काठमाडौं । राजधानीमा जारी वीर गणेशमान सिंह टी ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा कर्णाली प्रदेशले मधेस प्रदेशलाई ६ विकेटले हराउँदै विजयी भएको छ ।
मूलपानी क्रिकेट मैदानमा मधेस प्रदेशले प्रस्तुत गरेको एक सय २१ रनको लक्ष्य कर्णालीले १५ दशमलव ३ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो । कर्णालीका लागि विपिन रावलले सर्वाधिक ४१ रनको योगदान दिए । उनले ४० बलमा दुई चौका र दुई छक्का प्रहार गर्दै ४१ रन बनाएका हुन । त्यसैगरी हिमान्शु शाहीले अविजित ३२ रन बनाउँदा विपीन शाहीले १७ तथा रवीन्द्र शाहीले १४ रन बनाए ।
बलिङतर्फ मधेश प्रदेशका प्रदीप पास्वान र अभिषेक तिवारीले समान दुई/दुई विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको मधेसले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै एक सय २० रनको योगफल बनाएको थियो । मधेसका लागि मायन यादवले सर्वाधिक ३९ रनको योगदान गरे । त्यस्तै विशाल पटेलले अविजित ३२ रन बनाए भने प्रदीप पास्वानले १८ तथा कप्तान राहुल मण्डलले ११ रन जोडे ।
कर्णालीका लागि युनिस ठकुरीले दुई तथा दीपेन्द्र रावत, दीनेश अधिकारी, प्रकाश जैसी र कप्तान दिवान पुनले समान एक/एक विकेट लिए । यस जितसँगै प्रतियोगितामा दोस्रो जित निकालेको कर्णालीले तीन खेलमा चार अङ्क बटुलेको छ । पराजित मधेसको भने चार खेलबाट दुई खेलमा जित हात पार्दै चार अङ्क जोडेको छ । आजै भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले कोशी प्रदेशलाई तीन रनले पराजित गर्दै विजयी भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २१ गते, २०८१ - २१:०२
काठमाडौं । काठमाडौं महानगरपालिकाले आगलागी प्रभावित दुई गाउँपालिकालाई आर्थिक सहयोग गर्ने भएको छ । महानगरको विपद् व्यवस्थानि समितिको आज बसेको बैठकले ...
बैशाख २१ गते, २०८१ - २०:५३
अछाम । अछाममा एक जना बँदेलको आक्रमणबाट घाइते भएका छन् । जिल्लाको कमलबजार नगरपालिका–ढुङ्गाल्लाका ५२ वर्षीय शिवराम चलाउने घाइते भएका हुन् । उनलाई...
बैशाख २१ गते, २०८१ - २०:५१
राैतहट । रौतहटमा एक जनाको शव फेला परेको छ । रौतहटको चन्द्रपुर नगरपालिका-१ माथिल्लो क्यान्टिन बजार बस्ने ३० वर्षीयको कृष्ण बाबु लामा छिमेकीको घरको ...
बैशाख २१ गते, २०८१ - २०:२६
लुम्बिनी । राष्ट्रियसभाअन्तर्गत गठित सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले आज बुद्धजन्मस्थल लुम्बिनीका पछिल्ला गतिविधि र सम्पदा क्षेत्र स्थाल...
बैशाख २१ गते, २०८१ - २०:२१
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले हरेक पालिकामा एउटा औद्योगिक ग्राम विकास गर्ने वर्तमान सरकारको नीति रहेको बताएका छन् । ...
बैशाख २१ गते, २०८१ - २०:१६
एजेन्सी । तान्जानियाका समुद्री तटतर्फ चक्रवात अगाडि बढेसँगै मार्चपछि केन्यामा बाढीसम्बन्धी घटनाहरूमा मर्नेहरूको सङ्ख्या दुई सयभन्दा धेरै पुगेको गृह मन...
बैशाख २१ गते, २०८१ - २०:०६
जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवसँग मटिहानी आगलागीपीडितका लागि तत्काल विशेष राहत सहयोगको माग गरिएको छ । विभिन्न राजनीतिक दलका ने...
बैशाख २१ गते, २०८१ - २०:०२
बझाङ । बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा निरन्तर आगलागी भएपछि आज वायु प्रदूषणले जिल्लाको अधिकांश भूभाग अँध्यारो भएको छ । मध्याह्नतिर वातावरण प्...
बैशाख २१ गते, २०८१ - १९:४३
मकवानपुर । बागमती प्रदेशसभा सचिवालयमा आज बसेको सर्वदलीय बैठकले यही वैशाख ३१ गते बजेट अधिवेशन आह्वान गर्न बागमती प्रदेश सरकारलाई आग्रह गर्ने निर्णय गर...
बैशाख २१ गते, २०८१ - १९:३९
काठमाडौं । सर्वोच्च अदालतले सिधाकुरा डटकम अनलाइनले प्रकाशन तथा प्रसारण गरेको अडियोसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा राखेको छ । न्यायाधीश हरिप्रसाद फु...
प्रतिकृया लेख्नुहोस्: