Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

पाकिस्तान र इरानबाट दुई हजारभन्दा बढी अफगान आप्रवासी निर्वासित

खबरडबली संवाददाता

एजेन्सी । पाकिस्तान र इरानले निष्कासन गरेपछि दुई हजारभन्दा बढी अफगान आप्रवासीहरू अफगानिस्तान फिर्ता गराएको तालिबानको नेतृत्वमा रहेको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयलाई उद्धृत गर्दै टोलो न्युजले जनाएको छ । 

मन्त्रालयका अनुसार सोमबार देशको प्रहरीले निष्कासन गरेपछि दुई सय ६० अफगान आप्रवासी पाकिस्तानबाट काबुल फर्केका छन् । यसैबीच दुई हजार तीन सय ६८ अफगान आप्रवासीहरू सोही दिन इरानबाट अफगानिस्तानमा पुनः प्रवेश गरेको खामा प्रेसले जनाएको छ । आप्रवासीहरू नानगाहार प्रान्तको तोरखाम सीमा हुँदै देशमा फर्केको जनाइएको छ । 

फर्केका व्यक्तिहरू हेरात प्रान्तको इस्लाम काला सीमा पार गरेर अफगानिस्तानमा प्रवेश गरेको अधिकारीहरूले बताएका छन् । हालैका महिनाहरूमा इरान र पाकिस्तानबाट अफगान आप्रवासीहरूको निष्कासन तीव्र भएपछि तालिबानको शरणार्थी मन्त्रालयले इरानबाट आप्रवासीहरूको फिर्तीको घोषणा गरेको छ । 

यसअघि एम्नेस्टी इन्टरनेसनलले पाकिस्तानबाट अफगान आप्रवासीहरूलाई निष्कासन गर्ने योजना तत्काल रद्द गर्न आह्वान गर्दै यो योजना अन्तर्राष्ट्रिय मानव अधिकार कानून र शरणार्थी कानून विपरीत भएको उल्लेख गरेको थियो । 

यसैबीच तालिबानका कार्यवाहक शरणार्थी तथा स्वदेश फिर्ती मामिलामन्त्रीले पाकिस्तानलाई अफगान आप्रवासीको मुद्दा द्विपक्षीय समझदारीको ढाँचाभित्र समाधान गर्न आग्रह गरेका थिए । पाकिस्तानबाट कागजातविहीन अफगान आप्रवासीहरूलाई निष्कासन गर्ने पहिलो चरण नोभेम्बर २०२३ देखि सुरु भएको थियो । 

मानव अधिकारवादी सङ्गठन तथा तालिबानले पाकिस्तानको कार्यको आलोचना गरेका छन् । यद्यपि पाकिस्तानी सरकारले यो कुनै जातीय समुदाय निर्देशित प्रक्रिया नभएकोमा जोड दिएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउँछ : मुख्यमन्त्री पाण्डे

कास्की । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक स्थिरताका लागि आउँदो फागुन २१ गतेको निर्वाचनलाई सबै मिलेर सफल बनाउनुपर्नेमा...

पार्टीलाई सामूहिक नेतृत्व र पद्धतिअनुसार सञ्चालन गर्न नेता पोखरेलको आग्रह

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी ईश्वर पोखरेलले नवनिर्वाचित नेतृत्वलाई सामूहिक नेतृत्व र लोकतान्त्रिक पद्...

निर्वाचित एमालेकाे पहिलाे बैठक भाेलि बस्ने

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबारका लागि बोलाइएको छ। नवनिर्वाचित सचिव डा. रा...

तरुलखेतीबाट २२ जनालाई रोजगारी

विराटनगर । सात वर्षअघि सङ्खुवासभा छोडेर मोरङको सुन्दरहरैँचा नगरपालिका पुगेका खेमराज कटेल आज एक सफल किसानको रूपमा परिचित छन् । यसअघि व्यावसायिक खेतीको ...

चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु, एक सय ५० जना गणक कार्यक्षेत्रमा खटिए

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु गरिएको छ । बाघ गणनाका लागि यही पुस १ र २ गते तालिम दिएपछि एक सय ५० जना गणकहरू आजदेखि कार्यक्षेत...

सप्तरीमा ट्याङ्करको ठक्करबाट बालकको मृत्यु

सप्तरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका ६ विरेन्द्र बजारमा बिहीवार इन्धन बोक्ने ट्याङ्करले ठक्कर दिँदा एक जना बालकको मृत्यु ...

उच्च रक्तचाप, दम खोकी, मधुमेह, मटुरोगको बढ्दो समस्या

काठमाडौँ । हिमाली जिल्ला सोलुखुम्बुको सोताङ गाउँपालिका–२ र ५ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा परीक्षण गर्न आएका बिरामीमध्ये अधिकांशमा उच्च रक्तच...

रास्वपाद्वारा समन्वय कार्यदल गठन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय, प्रदेश र संघीय तहका स्वतन्त्र जनप्रतिनिधिहरूसँग समन्वय गर्न 'स्वतन्त्र जनप्रतिनिधि समन...

वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न केन्द्रीय अनुसन्धान ब्यूरो ...

एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथग्रहण कार्यक्रम राजधानी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending