एजेन्सी । अफ्रिकी राष्ट्र जिबुटी तटीय क्षेत्रमा भएको पछिल्लो डुङ्गा दुर्घटनामा परी कम्तीमा १६ आप्रवासीको मृत्यु हुनुका साथै २८ जना बेपत्ता भएको संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम) ले मङ्गलबार जनाएको छ ।
इथियोपियाली आप्रवासी बोकेको अर्को डुङ्गा जिबुटीको तटीय क्षेत्रमा डुबेको हो । “जिबुटी तटमा बालबालिकासहित ७७ जना आप्रवासी सवार डुङ्गा पल्टिँदा दुर्घटना भएको छ,” आइओएमले एक्स (ट्वीटर)मा लेखेको पोस्टमा भनिएको छ ।
“कम से कम २८ व्यक्ति वेपत्ता भएका छन् । १६ जनाको मृत्यु भएको छ”, विज्ञप्तिमा भनिएको छ, “स्थानीय आईओएम शाखाले स्थानीय अधिकारीहरूलाई खोजी र उद्धार कार्यमा सहयोग गरिरहेको छ । यो तथाकथित पूर्वी आप्रवासन मार्गमा भएको पछिल्लो घातक दुर्घटना थियो ।
जिबुटीको उत्तरपूर्वमा पर्ने गोडोरियाको तटमा अप्रिल ८ मा ६० जनाभन्दा बढी यात्रु बोकेको अर्को डुङ्गा डुबेको आईओएम र जिबुटीस्थित इथियोपियाली दूतावासले जनाएको छ । आइओएमका अनुसार उक्त घटनामा बालबालिकासहित ४४ आप्रवासीको मृत्यु भएको थियो ।
जिबुटीस्थित दूतावासका अनुसार डुङ्गाले इथियोपियाली आप्रवासीलाई जिबुटीबाट युद्धग्रस्त यमनतर्फ लैजाँदै थियो । हरेक वर्ष हजारौं अफ्रिकी आप्रवासीहरूले द्वन्द्व वा प्राकृतिक विपत्तिबाट बच्न वा राम्रो आर्थिक अवसरको खोजीमा युद्धग्रस्त यमन हुँदै ‘रेड सी’ पार गरेर खतरनाक ‘पूर्वी मार्ग’ पार गर्दै साउदी अरब पुग्ने गर्छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - २०:१७
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्को मुख्य काम कानुन निर्माण, संसदीय निगरानी र सरकारका काम कारबाहीलाई जनताप्रति उत्तरदायी ब...
मंसिर २९ गते, २०८२ - २०:१४
जिउछ्वान । चीनले शनिबार उत्तर–पश्चिम चीनको जिउछ्वान उपग्रह प्रक्षेपण केन्द्र बाट ‘क्वाइचोउ–११’ रकेट प्रक्षेपण गरेको छ । यस रकेटमा एक प्रयोगात्मक अन्तर...
मंसिर २९ गते, २०८२ - २०:१०
काठमाडौं । गोकर्णेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय जोरपाटी, काठमाडौँका तत्कालीन नगर प्रमुख सन्तोष चालिसेविरुद्ध तीन करोड ६८ लाख ४७ हजार ७६१ र...
मंसिर २९ गते, २०८२ - २०:०५
तनहुँ । पृथ्वीराजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबासमा बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय त...
मंसिर २९ गते, २०८२ - २०:०१
काठमाडाैँ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्यका लागि बर्लिनमा हुन लागेको उच्चस्तरीय वार्तामा सहभागी हुन आफू पूर्ण रूपमा ...
मंसिर २९ गते, २०८२ - १९:०७
पाँचथर । पाँचथरमा ८० वर्षीय हजुरबाले छुरा प्रहार गर्दा नातिको ज्यान गएको छ । पारिवारिक विवाद हुँदा फाल्गुनन्द गाउँपालिका –७ आङसराङका ८० वर्षीय वर्...
मंसिर २९ गते, २०८२ - १९:००
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन जारी रहँदा नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले आइतबार साँझद...
मंसिर २९ गते, २०८२ - १८:११
काठमाडाैं । नेकपा (एमाले)ले ११औँ महाधिवेशनबाट बन्ने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरेको छ । जसमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव,...
मंसिर २९ गते, २०८२ - १८:०७
बागलुङ । खेतीयोग्य बारी बाँझिदै जान थालेपछि बागलुङमा हरेका वर्ष कोदो उत्पादन घट्दै गएको छ । किसानले कोदोखेती गर्न छोडेर जमिन बाँझो राख्न थालेपछि उत्पा...
मंसिर २९ गते, २०८२ - १८:०४
सिड्नी । सिड्नीको बोन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सिड्नीको प्रहरीले एक अज्ञा...




प्रतिकृया लेख्नुहोस्: