Ntc summer Offer
Khabar Dabali १० असार २०८२ मंगलवार | 24th June, 2025 Tue
Investment bank

सन् २०२३ मा जलवायु र मौसमी प्रकोपबाट एसिया सबैभन्दा बढी प्रभावित

खबरडबली संवाददाता

एजेन्सी । सन् २०२३ मा जलवायु र मौसमी खतराबाट एसिया विश्वको सबैभन्दा धेरै प्रकोप प्रभावित क्षेत्र भएको संयुक्त राष्ट्रसङ्घले मङ्गलबार बताएको छ । एसियामा बाढी र आँधी मानवीय र आर्थिक क्षतिको प्रमुख कारण भएको बताइएको छ । 

गत वर्ष विश्वव्यापी तापक्रम कीर्तिमानी उचाइमा पुगेको छ । राष्ट्रसङ्घको मौसम तथा जलवायु एजेन्सीले एसियामा विशेषरूपमा तीव्र गतिमा तापक्रम बढिरहेको बताएको छ । विश्व मौसम विज्ञान सङ्गठन (डब्ल्युएमओ) ले एसियामा गर्मीको लहरको प्रभाव अझ गम्भीर हुँदै र पग्लिँदै गरेको हिमनदीबाट एसियाको भविष्यको जल सुरक्षामा खतरा उत्पन्न भएको बताएको छ । 

गत वर्षको तापक्रम सन् १९६१ देखि सन् १९९० को औसतभन्दा करिब दुई प्रतिशतले बढी रहेको भन्दै डब्ल्युएमओले एसियामा विश्वव्यापी औसतको तुलनामा तीव्ररूपमा तापक्रम बढिरहेको बताएको छ । 

“प्रतिवेदनको निष्कर्ष गम्भीर छ, यस क्षेत्रका धेरै मुलुकले सन् २०२३ मा आफ्नो सबैभन्दा तातो वर्षको अनुभव गरेका छन् भने खडेरी र गर्मीको लहरदेखि लिएर बाढी र आँधीसम्मको चरम स्थितिको सामना गरेका छन्”, डब्ल्युएमओका प्रमुख सेलेस्टे साउलोले एक विज्ञप्तिमा भने, “जलवायु परिवर्तनले यस्ता घटनाहरूको आवृत्ति र गम्भीरतालाई बढाएको छ, यसको समाज, अर्थतन्त्र र सबैभन्दा महत्त्वपूर्णरूपमा मानव जीवन र हामी बस्ने  वातावरणमाथि गहिरो प्रभाव पारेको छ ।”

एसियामा जलवायुको अवस्था २०२३ को प्रतिवेदनमा यस क्षेत्रको समाज, अर्थतन्त्र र पारिस्थितिकीय प्रणालीका लागि गम्भीर प्रभाव पार्ने सतहको तापक्रम, पग्लिँदै गरेको हिमनदी र समुद्रको स्तरमा वृद्धि जस्ता प्रमुख जलवायु परिवर्तनका सूचकहरूको तीव्र गतिमाथि प्रकाश पारिएको छ । 

“सन् २०२३ मा एसिया मौसम, जलवायु र पानीसम्बन्धी खतराबाट विश्वको सबैभन्दा बढी प्रकोप प्रभावित क्षेत्र बनेको छ”, डब्ल्युएमओले भनेको छ । सन् २०२३ मा एसियामा सतह निकट वार्षिक औसत तापक्रम रेकर्डमा दोस्रो सबैभन्दा धेरै थियो । यो सन् १९९१–२०२० को औसतभन्दा शून्य दशमलव ९१ डिग्री सेल्सियसले र सन् १९६१–१९९० को औसतभन्दा एक दशमलव ८७ डिग्री सेल्सियसले अधिक थियो । 

पश्चिमी साइबेरियादेखि मध्य एसिया र पूर्वी चीनदेखि जापानसम्म विशेषरूपमा उच्च औसत तापक्रम रेकर्ड गरिएको र जापानमा अहिलेसम्मकै सबैभन्दा गर्मी रेकर्ड गरिएको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै हिमालय तथा पाकिस्तान र अफगानिस्तानको हिन्दू कुश पर्वत शृङ्खलामा वर्षा सामान्यभन्दा कम भएको थियो । 

यसैबीच गत वर्ष दक्षिण पश्चिम चीनले खडेरीको सामना गर्नुपर्यो । वर्षको करिब प्रत्येक महिनामा यहाँ वर्षाको स्तर सामान्यभन्दा कम रह्यो । तिब्बती पठारमा केन्द्रित हाई–माउन्टेन एसिया क्षेत्र अर्थात ध्रुवीय क्षेत्रबाहिर बरफको सबैभन्दा ठूलो मात्रा विद्यमान छ । 

पछिल्लो धेरै दशकमा यीमध्ये अधिकांशमा हिमनदीहरू पछि हट्दै गएको र यसको गति पनि तीव्र भइरहेको छ भन्दै डब्ल्युएमओले यस क्षेत्रका निरीक्षण गरिएका २२ वटा हिमनदीमध्ये २० वटामा गत वर्ष लगातार सामूहिकरूपमा क्षति भइरहेको जनाएको छ । 

सन् २०२३ मा उत्तरपश्चिम प्रशान्त महासागरमा समुद्रको सतहको तापक्रम रेकर्डमा सबैभन्दा धेरै रहेको प्रतिवेदनमा बताइएको छ । गत वर्ष एसियामा पानीसम्बन्धी मौसमी जोखिमसँग सम्बन्धित ७९ प्रकोप रेकर्ड गरिएका छन् । तीमध्ये ८० प्रतिशतभन्दा धेरै बाढी र आँधी थिए । यसबाट दुई हजारभन्दा धेरैको मृत्यु र ९० लाख मानिस प्रत्यक्षरूपमा प्रभावित भएका छन् । 

प्राकृतिक प्रकोपका घटनाहरूमा एसियाको संवेदनशीलतालाई लगातार उच्च जोखिममा राख्दै डब्ल्युएमओले भनेको छ, “सन् २०२३ मा रिपोर्ट गरिएका घटनाहरूमा मृत्युको प्रमुख कारण बाढी थियो ।” हङकङमा सेप्टेम्बर ७ मा एक घन्टामा एक सय ५८ दशमलव एक मिलिमिटर वर्षा रेकर्ड गरियो । आँधीको परिणामस्वरूप सन् १८८४ मा रेकर्डहरू राख्न सुरु भएयता यो सबैभन्दा उच्च थियो । 

डब्ल्युएमओले विपद् जोखिम न्यूनीकरणमा काम गरिरहेका अधिकारीहरूलाई अनुकूल जानकारी सुधार गर्नका लागि यस क्षेत्रभर राष्ट्रिय मौसम सेवाहरूको तत्काल आवश्यकता रहेको बताएको छ । “हाम्रो कार्य र रणनीतिहरूले यो समयको जरुरीतालाई प्रतिबिम्बित गर्न आवश्यक छ”, डब्ल्युएमओका प्रमुख साउलोले भने, “हरित गृह ग्यास उत्सर्जन घटाउनु र विकसित जलवायुमा अनुकूलन गर्नुको विकल्प नभए पनि आधारभूत आवश्यकता हो ।”

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

माेरङमा दुर्घटनामा एकको मृत्यु

माेरङ ।  मोरङको उत्तर दक्षिण रङ्गेली कानेपोखरी सडक खण्ड अन्तर्गत दर्बेसामा मङ्गलवार   ट्याक्टरमा   मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक  रङ्गेली नगरपालि...

भोजपुर नगरपालिकाको बजेट ६५ करोड ११ लाख

भोजपुर । भोजपुर नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ६५ करोड ११ लाख ८० हजार ४ सय ६९ रुपियाँको बजेट प्रस्तुत गरिएको छ । नगरपालिकाको १० औँ नगरसभा...

ताप्लेजुङका पाँच स्थानीय तहद्वारा बजेट सार्वजनिक

ताप्लेजुङ । एक नगरपालिकासहित नौ स्थानीय तह रहेको जिल्लाका सिदिङ्वा, सिरिजङ्घा, आठराई त्रिवेणी, मेरिङ्देन र मैवाखोला गाउँपालिकाले बजेट सार्वजनिक गरका छ...

पहिराले उत्तर–दक्षिण कोशी राजमार्ग अवरुद्ध

सङ्खुसवासभा । सुक्खा पहिरोका कारण उत्तर–दक्षिण कोशी सडकअन्तर्गत सङ्खुवासभाको मकालु गाउँपालिकाको खाँदबारी –किमाथाङ्का सडकखण्ड अवरुद्ध भएको छ । मकालु...

घरेलु श्रमिकलाई न्यूनतम ज्याला दिन कानुन बनाउँछौँ: प्रचण्ड

ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कानुन बनाएर श्रमिकको न्यूनतम ज्यालामा घरेलु श्रमिकलाई पनि ल्य...

प्रतिनिधिसभाबाट खर्च कटौती प्रस्तावलाई बहुमतले अस्वीकार

काठमाडौं । प्रतिनिधिसभा आजको बैठकले खर्च कटौतीका विभिन्न २३ प्रस्तावलाई बहुमतले अस्वीकार गरेको छ । बैठकमा सांसदहरू डा. अमरेशकुमार सिंह, प्रभु साह, ...

सिङ्गापुरका प्रधानमन्त्रीलाई ‘आधिपत्य’ विरुद्ध लड्न चिनियाँ राष्ट्रपति सीको आग्रह

बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङले मङ्गलबार बेइजिङमा भएको भेटमा सिङ्गापुरका प्रधानमन्त्रीलाई व्यापारमा ‘आधिपत्य’ र संरक्षणवाद विरुद्धको लडाइँमा स...

असईमा जागिर लगाई दिने भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं । सशस्त्र प्रहरी सहायक निरीक्षक (असई)मा जागिर लगाई दिने भन्दै ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा काठमाडौँ १५ घर भएका ४...

विश्वले दशकौँको ‘सबैभन्दा जटिल’ अवस्थाको सामना गरिरहेको छ : विश्व आर्थिक मञ्च

चीन । विश्व आर्थिक मञ्च (डब्लुइएफ) का प्रमुखले मङ्गलबार उथलपुथलले ‘विश्वव्यापी वृद्धिलाई असर गरिरहेको’ चेतावनी दिँदै विश्वले दशकौँमा देखिएको ‘सबैभन्दा...

विराटनगर महानगरपालिकाले ल्यायो चार अर्ब ४० करोडको बजेट

माेरङ । आगामी आर्थिक वर्षका लागि विराटनगर महानगरपालिकाले चार अर्ब ४० करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ । मंगलबार १६औँ  नगरसभामा उपप्रमुख शिल्पा ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending