Khabar Dabali ३१ श्रावण २०८३ आईतवार | 16th August, 2026 Sun
Investment bank

पत्रकार यादव मृत्यु शंकास्पद, ज्यान मार्ने धम्की आएको भन्दै प्रहरीमा १५ दिन अघि नै दिएका थिए निवेदन

खबरडबली संवाददाता

जनकपुर ।  मोटरसाइकल दुर्घटनामा मृत्यु भएका पत्रकार विनयकुमार यादवको दुर्घटना शंकास्पद देखिएको छ । गत वैशाख ११ गते रेडियो धनुषाधामका सञ्चालक समेत रहेका २८ वर्षीय विनयको सवारी दुर्घटनामा मृत्यु भएको थियो ।

धनुषा जिल्लामा मोटरसाइकल दुर्घटनामा मृत्यु भएका पत्रकार विनयकुमार यादवले आफूलाई ज्यान मार्ने धम्की आएको भन्दै प्रहरी कहाँ निवेदन दिएको खुलेको छ । दुर्घटनाको १५ दिनअघि उनले ‘जीपले ठक्कर दिएर ज्यान मारिदिन्छु’ भन्दै धम्की आएको उल्लेख गरेर इलाका प्रहरी कार्यालय, जनकपुरधाममा निवेदन दिएको खुलेको हो ।

निवेदनमा उनले धनुषाकै विपक्षी विरेन्द्रकुमार यादवलाई केही नगरेपनि धम्क्याइरहेको भन्दै आवश्यक छलफल गरेर कानून अनुसार कारबाही गर्न माग गरेको देखिएको छ । यसको दुई सातापछि उनको मृत्यु भएको हो ।

कसरी भयो दुर्घटना ?

धनुषा प्रहरीका अनुसार, दुर्घटनाको दिन उनले चलाइरहेको प्रदेश ०२ ००६ प ३०३५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडक छेउको रेलिङमा ठोक्किएर दुर्घटना हुँदा यादवको मृत्यु भएको थियो ।

मोटरसाइकल पछाडि बस्ने मृतकका छिमेकी ३० वर्षीय लक्ष्मीनारायण यादव समान्य घाइते भएको उनको भनाइ थियो । तर, पछाडि बसेको भनिएका लक्ष्मीनारायणले नै मोटरसाइकल चलाइरहेको दुर्घटना हुनुभन्दा केहिपरको सिसी टिभी फुटेज फेला परेको छ ।

लक्ष्मीनारायणलाई हिरासतमै राखेर विभिन्न कोणबाट अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ । लक्ष्मीनारायण हिरासतमै रहेको र विभिन्न कोणबाट अनुसन्धान जारी रहेको प्रहरीले जनाएकोछ ।

घटना शैकास्पदः प्रेस युनियन

कांग्रेसनिकट पत्रकारहरुको भातृ संगठन नेपाल प्रेस युनियन, धनुषाले पनि सोमबार एक विज्ञप्ति जारी गर्दै अहिलेसम्मको प्राप्त तथ्य प्रमाणले घटना शंकास्पद रहेको देखिएको भन्दै अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गरेको छ ।

परिवार भन्छः घटनाको गम्भीर छानबिन गर्नुपर्छ

मृतक विनयकुमारको परिवारले भने दुर्घटनालाई शंकास्पद भन्दै गम्भीर छानबिन गर्न माग गरेको छ । मृतक विनयका भाइ शंकर यादवका अनुसार, साथमा रहेका लक्ष्मीनारायणले फेरेको बयान र दुर्घटनापछि उनले ज्यान मार्ने धम्की दिएका वीरेन्द्र यादवलाई तीनपटक फोन डायल गरेको देखिएकाले रहस्यमय र शंकास्पद छ ।

‘४ बजेर १७ मिनेटमा लक्ष्मीनारायणले वीरेन्द्रलाई तीनपटक फोन गरेको लक्ष्मीनारायणको मोबाइलमा कल हिस्ट्री भेटिएको छ’, उनले भने, ‘यसले थप अनुसन्धान गर्नुपर्ने देखाएको छ ।’

शंकरका अनुसार, शान्ति सुरक्षाको माग गर्दै उजुरी परेका बेला लक्ष्मीनारायणले वीरेन्द्रले ‘केही गर्दैन, अघि नबढ्न’ भनेर सहमत गराएपछि विनय पछाडि हटेका थिए ।

परिवारका सदस्यहरुका अनुसार, विनय दिउँसै घरबाट निस्किएर लक्ष्मीनारायण सहितका अरु साथीहरुसँग गएका थिए । राति लालगढको होटल मंगेश एण्ड गेष्टहाउसमा खाजा खाएर अवेर लक्ष्मीनारायणसहित फर्किएका थिए ।

याे पनि पढाैं

मोटरसाइकल दुर्घटनामा पत्रकार यादवको मृत्यु

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमाडौँमा ६ हजार ८०२ सिलिन्डर ग्यास बिक्री, आइतबार थप सात केन्द्रबाट वितरण

काठमाडौँ । नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि शनिबार विभिन्न ब्रान्डका ६ हजार ८०२ सिलिन्डर खाना पकाउने ग्यास बिक्री–वितरण ...

जाजरकोटमा पहिरोले घर र टहरा बगायो, सात जना घाइते

सुर्खेत । जाजरकोटमा लगातारको वर्षापछि गएको पहिरोले भेरी नगरपालिका–२ रिसाङ र वडा नम्बर ३ स्यालामा ठूलो क्षति पुर्‍याएको छ । पहिरोमा परी सात जना घाइते भ...

नेपाल टेलिकमको खुद मुनाफा ४७ प्रतिशतले बढ्यो

काठमाडौँ । नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्म ८ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरे...

झरीमा दिनभर लाइन, ग्यास नपाएर रित्तो सिलिन्डर बोकेर फर्किए नागरिक

काठमाडौँ । खाना पकाउने ग्यासको अभावले एक महिनादेखि हैरान भएका उपभोक्ताले शनिबार झरीमा समेत घण्टौँ लाइन बसेर सास्ती बेहोर्नुपरेको छ । सरकारले विभिन्न स...

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु, आक्रोशित स्थानीयले गरे तोडफोड

झापा । झापा गाउँपालिका–४ स्थित वडा कार्यालय अगाडि हुलाकी राजमार्गमा टिपरको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । दुर्घटनापछि आक्रोशित स्थानीयले टि...

नेपाल–भारत सीमामा एकअर्काले भोगचलन गरेको जग्गा नापजाँच गरिने

काठमाडौँ । नेपाल र भारतले सीमा क्षेत्रमा एकअर्काका नागरिकले भोगचलन गर्दै आएको जग्गाको नापजाँच गर्ने सहमति गरेका छन् । दुवै देशका नागरिकले एकअर्काको भू...

कांग्रेस इतर समूहको भेला किन बन्यो ‘सम्मेलन’ ?

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई औपचारिक रूपमा ‘सम्मेलन’ मा परिणत गरेको छ । सुरुमा राष्ट्रिय भेलाका रूप...

शिक्षक–सरकार सम्झौता कागजमै सीमित, फेरि आन्दोलनको तयारी

माग पूरा नभए शिक्षक महासंघले भदौदेखि आन्दोलन चर्काउने

देउवा–कोइराला समूहको शक्ति प्रदर्शन, देउवाको सन्देश– ‘कांग्रेस एक हुनुपर्छ’

काठमाडौँ । नेपाली कांग्रेसको वर्तमान नेतृत्वलाई चुनौती दिँदै पूर्वसभापति शेरबहादुर देउवा र कोइराला समूहले काठमाडौँमा राष्ट्रिय भेला आयोजना गरेका छन् ।...

अवैध रूपमा औषधिजन्य वस्तु उत्पादन गर्ने फार्म सञ्चालक पक्राउ

वीरगन्ज । प्रहरीले वीरगन्जमा अनुमति बिना औषधिजन्य वस्तु उत्पादन तथा स्टिकर लेबलिङ गरिरहेको आरोपमा एक जना पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–११ श...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending