जनकपुर । मोटरसाइकल दुर्घटनामा मृत्यु भएका पत्रकार विनयकुमार यादवको दुर्घटना शंकास्पद देखिएको छ । गत वैशाख ११ गते रेडियो धनुषाधामका सञ्चालक समेत रहेका २८ वर्षीय विनयको सवारी दुर्घटनामा मृत्यु भएको थियो ।
धनुषा जिल्लामा मोटरसाइकल दुर्घटनामा मृत्यु भएका पत्रकार विनयकुमार यादवले आफूलाई ज्यान मार्ने धम्की आएको भन्दै प्रहरी कहाँ निवेदन दिएको खुलेको छ । दुर्घटनाको १५ दिनअघि उनले ‘जीपले ठक्कर दिएर ज्यान मारिदिन्छु’ भन्दै धम्की आएको उल्लेख गरेर इलाका प्रहरी कार्यालय, जनकपुरधाममा निवेदन दिएको खुलेको हो ।
निवेदनमा उनले धनुषाकै विपक्षी विरेन्द्रकुमार यादवलाई केही नगरेपनि धम्क्याइरहेको भन्दै आवश्यक छलफल गरेर कानून अनुसार कारबाही गर्न माग गरेको देखिएको छ । यसको दुई सातापछि उनको मृत्यु भएको हो ।
कसरी भयो दुर्घटना ?
धनुषा प्रहरीका अनुसार, दुर्घटनाको दिन उनले चलाइरहेको प्रदेश ०२ ००६ प ३०३५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडक छेउको रेलिङमा ठोक्किएर दुर्घटना हुँदा यादवको मृत्यु भएको थियो ।
मोटरसाइकल पछाडि बस्ने मृतकका छिमेकी ३० वर्षीय लक्ष्मीनारायण यादव समान्य घाइते भएको उनको भनाइ थियो । तर, पछाडि बसेको भनिएका लक्ष्मीनारायणले नै मोटरसाइकल चलाइरहेको दुर्घटना हुनुभन्दा केहिपरको सिसी टिभी फुटेज फेला परेको छ ।
लक्ष्मीनारायणलाई हिरासतमै राखेर विभिन्न कोणबाट अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ । लक्ष्मीनारायण हिरासतमै रहेको र विभिन्न कोणबाट अनुसन्धान जारी रहेको प्रहरीले जनाएकोछ ।
घटना शैकास्पदः प्रेस युनियन
कांग्रेसनिकट पत्रकारहरुको भातृ संगठन नेपाल प्रेस युनियन, धनुषाले पनि सोमबार एक विज्ञप्ति जारी गर्दै अहिलेसम्मको प्राप्त तथ्य प्रमाणले घटना शंकास्पद रहेको देखिएको भन्दै अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गरेको छ ।
परिवार भन्छः घटनाको गम्भीर छानबिन गर्नुपर्छ
मृतक विनयकुमारको परिवारले भने दुर्घटनालाई शंकास्पद भन्दै गम्भीर छानबिन गर्न माग गरेको छ । मृतक विनयका भाइ शंकर यादवका अनुसार, साथमा रहेका लक्ष्मीनारायणले फेरेको बयान र दुर्घटनापछि उनले ज्यान मार्ने धम्की दिएका वीरेन्द्र यादवलाई तीनपटक फोन डायल गरेको देखिएकाले रहस्यमय र शंकास्पद छ ।
‘४ बजेर १७ मिनेटमा लक्ष्मीनारायणले वीरेन्द्रलाई तीनपटक फोन गरेको लक्ष्मीनारायणको मोबाइलमा कल हिस्ट्री भेटिएको छ’, उनले भने, ‘यसले थप अनुसन्धान गर्नुपर्ने देखाएको छ ।’
शंकरका अनुसार, शान्ति सुरक्षाको माग गर्दै उजुरी परेका बेला लक्ष्मीनारायणले वीरेन्द्रले ‘केही गर्दैन, अघि नबढ्न’ भनेर सहमत गराएपछि विनय पछाडि हटेका थिए ।
परिवारका सदस्यहरुका अनुसार, विनय दिउँसै घरबाट निस्किएर लक्ष्मीनारायण सहितका अरु साथीहरुसँग गएका थिए । राति लालगढको होटल मंगेश एण्ड गेष्टहाउसमा खाजा खाएर अवेर लक्ष्मीनारायणसहित फर्किएका थिए ।
याे पनि पढाैं
मोटरसाइकल दुर्घटनामा पत्रकार यादवको मृत्यु
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - ०९:४१
भोजपुर । भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...
पौष ५ गते, २०८२ - ०९:४०
काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...
पौष ५ गते, २०८२ - ०९:३४
पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...
पौष ५ गते, २०८२ - ०९:३२
पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...
पौष ५ गते, २०८२ - ०९:२८
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...
पौष ५ गते, २०८२ - ०९:२४
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...
पौष ५ गते, २०८२ - ०९:२१
तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...
पौष ५ गते, २०८२ - ०९:१८
काठमाडौँ । प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...
पौष ५ गते, २०८२ - ०९:१५
झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी
पौष ५ गते, २०८२ - ०९:०१
काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...




प्रतिकृया लेख्नुहोस्: