म्याग्दी । लेखा अधिकृत नहुँदा म्याग्दीको धवलागिरि गाउँपालिकाको कामकाज तीन महिनादेखि ठप्प भएको छ ।
लेखा शाखा कर्मचारीविहीन भएपछि आर्थिक काम ठप्प बनेको हो । आर्थिक काम रोकिएपछि प्रशासनिक काम समेत प्रभावित बनेको छ । कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मीले तीन महिनादेखि तलब पाएका छैनन् । सामाजिक सुरक्षा भत्ता वितरण रोकिएको छ । विकास निर्माणका काम रोकिएको सेवाग्राहीको गुनासो छ ।
निर्माण व्यवसायी, आपूर्तिकर्ता र उपभोक्ता समितिले भुक्तानी पाउन सकेका छैनन् । गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले लोकसेवा आयोगमा लेखा अधिकृत माग गरिएपनि पदपूर्ति नभएको बताए । उनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र कोष तथा लेखा नियन्त्रकको कार्यालयमा अनुरोध गर्दा लेखा शाखाको कर्मचारी नपाइएको बताए ।
“लेखा शाखामा पदपूर्तिका लागि प्रदेश लोकसेवा आयोगमा माग गरेका छौँ”, उनले भने, “लोक सेवाबाट नआउँदासम्म काम फुकाउन छोटो समय र दुर्गमको कारण देखाएर आउन मानेनन् ।” गाउँपालिकामा लेखा अधिकृत र लेखापालको दरबन्दी विगत दुई वर्षदेखि रिक्त छ ।
यसअघि करिब डेढ वर्षसम्म आन्तरिक लेखापरीक्षक तिलक शङ्कर पौडेललाई लेखा शाखा प्रमुखको जिम्मेवारी दिइएको थियो । आर्थिक प्रशासन नियमन गर्नुपर्ने दायित्व भएका लेखापरीक्षकलाई आर्थिक कारोवारको जिम्मेवारी दिन नमिल्ने भएपछि २०८१ फागुन २१ गतेको कार्यपालिका बैठकले पौडेललाई लेखा परीक्षकको मात्रै जिम्मेवारी दिएको छ ।
ठेक्का सम्झौता गरेका र काम सम्पन्न भइसकेका विकासे आयोजनाका भुक्तानी निर्माण व्यवसायी र उपभोक्ता समितिले पाउन सकेका छैनन् । चालु आव २०८०/८१ को ९ महिनामा कूल बजेटको ३० दशमलव ८ प्रतिशत मात्र खर्च भएको छ । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदीले लेखा अधिकृत र लेखापालको जिम्मेवारीका लागि धेरै जनालाई अनुरोध गरिए पनि आउन नमानेको बताए ।
कूल ५० भन्दा बढीको दरबन्दी भएको धवलागिरि गाउँपालिकाको प्रशासनिक, प्राविधिक, लेखा, कृषि, भेटेरिनरी, शिक्षा शाखामा एक तिहाइभन्दा कम मात्र कर्मचारी कार्यरत छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २७ गते, २०८२ - २०:१८
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् । कीर्त...
मंसिर २७ गते, २०८२ - २०:०८
जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...
मंसिर २७ गते, २०८२ - २०:०५
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...
मंसिर २७ गते, २०८२ - २०:०३
काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...
मंसिर २७ गते, २०८२ - १९:५९
धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् । शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...
मंसिर २७ गते, २०८२ - १९:३२
लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...
मंसिर २७ गते, २०८२ - १९:२५
गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...
मंसिर २७ गते, २०८२ - १९:१८
म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...
मंसिर २७ गते, २०८२ - १९:०२
तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...
मंसिर २७ गते, २०८२ - १८:५६
गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...




प्रतिकृया लेख्नुहोस्: