Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

चक्रवात नजिकिएसँगै केन्यामा बाढीका कारण मृत्यु हुने सङ्ख्या बढेर दुई सयभन्दा माथि

खबरडबली संवाददाता

एजेन्सी । तान्जानियाका समुद्री तटतर्फ चक्रवात अगाडि बढेसँगै मार्चपछि केन्यामा बाढीसम्बन्धी घटनाहरूमा मर्नेहरूको सङ्ख्या दुई सयभन्दा धेरै पुगेको गृह मन्त्रालयले शुक्रबार बताएको छ । 

मुसलधारे वर्षाले पूर्वी अफ्रिकाका अधिकांश क्षेत्रमा आएको बाढी र पहिरोले बाली नष्ट गरेको छ, घरहरू डुबानमा परेका छन् र लाखौँ मानिस विस्थापित भएका छन् । “केन्यामा मौसमको गम्भीर अवस्थाका कारण करिब दुई सय १० जनाको मृत्यु भएको छ, पछिल्लो २४ घन्टामा २२ जनाको मृत्यु भएको छ”, गृह मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ । विज्ञप्तिमा एक लाख ६५ हजारभन्दा धेरै मानिस बेघर भएको र ९० जना बेपत्ता भएको उल्लेख छ । यसबाट मर्नेहरूको सङ्ख्या अझ बढ्न सक्ने आशङ्का गरिएको छ ।

केन्या र तान्जानिया चक्रवात हिदायाका लागि तयारी अवस्थामा छन् । ती मुलुकका समुद्री तटमा भारी वर्षा, हावा र लहरहरू आइरहेका छन् । तान्जानियामा चक्रवातबाट कम्तीमा एक सय ५५ जनाको मृत्यु भएको छ । 

हिदाया दक्षिणपूर्वी सहर माउन्टवाराभन्दा करिब चार सय किलोमिटर टाढा हुँदा तान्जानियाका अधिकारीहरूले स्थानीय समयानुसार बिहान तीन बजे ‘पूर्ण चक्रवातको अवस्थामा पुग्न बलियो भएको’ शुक्रबार चेतावनी दिएका छन् । मौसम बुलेटिनमा अधिकारीहरूले भनेका छन्, “चक्रवात हिदाया लगातार बलियो भइरहेको छ, हावाको गति करिब एक सय ३० किलोमिटर प्रतिघन्टामा बढेको छ ।”

केन्याको गृह मन्त्रालयले चक्रवात आइतबारदेखि समुद्री तटमा पुग्ने अनुमान गर्दै भनेको छ, “भारी वर्षाका साथ तीव्र हावा र ठूलो समुद्री लहरहरू आउन सक्छ ।” संयुक्त राष्ट्रसङ्घले सामान्यभन्दा धेरै वर्षाले बुरुन्डीमा कम्तीमा २९ जनाको ज्यान गएको तथा एक सय ७५ जना घाइते भएको जनाएको छ । गत सेप्टेम्बरदेखि हजारौँ मानिस विस्थापित भएका छन् । 

अल निनो मौसमी ढाँचाका कारण धेरै महिनादेखि लगभग लगातार वर्षा भइरहेको छ । अल निनो प्राकृतिरूपमा हुने जलवायु घटना हो र यो सामान्यतया विश्वभरमा बढ्दो गर्मीसँग सम्बन्धित छ । यसले विश्वका केही भागमा खडेरी र अन्य स्थानमा भारी वर्षा निम्त्याउँछ । 

गत वर्षको अन्त्यमा केन्या, सोमालिया र इथियोपियामा वर्षा र बाढीबाट तीन सयभन्दा धेरैको ज्यान गएको थियो । यद्यपि यी क्षेत्रले चार दशकमा आफ्नो सबैभन्दा खराब खडेरीबाट जोगिने प्रयास गरिरहेका थिए । 

हिन्द महासागरको दक्षिणपश्चिम भागमा चक्रवातको मौसम सामान्यतया नोभेम्बरदेखि अप्रिलसम्म रहन्छ र प्रत्येक वर्ष एक दर्जन तूफान आउँछन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

खोटाङमा जडीबुटी प्रशोधन केन्द्र स्थापनाको तयारी

खोटाङ । कोशी प्रदेश सरकारले यहाँ निजी तथा सार्वजनिक क्षेत्रसँगको साझेदारीमा जडीबुटी उत्पादन, सङ्कलन तथा प्रशोधन केन्द्र स्थापना गर्ने भएको छ । कोशी प्...

भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता

नयाँदिल्ली । विश्वव्यापी व्यापारमा बढ्दो अनिश्चितता र अमेरिकाले लगाएको उच्च आयात शुल्कको प्रभावलाई न्यूनीकरण गर्न तथा निर्यात गन्तव्यहरू विस्तार गर्ने...

रूसी सम्पत्ति प्रयोगमा इयुको निर्णायक शिखर सम्मेलन

ब्रसेल्स । युरोपेली सङ्घ (इयु) का नेताहरू युक्रेनलाई सहयोग गर्न फ्रिज भएको रूसी सम्पत्तिहरू प्रयोग गर्ने विषयमा निर्णायक मानिएको शिखर सम्मेलनका लागि ब...

थाई सेना द्वारा कम्बोडियाको क्यासिनो हबमा बम प्रहार

नोमपेन । थाइल्यान्डको सेनाले कम्बोडियाको पेइपेटको क्यासिनो हबमा बिहीबार बम प्रहार गरेको रक्षा मन्त्रालयले बताएको छ । जुन दुई राष्ट्रहरू बिचको प्रमुख स...

परम्परागत चिकित्सामा सहयोग बढाउन भारत–अफगानिस्तान छलफलमा

नयाँदिल्ली । अफगानिस्तानका जनस्वास्थ्य मन्त्री मावलवी नूर जलाल जलालीले भारत र अफगानिस्तानबीच परम्परागत चिकित्सा प्रणालीमा सहयोग बढाउन राज्यमन्त्री प्र...

तेल नाकाबन्दी अस्वीकार गर्दै भेनेजुएला

काराकास । भेनेजुएलाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको सम्भावित तेल नाकाबन्दीको कडा अवहेलना गर्दै आफ्नो कच्चा तेल निर्यातमा कुनै असर नप...

पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता

काबुल । गत हप्तामा पाकिस्तानी जेलबाट रिहा भएका कुल १६७ जना अफगान कैदीहरू सुरक्षित अफगानिस्तानमा फर्केको अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्...

सुडान शरणार्थी शिविरमा भीषण आक्रमण, एक हजारको मृत्यु

जेनेभा । सुडानको आन्तरिक रूपमा विस्थापित व्यक्तिहरू (आइडिपी) को जामजाम विस्थापन शिविरमा अप्रिल महिनामा अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ) ले गरेको तीन...

श्रीलङ्काको चक्रवात पुनर्निर्माणमा ठुलो बजेट

कोलम्बो । श्रीलङ्काको सरकारले सन् २०२६ मा ६४० भन्दा बढी नागरिकको ज्यान लिएको विनाशकारी चक्रवात दितवाहबाट देशलाई पुनःउठाउन करिब एक अर्ब ६० करोड अमेरिकी...

झुठ्ठा विवरण पेस गरी नागरिकता र राहदानी बनाउने ३ जना पक्राउ

काठमाडौँ । झुठ्ठा विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र तथा राहदानी बनाउने कार्यमा संलग्न तीन जना पक्राउ परेका छन् ।  झुठ्ठा विवरण पेस गरी ना...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending