Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

सिड्नीको सपिङ मलमा भएको छुरा आक्रमणमा ‘केही व्यक्ति’ हताहत : प्रधानमन्त्री अल्बानिज

खबरडबली संवाददाता

एजेन्सी । अस्ट्रेलियाको सिड्नीमा रहेको एउटा व्यवसायिक भवनभित्र मानिसहरूलाई आतङ्कित पार्ने गरी छुरा प्रहार भएको छ । उक्त घटनामा कम्तीमा पाँच जनाको मृत्यु भएको प्रहरी र स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । 

प्रधानमन्त्री एन्थोनी अल्वानिजले सपिङ मल (किनमेल केन्द्र) मा भएको आक्रमणमा ‘केही व्यक्ति हताहत भएको’ पुष्टि गरेका छन् । त्यहाँ एक नौ महिनाको बच्चासहित कैयौँलाई छुरा प्रहार गरिएको प्रत्यक्षदर्शीले बताए । 

बोन्डी जक्शनस्थित वेस्टफिल्ड मलभित्र आक्रमणको घटनासँगै मानिसहरूको भागाभाग भएको र प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिई व्यापक कारबाही गरेको छ । न्यू साउथ वेल्स एम्बुलेन्स सेवाले आक्रमणकारी ठानिएका एकजना व्यक्तिको प्रहरी कारबाहीमा मृत्यु भएको जनाएको छ । 

घटनास्थलबाट मानिसहरू भागिरहेको देखिने खालका तस्बिर तथा भिडिओहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका छन् । प्रहरीले त्यहाँको समय अनुसार अपरान्ह ४ बज्नै लाग्दा एक व्यक्तिलाइृगोली हानिएपछि अवस्था संवेदनशील बनेको जनाएको छ । 

आक्रमणका घटनाहरू जारी रहेको भन्दै मानिसहरूलाई उक्त क्षेत्रतर्फ नजान भनिएको छ । उक्त क्षेत्रलाई खाली गरिएको छ भने घटनास्थलमा दर्जनौँ एम्बुलेन्स र प्रहरीका गाडीहरू रहेका तस्बिरहरू सामाजिक सञ्जालमा पोस्ट गरिएका छन् ।

सामाजिक सञ्जालमा शेअर गरिएको भिडिओमा एकजना पुरुषले ठूलो खालको चक्कु लिएर आक्रमण गर्न खोजेको पनि देखाइएको छ । न्यू साउथ वेल्स एम्बुलेन्स सेवाले आक्रमणकारी ठानिएका एकजना व्यक्तिको प्रहरी कारबाहीमा मृत्यु भएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: