Ntc summer Offer
Khabar Dabali २७ बैशाख २०८१ बिहीबार | 9th May, 2024 Thu
NIMB

संयुक्त राष्ट्र प्रमुखद्वारा स्वच्छ ऊर्जाका लागि निष्पक्ष खनिज स्रोत सुनिश्चित गर्न पहल

खबरडबली संवाददाता

एजेन्सी । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले शुक्रबार स्वच्छ ऊर्जा परिवर्तनका लागि लागि आवश्यक खनिजहरूको खरिद र प्रयोगमा निष्पक्षता, दिगोपन र मानव अधिकारलाई एकीकृत गर्ने उद्देश्यले नयाँ पहल सुरु गरेका छन् । 

सरकार, सङ्गठन र राष्ट्रसङ्घीय निकायहरूको विविध समूहलाई एकताबद्ध गर्ने उक्त पहलले ‘क्रिटिकल एनर्जी ट्रान्जिसन मिनरल्स’ मा प्यानलको सुरुआत गर्दछ  । प्यानललाई ऊर्जा सङ्क्रमणमा वातावरणीय र सामाजिक मापदण्डहरू कायम राख्न साझा र स्वैच्छिक सिद्धान्तहरूको सेट विकास गर्ने जिम्मेवारी दिइएको छ । 

महासचिव गुटेरेसले प्यानल लन्चका क्रममा भने, “नवीकरणीय ऊर्जाद्वारा सञ्चालित संसार महत्त्वपूर्ण खनिजहरूको लागि भोको संसार हो ।” उक्त पहल पहिलो पटक दुबईमा कोप–२८ जलवायु शिखर सम्मेलनमा घोषणा गरिएको र सेप्टेम्बरमा उच्चस्तरीय संयुक्त राष्ट्र महासभा सप्ताहअघि आफ्नो प्रारम्भिक सिफारिसहरू प्रस्तुत गर्न तयार रहेको छ । 

कोप–२८ भनेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घको फ्रेमवर्क कन्भेन्सनको पक्षहरूको सम्मेलनको २८ औँ बैठक हो । सौर्य प्यानल, पवन टर्बाइन र विद्युतीय सवारी जस्ता नवीकरणीय ऊर्जा प्रविधिहरूका लागि महत्त्वपूर्ण खनिजहरूको माग बढेको छ । 

यसको उदाहरणका लागि राष्ट्रसङ्घीय व्यापार तथा विकास निकायले उच्च दक्षता ब्याट्री र इलेक्ट्रोनिक्सका लागि आवश्यक लिथियमको माग १५ हजार प्रतिशतभन्दा बढीले बढ्न सक्ने अनुमान गरेको छ । 

त्यस्ता बढ्दो मागहरूले धेरै विकासशील देशहरूका लागि विशेषगरी अफ्रिकामा महत्त्वपूर्ण अवसर प्रदान गरेको छ । अफ्रिकाले ऊर्जा सङ्क्रमणका लागि महत्त्वपूर्ण दर्जन धातुहरूको विश्वव्यापी भण्डारको पाँचौँ भाग ओगटेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चल सम्पत्ति धिताे राखेर पनि ऋण पाइने

काठमाडौं । सुरक्षित कारोबार पहिलो संशोधन विधेयक–२०८० सम्बन्धी विधेयक राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले पारित गरेको छ ।  दफाबार छलफलपछि समित...

तुम्लिङटार विमानस्थलमा दुई सातापछि उडान

सङ्खुवासभा । विमानस्थल वरपरको डाँडामा फैलिएको तुवालो हटेपछि हिमाली जिल्ला सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा दुई सातापछि आज उडान भएको छ ।  यही वैश...

चालु आर्थिक वर्षकाे हालसम्म छ बाघ मृतवस्थामा भेटिए

चितवन । चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका क्षेत्रमा छवटा बाघ मृतावस्थामा भेटिएका छन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चालु आर्थ...

कोशी प्रदेशमा नयाँ सरकारको प्रक्रिया बढाउन माग

विराटनगर । कोशी प्रदेशसभाका दुई ठूला दल नेकपा (एमाले) र नकपा (माओवादी केन्द्र) ले प्रदेश प्रमुख परशुराम खापुङलाई नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाउ...

अब अतिरिक्त हुलाक रहँदैनन् : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अतिरिक्त हुलाक क्रमशः खारेज गरिने बताएकी छिन् ।  प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना...

अछाम र बाजुरामा विद्युत् सेवा बन्द

धनगढी । अछाम र बाजुराको विद्युत् सेवा बन्द गरिएको छ । पहाडी जिल्लामा हावा हुरीसँगै वर्षा हुन थालेपछि नेपाल विद्युत् प्राधिकरणले सेवा बन्द गरेको हो । ...

सर्बियामा चिनियाँ राष्ट्रपति सीलाई ‘सम्मान र प्रेम’ का साथ स्वागत

एजेन्सी । सर्बियाका राष्ट्रपति अलेक्जेन्डर भुकिकले बुधबार ताइवानमा चीनको सार्वभौमसत्ताका लागि आफ्नो बलियो समर्थनको पुनः पुष्टि गर्दै युरोपका मित्र राष...

ज्यान मार्ने मुद्दामा फरार रेष्टुरेन्ट संचालक पक्राउ

पोखरा । ज्यान मार्ने उद्योग मुद्दामा संलग्न रही फरार रहेका पोखरा महानगरपालिका-२७ तालचोकस्थित सातताल दोहोरी साँझ तथा रेष्टुरेन्टका संचालक सोही महानगरपा...

अछाममा करेन्ट लागेर गोरु मर्‍यो

अछाम । अछाममा करेन्ट लागेर एक गोरु मरेको छ । जिल्लाको तुर्माखाँद  गाउँपालिका–८ का गणेश बोगटीको गोरु मरेको हो । गोरुलाई जंङ्गल लैजानै क्रममा विद्युत...

प्रमुख प्रतिपक्षीले उठाएका विषयवस्तुप्रति सरकारले बेवास्ता गरिरहेको छ: प्रमुख सचेतक लेखक

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले संसद्मा प्रमुख प्रतिपक्षले उठाएका महत्वपूर्ण विषयवस्तुप्रति सरकारले बेवास्ता गरिरहेको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies