Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

चक्रवात नजिकिएसँगै केन्यामा बाढीका कारण मृत्यु हुने सङ्ख्या बढेर दुई सयभन्दा माथि

खबरडबली संवाददाता

एजेन्सी । तान्जानियाका समुद्री तटतर्फ चक्रवात अगाडि बढेसँगै मार्चपछि केन्यामा बाढीसम्बन्धी घटनाहरूमा मर्नेहरूको सङ्ख्या दुई सयभन्दा धेरै पुगेको गृह मन्त्रालयले शुक्रबार बताएको छ । 

मुसलधारे वर्षाले पूर्वी अफ्रिकाका अधिकांश क्षेत्रमा आएको बाढी र पहिरोले बाली नष्ट गरेको छ, घरहरू डुबानमा परेका छन् र लाखौँ मानिस विस्थापित भएका छन् । “केन्यामा मौसमको गम्भीर अवस्थाका कारण करिब दुई सय १० जनाको मृत्यु भएको छ, पछिल्लो २४ घन्टामा २२ जनाको मृत्यु भएको छ”, गृह मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ । विज्ञप्तिमा एक लाख ६५ हजारभन्दा धेरै मानिस बेघर भएको र ९० जना बेपत्ता भएको उल्लेख छ । यसबाट मर्नेहरूको सङ्ख्या अझ बढ्न सक्ने आशङ्का गरिएको छ ।

केन्या र तान्जानिया चक्रवात हिदायाका लागि तयारी अवस्थामा छन् । ती मुलुकका समुद्री तटमा भारी वर्षा, हावा र लहरहरू आइरहेका छन् । तान्जानियामा चक्रवातबाट कम्तीमा एक सय ५५ जनाको मृत्यु भएको छ । 

हिदाया दक्षिणपूर्वी सहर माउन्टवाराभन्दा करिब चार सय किलोमिटर टाढा हुँदा तान्जानियाका अधिकारीहरूले स्थानीय समयानुसार बिहान तीन बजे ‘पूर्ण चक्रवातको अवस्थामा पुग्न बलियो भएको’ शुक्रबार चेतावनी दिएका छन् । मौसम बुलेटिनमा अधिकारीहरूले भनेका छन्, “चक्रवात हिदाया लगातार बलियो भइरहेको छ, हावाको गति करिब एक सय ३० किलोमिटर प्रतिघन्टामा बढेको छ ।”

केन्याको गृह मन्त्रालयले चक्रवात आइतबारदेखि समुद्री तटमा पुग्ने अनुमान गर्दै भनेको छ, “भारी वर्षाका साथ तीव्र हावा र ठूलो समुद्री लहरहरू आउन सक्छ ।” संयुक्त राष्ट्रसङ्घले सामान्यभन्दा धेरै वर्षाले बुरुन्डीमा कम्तीमा २९ जनाको ज्यान गएको तथा एक सय ७५ जना घाइते भएको जनाएको छ । गत सेप्टेम्बरदेखि हजारौँ मानिस विस्थापित भएका छन् । 

अल निनो मौसमी ढाँचाका कारण धेरै महिनादेखि लगभग लगातार वर्षा भइरहेको छ । अल निनो प्राकृतिरूपमा हुने जलवायु घटना हो र यो सामान्यतया विश्वभरमा बढ्दो गर्मीसँग सम्बन्धित छ । यसले विश्वका केही भागमा खडेरी र अन्य स्थानमा भारी वर्षा निम्त्याउँछ । 

गत वर्षको अन्त्यमा केन्या, सोमालिया र इथियोपियामा वर्षा र बाढीबाट तीन सयभन्दा धेरैको ज्यान गएको थियो । यद्यपि यी क्षेत्रले चार दशकमा आफ्नो सबैभन्दा खराब खडेरीबाट जोगिने प्रयास गरिरहेका थिए । 

हिन्द महासागरको दक्षिणपश्चिम भागमा चक्रवातको मौसम सामान्यतया नोभेम्बरदेखि अप्रिलसम्म रहन्छ र प्रत्येक वर्ष एक दर्जन तूफान आउँछन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: