Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

फरक ढङ्गको विकासको अभ्यासमा छौँ: मुख्यमन्त्री कार्की

खबरडबली संवाददाता

झापा । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकार फरक ढङ्गको विकासको अभ्यास गर्न लागिपरेको बताएका छन् । 

झापाको शिवसताक्षी नगरपालिका–६ वडा कार्यालयको नवनिर्मित भवन उद्घाटन तथा जग्गादातालाई सम्मान गर्दै उनले कोशी प्रदेश सरकार विकासका काममा अग्रसर भएको उल्लेख गरे । 

भौतिक पूर्वाधारको विकासलाई मात्रै विकास ठान्ने परिपाटीले समाजमा समस्या उत्पन्न भएको मुख्यमन्त्री कार्कीले बताए । उनले भने, “मानवीय संवेदना र सामाजिक मूल्य मान्यतासहितको विकासमा हामी निकै पछिपरेका छौँ, यसतर्फ प्रदेश सरकार गम्भीर छ ।”

मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले सुरु गरेको बालबालिकाको निःशुल्क उपचारसम्बन्धी कार्यक्रम प्रभावकारी बन्दै गएको बताए । उनले भने, “हरेक पालिकामा दक्ष जनशक्ति उत्पादन गर्न प्राविधिक विषयको पढाइमा अनुदान दिने कार्यक्रम अघि बढाएका छौँ, हात्ती प्रभावित क्षेत्रमा लगाइने कृषि बालीको बीमा गरेका छौँ, यसका लागि थप बजेट ल्याउने प्रदेश सरकारको तयारी छ ।”

कागजी दस्तावेज मिलाएर त्यसैका आधारमा सरकारको अनुदान दुरुपयोग गर्ने अभ्यासले समग्र व्यवस्थाप्रतिनै निराशा पैदा गराइरहेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले भ्रष्टाचारमा सहयोग पुग्ने खालका कार्यक्रमलाई प्रदेश सरकारले निस्तेज गर्ने स्पष्ट पारे । सो अवसरमा उनले वडा कार्यालयका लागि जग्गादान गर्नुहुने जग्गादाता सुरज राजवंशी, दुर्गाप्रसाद गुरागाईँ, चन्द्रमणि पौडेल र देवनारायण भण्डारीलाई सम्मान गरेका थिए । 

दाताहरूले संयुक्तरूपमा ११ कठ्ठा जमिन निःशुल्क उपलव्ध गराए । वडा कार्यालय लामोसमयदेखि भाडाको घरमा सञ्चालन हुँदै आएको थियो । वडाले आफ्नै भवन तयार गरेपछि दैनिक कार्यसञ्चालनमा सेवाग्राहीलाई सुविधा पुग्ने शिवसताक्षी–६ का वडाध्यक्ष मनोज खुलालले बताए । 

कार्यक्रममा शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्की, कांग्रेस झापाका सभापति देउकुमार थेवेलगायतले आ–आफ्नो धारणा राखेका थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...

मलेसियाले ऊर्जा रूपान्तरणलाई तीव्र रूपमा अघि बढ्ने

काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...

प्रतिनिधिसभा निर्वाचन: पाँचथरमा नेकपाबाट मिक्सोको एकल नाम सिफारिस

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ ।  फागुन २१ गतेका लागि तोकिएको प्र...

प्रयोग नहुँदा जीर्ण बन्दै ‘होल्डिङ सेन्टर’

कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...

मेची भन्सार कार्यालयबाट पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

शीतल निवासमा शक्ति केन्द्रको संवाद : संकट, निर्वाचन र सहकार्यमा नेताहरूको छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...

पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात

काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ ।  भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...

पाँच वर्षपछि म्यान्मामा निर्वाचन

याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending