भोजपुर । सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिता वैशाख ९ गतेदेखि १५ गतेसम्म हुने भएको छ ।
भोजपुर रङ्गशालामा सञ्चालन हुने प्रतियोगितामा ‘ए’ डिभिजनका दुई क्लबसहित आठवटा टोलीको सहभागिता रहने आयोजक भोजपुर जिल्ला फुटबल सङ्घले जनाएको छ ।
गोल्डकपमा ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड र विभागीय टोली त्रिभुवन आर्मी क्लबले सहभागिता जनाउने जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रवीण सुवालले पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।
प्रतियोगितामा जर्जियन फुटबल क्लब भारत, त्रिभुवन आर्मी क्लब काठमाडौं, चर्च व्बाइज युनाइटेड काठमाडौं, राजारानी फुटबल क्लब धनकुटा, डाँगीहाट युथ क्लब मोरङ, सलहेश युवा क्लब सिरहा, खोटाङ भगवती स्पोर्ट्स क्लब र आयोजक भोजपुर जिल्ला फुटबल सङ्घ आठ टोलीको सहभागिता रहने छ ।
प्रतियोगिता सञ्चालनका लागि रु ४९ लाख २५ हजार पाँच सय लागत अनुमान गरिएको भोजपुर जिल्ला फुटबल सङ्घका महासचिव तुफान किराँत बान्तावाले बताए । जसमा भोजपुर नगरपालिकाले विनियोजन गरेको रु ३० लाख र बाँकी रकम प्रायोजकहरुबाट सङ्कलन गरिने उनको भनाइ छ ।
प्रतियोगिताका विजेता तथा उपविजेताले उपाधिसहित क्रमशः नगद रु पाँच लाख र तीन लाख पाउने आयोजकले जनाएको छ । व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षकले पुरस्कार पाउनेछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक २१ गते, २०८१ - २१:०६
माेरङ । मोरङको रंगेलीमा पर्खालले किचेर बुधबार साँझ नाबालिकाको मृत्यु भएको छ । प्रहरीका अनुसार घटना साँझ ५:२५ बजेतिरको हो । इँटाको पर्खाल ढलेर किच्...
कार्तिक २१ गते, २०८१ - २०:५०
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर–७, कपासेमा वनभोज खाएर फर्कँदै गरेका यात्रु बोकेको फोर्स गाडी दुर्घटनामा परेको छ । सुर्खेतको छिन्चुबाट वनभोज खान व...
कार्तिक २१ गते, २०८१ - २०:२६
नवलपुर । नवलपुरको गैँडाकोट नगरपालिका– ६, बोटेटोलनजिकै नारायणी नदीकिनारमा एक पुरुषको शव फेला परेको छ । कात्तिक १८ गते दिउँसो ३ बजेतिर घरबाट निस्केर...
कार्तिक २१ गते, २०८१ - २०:२०
काठमाडौं । अमेरिकाको राष्ट्रपति पदमा डोनाल्ड ट्रम्प विजयी भएका छन् । ट्रम्पले अमेरिकी सत्तामा शानदार पुनरागमन गरेका छन् । २०२० मा जो बाइडेनसँग हारेका ...
कार्तिक २१ गते, २०८१ - १९:५८
एजेन्सी । अमेरिकामा डोनाल्ड ट्रम्पको राष्ट्रपति बन्ने तयारीसँगै डलरको मूल्य उच्च भएको छ । सेयर बजार बढेको छ र बिटक्वाइनले नयाँ रेकर्ड कायम गरेको छ । व...
कार्तिक २१ गते, २०८१ - १९:४२
महोत्तरी । छठको अवसर पारेर महोत्तरीका एक जना वडा अध्यक्षले सातसय जना महिलाहरुलाई सारी वितरण गरेका छन् । दोश्रो दिन खरनामाको अवसरमा बर्दिवास-९ का वडा ...
कार्तिक २१ गते, २०८१ - १९:३५
काठमाडौं । नेपाली कांग्रेसले मंसिर १६ मा हुने स्थानीय तहका विभिन्न पदहरुका लागि हुने उपनिर्वाचनका लागि नेताहरुलाई खटाएको छ । कांग्रेस उपनिर्वाचन क...
कार्तिक २१ गते, २०८१ - १९:१७
बाँके । बाँकेकाे नेपालगन्जमा भएको ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका–१९ कटिलिया मोडमा बुधबार भे १ त ७६२२ नम्बरक...
कार्तिक २१ गते, २०८१ - १९:१३
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लाइन्सले पुर्व भारतीय खेलाडी उन्मुक्त चन्दलाई भित्र्याएको छ । ३१ बर्षिय चन्दलाई एनपीएलका लागि भि...
कार्तिक २१ गते, २०८१ - १९:०९
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाकी लेखा समिति सदस्य सुनिता नेवालाई पक्राउ गरेको छ । काठम...
प्रतिकृया लेख्नुहोस्: