Ntc summer Offer
Khabar Dabali ७ माघ २०८१ सोमबार | 20th January, 2025 Mon
Investment bank

मुलुकले विकासको गति लिएको छः एमाले अध्यक्ष ओली

खबरडबली संवाददाता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकले विकास गति लिएको बताएका छन् । 

बुढानीलकण्ठ नगरपालिकाले निर्माण गरेको नगर अस्पतालको उद्घाटन समारोहलाई आज यहाँ सम्बोधन गर्दै उनले मुलुकको स्वास्थ्यको स्थिति विगतको भन्दा केही सुध्रिएको बताए । उनले हिजो ओरोलो लागेको अर्थतन्त्रको स्थितिलाई रोकेर विकासको सकारात्मक बाटोमा मुलुकलाई लैजान वर्तमान सरकार लागेको बताए । 

उनले कोरोना भाइरसले स्वास्थ्य क्षेत्रमा काम गर्नुपर्छ भन्ने आँखा खोलिदिएको बताए । उनले भने, “अहिले स्वास्थ्यको स्थिति नेपालमा सुध्रिएको छ, अलि राम्रो भएको छ ।” उनले जनताले लामो सङ्घर्षपछि प्राप्त भएको उपलब्धि र संविधान नमान्ने समूह विकास र देश विरोधी शक्ति भएको बताए । 

संवैधानिक दायराभित्र आएर संविधानले दिएको अधिकारभित्र रहेर आफ्ना माग राख्न आग्रह गर्दै उनले संवैधानिक प्रक्रिया र लोकतान्त्रिक माध्यमबाट नै कुनै पनि समस्या सम्बोधन हुने बताए । 

“संवैधानिक र लोकतान्त्रिक विधिबाट कुनै पनि माग पूरा गर्न कतै प्रतिबन्ध छैन”, उनले भने, “राजतन्त्र भएको बेला जनताका अधिकार पटक-पटक खोसिएको थियो । यो राजतन्त्र नभई गणतन्त्रको समय हो । जनताका अधिकार खोस्न मिल्दैन । जनताका अधिकार सुरक्षित छन् ।”

उनले सबै कुरा माग्न पाइने भन्दै ती माग संविधानभित्रबाट मात्र हुनुपर्ने बताए । अध्यक्ष ओलीले अहिले नेपालमा केही हुँदैन भन्दै गलत प्रचार भइरहेको भन्दै नेपालमा धेरै कुरा भइरहेको र गर्न सकिने बताए । “केही हुँदैन, केही भएको छैन भन्ने होइन, नेपालमा काम भइरहेका छन्”, उनले भने । 

बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मीठाराम अधिकारीले अस्पतालले अहिले बहिरङ्ग सेवा (ओपिडी) सेवा प्रदान गर्ने र चाँडै नै १५ शय्या सञ्चालनमा आउने बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गरेको आरोपमा थप एक पक्राउ

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको कुटपिट घटनामा एक जना पक्राउ परेका छन् । प्रहरीले हुम्ला अदानचुली गाउँपालिका वडा नम्बर ४ घर भई काठमा...

रुपन्देहीमा पनि रविविरुद्ध ठगी र संगठित अपराधको मुद्दा दर्ता

काठमाडौं । बुटवलस्थित सुप्रिम सहकारी संस्थाको अर्बौँ बचत ठगी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि ...

सिराहामा गंगाजल छर्केर सहीदको शालिक शुद्धीकरण गरियो

सिराहा । मधेशी सहीदको शालिकलाई मधेशी दलका नेताहरुले अछुत बनाएको भन्दै युवा तथा नागरिक समाजका अगुवाले शुद्धीकरण गरेका छन् । माघ ५ गते मधेश बलिदानी दिवस...

सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण

दाङ । जाडो बढेपछि सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । तुलसिपुर उपमहानगरपालिका वडा १९ कार्यालयले वडाभित्रका चारवटा...

तनहुँमा गुडिरहेको बसबाट खस्दा सहचालकको मृत्यु

तनहुँ । पृथ्वीराजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका–६ छबिसेमा गुडिरहेको बसबाट खस्दा सहचालकको मृत्यु भएको छ । पोखराबाट नारायणगढ जाँदै गरेको ब...

खो खो विश्वकपमा महिलातर्फ नेपाल उपविजेता

काठमाडौं । नेपाली महिला टोली पहिलो खो खो विश्वकपमा उपविजेता बनेको छ । भारतकाे नयाँ दिल्ली स्थित ईन्दिरा गान्थी इन्डोर हलमा आइतबार भएको फाइनलमा नेपाल आ...

एमालेविरुद्ध चौतर्फी घेराबन्दी जारी छ: एमाले महासचिव पाेखरेल

धनकुटा । नेकपा एमालेका महासचिव शंकर पोखरेल आफुहरुकाे पार्टी नेकपा एमालेविरुद्ध चाैतर्फी घेराबन्दी जारी रहेकाे बताएका छन् । एमाले जिल्ला कमिटी धनकुटाको...

एन्फा राष्ट्रिय महिला लिग: वालिङविरुद्ध आर्मीको जित

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले एन्फा राष्ट्रिय महिला लिग फुटबलमा वालिङ नगरपालिकाविरुद्ध सनसनीपूर्ण जित निकालेको छ ।  एन्फा मैदानमा आ...

मधेश प्रदेश सभाबाट सङ्कल्प प्रस्ताव पारित

जनकपुरधाम । मधेश प्रदेश सभाको बैठकबाट सङ्कल्प प्रस्ताव बहुमतले पारित भएकाे छ । प्रदेश सभाको चौथो अधिवेशनको आइतबार बसेको सातौँ बैठकले मधेश सरकारको चालु...

ट्याक्टर दुर्घटना हुँदा हुम्लामा एकको मृत्यु

हुम्ला । हुम्लाको चंखेली गााउँपालिका–१ को बोहरावाडामा ट्याक्टर दुर्घटना हुदाँ १ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।  चंखेली गाउँपालिका– ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy