Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

बैंक ठगी गर्ने महिलालाई मृत्युदण्ड

खबरडबली संवाददाता

काठमाडौं । भियतनामको इतिहासमा अहिलेसम्मको सबैभन्दा ठुलो बैंक ठगि प्रकरणमा मृत्युदण्डको सजाय सुनाइएको छ । यस घटनालाई विश्वले अहिलेसम्म देखेको सबैभन्दा ठूलो बैंक ठगी मध्ये एक भनिएको छ ।

भियतनामको साइगन कमर्शियल बैंकबाट ४४ बिलियन डलर ऋण लिएर नतिरेको आरोपमा ६७ बर्षिय ट्रुङ मी लानलाई अदालतले मृत्युदण्डको सजाय सुनाएको बिबिसीले उल्लेख गरेको छ । लानले ११ बर्षको अवधिमा बैंकबाट ४४ बिलियन डलर ऋण लिएकी थिइन्, जसमा २७ बिलियन डलर कहिल्लै फिर्ता हुननसक्ने बताइएको छ ।

यस प्रकरणमा २७ सयको बयान लिइएको र यस केसमा १० राज्य अभियोजक तथा करिब २०० वकिल संलग्न रहेको रिपोर्टमा उल्लेख छ । यस केसको प्रमाण १०४ बक्समा राखिएको छ, जसको वजन ६ टनभन्दा बढी रहेको बताइएको छ । ल्यानसँगै ८५ जनालाई मुद्धा चलाइएको थियो ।

यस प्रकरणले भियतनामका दुई राष्ट्रपति र दुई उपप्रधानमन्त्रीहरूलाई राजीनामा दिन बाध्य पारेको र सयौं अधिकारीहरूलाई जेल हालेको छ । यसैक्रममा पछिल्लो पटक देशकै धनी महिलामध्ये एक लान पनि सोहि पङ्क्तिमा सामेल भएकी छन् ।

लान चिनियाँ- भियतनामी परिवारकी हुन् । उनी भियतनामी अर्थतन्त्रको इन्जिन मानिने हो ची मिन्ह शहरकी हुन्, जसलाई दक्षिण भियतनामको कम्युनिस्ट विरोधी राजधानीको रूपमा समेत चिनिन्छ । उनले आफ्नी आमासँग कस्मेटिक्स बेच्ने बजार स्टल विक्रेताको रूपमा क्यारियर सुरु गरेकी थिइन्, तर कम्युनिष्ट पार्टीले १९८६ मा डोई मोई भनेर चिनिने आर्थिक सुधारको अवधिमा शुरू गरेपछि जग्गा र सम्पत्ति किन्न थालेकी थिइन् । 

यद्यपि भियतनाम देश बाहिर यसको द्रुत-बढ्दो उत्पादन क्षेत्रको लागि चिनिन्छ, चीनको लागि वैकल्पिक आपूर्ति श्रृंखलाको रूपमा, धेरै धनी भियतनामीहरूले आफ्नो पैसा विकास र सम्पत्तिमा लगाए । सबै जग्गा आधिकारिक रूपमा राज्यको स्वामित्वमा छ । यसमा पहुँच पाउनु प्रायः राज्यका अधिकारीहरूसँगको व्यक्तिगत सम्बन्धमा निर्भर हुन्छ । २०११ सम्म लान हो ची मिन्ह शहरमा एक प्रसिद्ध व्यापारिक व्यक्तित्व थिइन्, र तिनलाई तीनवटा साना, नगद-बन्दी भएका बैंकहरूलाई ठूलो संस्थामा मर्जर गर्ने अनुमति दिइएको थियो ।

भियतनामी कानूनले कुनै पनि व्यक्तिलाई कुनै पनि बैंकमा ५ प्रतिशत भन्दा बढी शेयर राख्न निषेध गर्दछ । तर अभियोजकहरूले लानले सयौं शेल कम्पनीहरू र उनको प्रोक्सीको रूपमा काम गर्ने व्यक्तिहरू मार्फत साईगन कमर्शियल बैंकको ९० प्रतिशत भन्दा बढी स्वामित्व आफुसँग राखेकी थिइन् ।

उनीहरूले त्यो शक्ति प्रयोग गरेर आफ्नै मानिसहरूलाई प्रबन्धकको रूपमा नियुक्त गरेको र त्यसपछि उनीहरूलाई आफूले नियन्त्रण गरेको शेल कम्पनीहरूको नेटवर्कमा सयौं ऋण स्वीकृत गर्न आदेश दिएको आरोप लगाएका थिए । त्यस्तै उनले लिइएको रकम बैंक सम्पूर्ण ऋणको ९३ प्रतिशत भन्दा बढी रहेको बताइएको छ ।

अभियोजकहरूका अनुसार, फेब्रुअरी २०१९ देखि तीन वर्षको अवधिमा, उनले आफ्नो ड्राइभरलाई करिब ४ बिलियन डलर भन्दा बढी नगद निकाल्न र आफ्नो ढुकुटीमा राख्न आदेश दिएको पाइएको थियो । यति धेरै नगद, भियतनामको सबैभन्दा ठूलो मूल्यको बैंक नोटमा भए पनि, दुई टन तौल हुने बताइन्छ ।

उनीमाथि यस विषयको अनुसन्धान गर्ने केन्द्रीय बैंकका इन्स्पेक्टरलाई ५० लाख डलर घुस दिएको समेत आरोप रहेको छ । अदालतको फैसला आएपछि पनि अहिले भियतनाममा उनी कसरी यति लामो समयसम्म कथित ठगीलाई निरन्तरता दिन सक्षम भइन् भन्ने प्रश्न पनि उठिरहेको छ ।
 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनिता डङ्गोलदेखि अब्दुस मियाँसम्म एमाले केन्द्रीय सदस्य बन्दै

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...

मकवानपुरमा सिकार दुर्घटना: एकको मृत्यु, एक पक्राउ

मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...

एमाले महाधिवेशनमा ओलीपक्षभित्रै तँछाडमछाडकाे अवस्था

महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी

एमाले पदाधिकारी भिडन्तको खाका तयार

ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय

इको पहिरो दीर्घकालीन नियन्त्रणको सहमति, दुई महिनापछि खुल्यो तातोपानी नाका सडक

सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...

सुन्तला खेतीले उज्यालिँदै भोजपुरका किसानको आर्थिक अवस्था

भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...

काम रोकेर छोडियो: दुर्घटनाको पर्खाइमा हेटौँडा बजार

भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो

राजनीतिसँगै उद्यमशीलता : दुर्गाजयन्ती राईको कृषिजन्य उत्पादनमा उदाहरणीय यात्रा

खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...

जेनजी आन्दोलनको प्रभाव : अनुभवी नेताहरूको चुनावबाट स्वैच्छिक अवकाश

काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...

चोरीको आरोपमा समातिएका युवकको प्रहरी हिरासतमा मृत्यु

काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending