काठमाडौं । इजरायलले इरानमाथि गरेको आक्रमणको स्याटेलाइट तस्बिरहरू सार्बजनिक भएका छन् । जसमा इरानको एयर बेसमा क्षति पुगेको देखिएको छ ।
शुक्रबार बिहान इजरायलले इरानलाई लक्षित गरी मिसाइल आक्रमण गरेको थियो । तर, इरानले इजरायलको आक्रमणलाई अस्वीकार गर्दै इरानी सैन्य आधारमा कुनै क्षति नभएको बताएको छ ।
इरानको इस्फाहान सहरमा रहेको एयर बेसमा रहेको एयर डिफेन्स सिस्टम ध्वस्त भएको देखिएका दुईवटा तस्बिरको विविसीले गरेको विश्लेषणमा इरानको एयर बेसमा नोक्सान पुगेको पाइएको छ ।
अमेरिकी अधिकारीहरूले इजरायलले इरानमाथि मिसाइल हमला गरेको दाबी गरे पनि इजरायलले यसबारे कुनै आधिकारिक वक्तव्य जारी गरेको छैन । पछिल्लो समय इजरायल र इरानबीच तनाव बढेको छ ।
गत हप्ता, इरानले सिरियाको दमास्कसमा रहेको इरानी दूतावासमा इजरायलले गरेको आक्रमणमा धेरै शीर्ष इरानी कमाण्डरहरूको मृत्युको जवाफमा इजरायलमा तीन सय भन्दा बढी मिसाइल र ड्रोनहरू प्रहार गरेको थियो । यद्यपि, तीमध्ये धेरैजसो आकाशमा नै नष्ट भएका थिए । इजरायलले इरानको असफल आक्रमणमा आफूलाई कुनै क्षति नभएको दाबी गरेको छ ।
शुक्रबार इरानमा इजरायलले हमला गरेपछि इजरायलले कुन इरानी स्थानलाई निशाना बनाएको भन्ने प्रश्न उठिरहेको छ । इस्फाहान इरानको आणविक कार्यक्रमको केन्द्र पनि हो ।
इजरायलले आफ्नो आक्रमणमा कुन प्रकारको हतियार प्रयोग गरेको हो भन्ने अझै स्पष्ट भइसकेको छैन, तर स्याटेलाइट तस्विरमा एयरबेसमा क्षति पुगेको देखिन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - १९:०७
पाँचथर । पाँचथरमा ८० वर्षीय हजुरबाले छुरा प्रहार गर्दा नातिको ज्यान गएको छ । पारिवारिक विवाद हुँदा फाल्गुनन्द गाउँपालिका –७ आङसराङका ८० वर्षीय वर्...
मंसिर २९ गते, २०८२ - १९:००
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन जारी रहँदा नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले आइतबार साँझद...
मंसिर २९ गते, २०८२ - १८:११
काठमाडाैं । नेकपा (एमाले)ले ११औँ महाधिवेशनबाट बन्ने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरेको छ । जसमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव,...
मंसिर २९ गते, २०८२ - १८:०७
बागलुङ । खेतीयोग्य बारी बाँझिदै जान थालेपछि बागलुङमा हरेका वर्ष कोदो उत्पादन घट्दै गएको छ । किसानले कोदोखेती गर्न छोडेर जमिन बाँझो राख्न थालेपछि उत्पा...
मंसिर २९ गते, २०८२ - १८:०४
सिड्नी । सिड्नीको बोन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सिड्नीको प्रहरीले एक अज्ञा...
मंसिर २९ गते, २०८२ - १८:०१
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाको आगामी फागुन २१ गते तोकिएको निर्वाचनको मितिमा कुनै पनि प्रकारको दाँयाबाँया नगरी सम्पूर्ण ध्यान ...
मंसिर २९ गते, २०८२ - १७:५५
मोरङ । मोरङमा भएका भिन्दाभिन्दै सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ । एक जना किशोरी घाइते भएकी छन् । जिल्लाको सुन्दरहरैँचा नगरपालिका–६, गैरीगा...
मंसिर २९ गते, २०८२ - १७:५२
काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार प्रकाशित वाल स्ट्रिट जर्नलसँगको अन्तर्वार्तामा अमेरिकी अर्थतन्त्रलाई ‘इतिहासकै सबैभन्दा ठूलो’ ब...
मंसिर २९ गते, २०८२ - १७:४९
सुर्खेत । नेकपा का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णाली प्रदेश संसदीय दलको नेता चयन प्रक्रियामा विशेष चासो व्यक्त गरेका छन् । शनिबार सुर्खेतमा...
मंसिर २९ गते, २०८२ - १७:४६
सिराहा । आगामी २१ फागुनका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा क्षेत्रीय कार्यसमितिले सर्वसम्मत रूपमा सिफारिस गरेका उम्मेदवारहरूको नामावलीमा जिल...




प्रतिकृया लेख्नुहोस्: