स्याङ्जा । पञ्चायतकालमा बन्द भएको जनता पुस्तकालय सञ्चालनमा आएको छ । वालिङ नगरपालिका– १ ठाँटीमा विसं २०२७ मा स्थापना भएको जनता पुस्तकालय तत्कालीन पञ्चायती व्यवस्थाका कारण छ महिना नपुग्दै बन्द भएपछि हाल वडा कार्यालयको पहलमा सञ्चालनमा ल्याइएको हो ।
तत्कालीन समयमा प्रजातन्त्रका सेनानी सूर्यप्रसाद रेग्मीको पहलमा स्थापना भई पञ्चायती व्यवस्थाका कारण बन्द गराइएको पुस्तकालयलाई नयाँ वर्षका दिनबाट खहरेस्थित वडा कार्यालयमा सञ्चालनमा ल्याइएको वडाध्यक्ष पदमराज गुरुङले बताए ।
“तत्कालीन समयमा जनतालाई पञ्चायती शासन व्यवस्थाका बारेमा जानकारी दिनका लागि पुस्तकालयले महत्वपूर्ण भूमिका खेलेको थियो”, उनले भने, “तत्कालीन समयमा महत्वपूर्ण भूमिका खेलेको पुस्तकालयको महत्त्व अहिले पनि उत्तिकै समय सान्दर्भिक रहेको ठानी पुस्तकालयलाई ब्यूँताएका छौं ।”
पुस्तकालयमा विभिन्न सङ्घ संस्था तथा दाताले उपलब्ध गराएका शैक्षिक, धार्मिक, सामाजिक, नैतिक शिक्षा, कानुनसम्बन्धी तथा प्राविधिक धारका विषयका पुस्तक राखिएका छन् । “अहिले वडा कार्यालयको एउटा कोठामा राखेर सुरुआत गरेका छौंँ”, उनले भने,“पुस्तकालयको जग्गा रहेकाले अब छिट्टै भवन निर्माण गर्ने र नयाँ पुस्तक थप गर्नका लागि दाताहरुसँग समन्वय भइरहेको छ ।”
पुस्तकालयलाई आधुनिकीकरण र प्रविधिमैत्री बनाउँदै लैजाने उनले बताए । नागरिकमा पढ्ने बानीको विकास गर्नका लागि पनि पुस्तकालयले महत्वपूर्ण भूमिका खेल्ने नगर प्रमुख कृष्ण खाणले बताए । विसं २०२७ मा स्थापना भई बन्द भएको पुस्तकालय ढिलै भए पनि सञ्चालनमा ल्याइएको नगर प्रमुख खाणले बताए ।
“तत्कालीन समयमा जनतालाई सुसूचित गराउनका लागि स्थापना भएको पुस्तकालय लामो समय टिक्न सकेन”, उनले भने, “पञ्चायती व्यवस्थाका कारण बन्द गराइएको पुस्तकालय पुनः सञ्चालनमा आएको छ, अब यसको निरन्तरताका लागि नगरपालिकाले आवश्यक सहयोग गर्छ ।”
पुस्तकालयलाई व्यवस्थित बनाउन पुस्तक थप गर्ने र पुस्तकालय भवन निर्माण कार्यका लागि नगरपालिका प्रतिबद्ध रहेको उनले बताए । ‘एक वडा, एक पुस्तकालय’ निर्माण गर्न आगामी आर्थिक वर्षमा नीति, कार्यक्रम र बजेटको समेत व्यवस्था गर्ने तयारीमा नगरपालिका रहेको छ ।
जनतालाई ज्ञान सूचना तथा शिक्षा दिने उद्देश्यसहित स्थापित पुस्तकालय लामो समय बन्द भई पुनः सञ्चालनमा आएसँगै स्थानीय खुसी छन् । अब यसको निरन्तरता तथा दीगोपना आवश्यक रहेको भन्दै फुर्सदका समयमा पुस्तकालयमा आई पढ्ने बानीको विकासमा सहयोग पुग्ने विश्वास स्थानीयले गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - २०:०८
काठमाडौं । नेपाली कांग्रेसले पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई फर्कन आह्वान गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी छ...
पौष १२ गते, २०८२ - १९:३४
कञ्चनपुर । माइती नेपाल आवधिक गृह, कञ्चनपुरले भारतमा बेचिएका १० जना महिला तथा किशोरीको उद्धार गरेको छ । विसं २०८१ कात्तिक मसान्तदेखि गत बिहीबारसम्मको ए...
पौष १२ गते, २०८२ - १९:२८
काठमाडौँ । रसुवागढी–चीन जोड्ने बेलिब्रिज जनवरी १ देखि सञ्चालनमा आउने भएको छ । साे नाका चीन सरकारले जनवरी १ अर्थात् पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने जा...
पौष १२ गते, २०८२ - १९:२३
काठमाडौं । निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ । शनिबार बसेको आयोग बैठकले आचारस...
पौष १२ गते, २०८२ - १९:१६
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ नं वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर–बरङ्जा सडक स्तरोन्नतिका लागि सञ्चालन भएको योजना निर्म...
पौष १२ गते, २०८२ - १९:०५
सिन्धुली । मौलिक दानेदार फल जुनार उत्पादनको केन्द्र गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्रका किसान मात्र होइन, यहाँका व्यापारीलाई समेत जुनार र सुन्तला ...
पौष १२ गते, २०८२ - १८:२३
काठमाडाैं । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कम्युनिष्ट पार्टी धनकुटाले प्रत्यक्ष र समानुपातिकको लागि विभिन्न व्यक्तिहरुलाई उम्मेदवारको रुपमा...
पौष १२ गते, २०८२ - १८:२०
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले भिरालो पाखो खरबारीलाई सुन्तला बगैँचामा परिणत गरेका छन् । कोदो, मकैलगायत परम्पर...
पौष १२ गते, २०८२ - १८:१७
काठमाडौँ । हनुमानढोका दरबार सङ्ग्राहलयकाे मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड दिएका छन् । हनुमान ढोका दरबार सङ्ग्राहलय विकास समितिको १६औँ स्थापना...
पौष १२ गते, २०८२ - १८:१४
टोकियो । जापान सरकारले आर्थिक वर्ष सन् २०२६ का लागि हालसम्मकै सबैभन्दा ठूलो रक्षा बजेट प्रस्ताव गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रस्तावित रक्...




प्रतिकृया लेख्नुहोस्: