्रियसभाबाट महिला सशक्तीकरणको मुद्धा उठाउन आग्रह गरिन् ।
महिलाको उद्यमशिलता विकासका लागि कानूनी र संरचनागत सुधारको आवश्यक्ता रहेको अध्यक्ष श्रेष्ठको भनाई छ । अध्यक्ष श्रेष्ठले महिला चेम्बर अभियान र महिला उद्यमशिलता विकासमा डा. शाक्यको भूमिकाको प्रशंसा गरन् ।
चेम्बर अध्यक्ष कमलेश अग्रवालले राष्ट्रियसभामा निजी क्षेत्रको आवाज उठाउन डा. शाक्यलाई सुझाव दिए । महिला चेम्बर मार्फत महिला उद्यमशिलता एवं शसक्तीकरणका लागि चेम्बरले महत्वपुर्ण भूमिका निर्वाह गर्दै आएको अध्यक्ष अग्रवालको भनाई छ ।
सम्मान कार्यक्रममा चेम्बर सल्लाहकार परिषदका अध्यक्ष राजेश काजी श्रेष्ठले महिला चेम्बरकी संस्थापक अध्यक्ष डा. शाक्यले राष्ट्रियसभामा निजी क्षेत्रबाट प्रतिनिधत्व गर्नु गौरवको विषय भएको टिप्पणी गरेका थिए । सम्मान ग्रहणपछि डा शाक्यले महिला सशक्तीकरणका लागि आफुले निरन्तर पहल गर्ने बताइन् । उनले मुलुकको आर्थिक विकासका लागि आफुले निरन्तर पहल गर्ने प्रतिवद्धता जनाइन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - ११:३२
कञ्चनपुर । बाक्लो हुस्सु र लगातारको शीतलहरले पश्चिम तराईका जिल्लामा चिसो बढाएको छ। धनगढी, कञ्चनपुर लगायतका क्षेत्रमा दिनभर हुस्सु र चिसोको सामना गर्नु...
पौष ४ गते, २०८२ - ११:३२
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव विष्णु प्रसाद रिमालले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन असाधारण भएको बताएका छन्। उनले महाधिवेशनमा गरिमा, उत्साह र स...
पौष ४ गते, २०८२ - १०:५९
काठमाडौँ । यस वर्ष काठमाडौँ महानगरपालिकामा सञ्चालनमा रहेका ३९ वटा विद्यालयले नेपालीपन झल्किने गरी विद्यालयको नाम परिवर्तन गरेका छन् । गत वर्षदेखि नै क...
पौष ४ गते, २०८२ - १०:५७
मोरङ । सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव बेचबिखन गम्भीर अपराध भएकाले यसको रोकथाम गर्न सरकार संवेदनशील रहेको बता...
पौष ४ गते, २०८२ - १०:५४
काठमाडौं । नेपाली बजारमा शुक्रबार (पुस ४) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ...
पौष ४ गते, २०८२ - १०:४९
दोलखा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस दोलखाले बागमती प्रदेशसभा सदस्य एवं पूर्व मन्त्री कुन्दनराज काफ्लेसह...
पौष ४ गते, २०८२ - १०:३८
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालतले सशर्त धरौटीमा रिहा गर्दै मुद...
पौष ४ गते, २०८२ - १०:३६
काठमाडौँ । टुकुचा खोलाको पानीलाई प्रशोधन गरी पिउनयोग्य बनाउने दीर्घकालीन लक्ष्यसहित फोहर पानी प्रशोधन केन्द्र (Wastewater Treatment Plant) निर्माणको क...
पौष ४ गते, २०८२ - १०:३१
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट सचिव पदमा निर्वाचित भएका पूर्वमुख्यमन्त्री शेरधन राईका लागि एकपछि अर्को खुशीको खबर आएको छ। ५५ वर्षको उमेरमा...
पौष ४ गते, २०८२ - १०:२५
रूपन्देही। रूपन्देहीमा कलेज अध्ययनरत एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ। मृतक कञ्चन गाउँपालिका–३, धौलागिरीचोकका १७ वर्षीय ईशान पौडेल हुन्।...




प्रतिकृया लेख्नुहोस्: