Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

एम्बुलेन्स खरिदका लागि महायज्ञ

खबरडबली संवाददाता

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौरमा एम्बुलेन्स खरिदका लागि महायज्ञ आयोजना गर्न लागिएको छ । बाबियाचौरस्थित माटेबगरमा रहेको देवी भगवती मन्दिर परिसरमा बहुउद्देश्यीय सेवा भवन निर्माण र नियमित रुपमा आकस्मिक यातायात सेवाका लागि एम्बुलेन्स खरिद गर्नका लागि महायज्ञ आयोजना गर्न लागिएको हो ।

देवी भगवती मन्दिर संरक्षण समिति तथा मङ्गला युथ क्लबको आयोजनामा यही वैशाख ८ गतेदेखि १६ गते सम्म सञ्चालन गर्न लागिएको ऐतिहासिक देवी महिमा श्रीमद्भागवत नवाह ज्ञान महायज्ञ एवम् धार्मिक महोत्वस– २०८१ को तयारीलाई तीव्र पारिएको छ ।

मङ्गला गाउँपालिकाभित्रका बिरामीलाई समयमै अस्पताल पुर्‍याउन यातायातको साधनको समस्या भएको अवस्थालाई मध्यनजर गर्दै एम्बुलेन्स खरिद गर्ने लक्ष्यसहित महायज्ञ आयोजना गरिएको मूल समारोह समितिका सचिव छमलाल पौडेलले जानकारी दिए । 

उनका अनुसार महायज्ञबाट बचत हुने रकमबाट मन्दिर पुनःनिर्माण र बहुउद्देश्यीय सेवा भवन निर्माण गरिनेछ । उक्त भवनमा मण्डपसहित विवाह तथा व्रतबन्धलगायतका धार्मिककार्य सम्पन्न गर्ने कक्ष, सङ्कीर्तन, पूजा सामग्री भण्डारण कक्ष, तथा योग र ध्यान समेत गर्न मिल्ने सभाहल निर्माण गर्ने लक्ष राखिएको महायज्ञ मूल समारोह समितिका अध्यक्ष नवीन अधिकारीले बताए । 

महायज्ञको प्रचारप्रसार, मञ्च व्यवस्थापन, दानदाताको खोजी, पत्राचार, निमन्त्रणा कार्ड वितरणलगायतका कार्यलाई तीव्रताका साथ अगाडि बढाइएको प्रचारप्रसार उपसमितिका संयोजक राजु पाण्डेले जानकारी दिए । 

महायज्ञमा पण्डित कपिलदेव भट्टले कथा प्रवचन गर्नुहुनेछ । महायज्ञमा दैनिक पूजापाठ, ग्रह शान्ति व्रतबन्ध, विवाह, व्रतसाङेता, सन्ध्या महाआरति, लाखबत्ती, कलश, मूलकर्ता भूमिदान र तुलादन समेतको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

विसं २०३५ मा हर्कबहादुर अधिकारीको सक्रियतामा स्थापना गरिएको देवी भगवती मन्दिरमा पूजाआजा गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास छ । यस मन्दिरमा आज चैतेदसैँको अवसरमा  विशेष पूजाआजा गरिएको छ । महायज्ञको वैशाख ८ गते कलशयात्रासहित उद्घाटन गरिने जनाइएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: