Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

इरानी आक्रमणपछि इजराइलको गाजामाथि दबाब बनाउने सङ्कल्प

खबरडबली संवाददाता

एजेन्सी । इजराइलले रातभर गाजामा दर्जनौँ हवाई आक्रमण गरेको हमासले सोमबार बताएको छ । इजराइली सेनाले भने इरानको अभूतपूर्व आक्रमणपछि आफू युद्धबाट विचलित नहुने बताएको छ । यसबाट यस क्षेत्रमा द्वन्द्वको आशङ्का बढेको छ ।

इरानले शनिबार राति इजराइलमाथि तीन सयभन्दा धेरै ड्रोन र मिसाइल आक्रमण गरेपछि विश्व शक्तिहरूले संयमता अपनाउन आग्रह गरेका छन् । यद्यपि इजराइली सेनाले इरानको अधिकांश आक्रमणलाई विफल पारेको बताएको छ । 

यसै महिनाको प्रारम्भमा दमास्कसमा एउटा घातक आक्रमणको प्रतिशोधमा तेहरानले इजराइलमाथि गरेको पहिलो प्रत्यक्ष आक्रमण सम्पूर्ण क्षेत्रमा महिनौँसम्म भएको हिंसापछि भएको हो । उक्त हिंसामा इरानी ‘प्रोक्सी’ सहभागी थिए । इजराइलले युद्धग्रस्त गाजा क्षेत्रमा प्यालेस्टिनीहरूको समर्थनमा इरानले काम गरेको बताएको छ ।

इजराइली सैन्य प्रवक्ता रियर एडमिरल डेनियल हगारीले आइतबार राति भने, “इरानको आक्रमणमा पनि हामीले गाजामा आफ्ना बन्धकहरूलाई इरानका प्रोक्सी हमासबाट छुटाउन हाम्रो महत्त्वपूर्ण मिसनलाई एक पल पनि छाडेका छैनौँ ।”

मध्यस्थकर्ताहरूले अक्टोबर ७ मा हमासको आक्रमणबाट सुरु भएको युद्धलाई रोक्नका लागि एउटा सम्झौतामा ध्यान दिएका बेला सुदूर दक्षिणी सहर रफाहमा सेना पठाउने इजराइली योजनामाथि आशङ्काहरू बढेको बताएका छन् । रफाहमा गाजाका २४ लाख मानिसमध्ये अधिकांशले शरण लिएका छन् ।

“हमासले अझै पनि गाजामा हाम्रा बन्धकलाई राखेको छ”, हगारीले करिब एक सय ३० बन्धकका बारेमा भने । बन्धक बनाइएकामध्ये ३४ जनाको मृत्यु भएको अनुमान गरिएको छ । हमासको आक्रमणपछि उनीहरूले ती बन्धकलाई आफ्नो कब्जामा लिएको इजराइलले बताएको छ । 

सैन्य प्रवक्ता हगारीले एक ब्रिफिङमा भने, “रफाहमा हाम्रा बन्धक छन् र उनीहरूलाई घर फर्काउन हरसम्भव प्रयास गर्नेछौँ ।” यस क्षेत्रबाट अधिकांश स्थल सैनिकलाई फिर्ता बोलाएको करिब एक सातापछि सेनाले भनेको छ, “गाजा मोर्चामा परिचालन गतिविधिहरूका लागि करिब दुई वटा रिजर्भ ब्रिगेडलाई बोलाइँदै छ ।”

हमास सरकारको मिडिया कार्यालयले इजराइली विमानहरूले मध्य गाजामा रातभरमा ‘दर्जनौँ’ आक्रमण गरेको बताएको छ । घेरिएको क्षेत्रको दक्षिणदेखि गाजा क्षेत्रसम्म तटीय सडकमा इजराइली चेकपोइन्ट पुनः खोलिएको हल्लाले आइतबार हजारौँ प्यालेस्टिनीलाई उत्तरतिर जान प्रेरित गर्यो । यद्यपि इजराइलले चेकपोइन्ट खुला भएको भन्ने हल्लालाई अस्वीकार गरेको छ ।

इरानी आक्रमणपछि संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को आइतबार आपत्कालीन बैठक बसेको छ । बैठकमा इजराइलले तेहरानविरुछ नयाँ प्रतिबन्धका लागि दबाब दिएको छ । महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्व क्षेत्र ‘युद्ध’ को सङ्घारमा रहेको चेतावनी दिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन: भाेलि विहान ८ वजे मात्र मतदान हुने

काठमाडौँ । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि भोलि(बुधबार) बिहान ८ बजे मतदान हुने भएको छ । आज हुने भनिएकाे मतदान प्राविधिक समस्याका कारण स्थगित ...

एमाले महाधिवेशन: प्रतिनिधि लाइनमा, सुरु भएन मतदान

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्व(अध्यक्ष)का लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा उत्रिएका...

समाजवादी क्रान्तिका लागि पार्टी एकता: नेता गजुरेल

खोटाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिबोल गजुरेलले समाजवादी क्रान्तिका लागि शक्ति सञ्चय गर्न वामपन्थी राजनीतिक दलहरूबीच पार्टी एकता गरिएक...

श्रम, संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ

काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् ।  ...

छद्मभेष

दुर्गा दाहाल दानवीय र अमानवीय नर नारी दुवै हुन् रे वेश्यालयमा बालिका बेच्न नारी नै छन् रे । लैगिक हिंसा र बलत्कारी महिला नै हुनै रे  दिनमा नारा ...

५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपा...

जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन् : मन्त्री घिसिङ

कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक...

विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ ।  विभागले उद्योग तथा फर्म...

पोखरा विमानस्थल प्रमुखविरुद्ध २ करोड ५० लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख बिनेश मुनकर्मीविरुद्ध २ कर...

सशस्त्रका तीन एआईजीको सरुवा

  काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायण...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending