विराटनगर । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मोरङ जिल्लाका ६ वटै निर्वाचन क्षेत्रमा आइतबार उत्साहजनक रूपमा मतदान सम्पन्न भएको छ।
जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार जिल्लाभर कुल ६४.५६ प्रतिशत मतदान भएको छ। मोरङका ८८८ वटा मतदान केन्द्रमा भएको मतदानमा कुल ७ लाख ८३ हजार ५० मतदातामध्ये ५ लाख ५ हजार ५१४ जनाले आफ्नो मताधिकार प्रयोग गरेका छन्।
मतदान गर्नेहरूमा महिलाको संख्या पुरुषको तुलनामा बढी देखिएको छ। तथ्याङ्क अनुसार २ लाख ६२ हजार १९६ महिला, २ लाख ४३ हजार ३१६ पुरुष र २ जना अन्य लिङ्गी मतदाताले मतदान गरेका छन्।
जिल्लाका ६ निर्वाचन क्षेत्रमध्ये मोरङ क्षेत्र नम्बर ५ मा सबैभन्दा बढी ७१.२८ प्रतिशत मत खसेको छ। यस क्षेत्रमा कुल १ लाख १० हजार १७७ मतदातामध्ये ७८ हजार ५२९ जनाले मतदान गरेका छन्।
त्यसैगरी क्षेत्र नम्बर ४ मा ६७.१५ प्रतिशत र क्षेत्र नम्बर ६ मा ६६.२३ प्रतिशत मतदान भएको छ। क्षेत्र नम्बर १ मा भने सबैभन्दा कम ६०.३६ प्रतिशत मात्र मत खसेको तथ्याङ्कले देखाएको छ।
क्षेत्र नम्बर १ मा ७७ हजार ५८५ मत खसेको छ। यस्तै क्षेत्र नम्बर २ मा ६२.९७ प्रतिशत अर्थात् ८१ हजार ३४५, क्षेत्र नम्बर ३ मा ६१.१७ प्रतिशत अर्थात् ९६ हजार ६७७ मत, क्षेत्र नम्बर ४ मा ६७.१५ प्रतिशत अर्थात् ८० हजार ८४ मत खसेको छ। मोरङको क्षेत्र नम्बर ५ मा ७१.२८ प्रतिशत अर्थात् ७८ हजार ५२९ मत र क्षेत्र नम्बर ६ मा ६६.२३ प्रतिशत अर्थात् ९१ हजार २९२ मत खसेको छ।
जिल्लाभरका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको र अहिले मतपेटिका संकलन गर्ने कार्य भइरहेको निर्वाचन कार्यालयले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १२ गते, २०८३ - २१:००
काठमाडौं । सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनावका बीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै पक्षलाई संयम ...
श्रावण १२ गते, २०८३ - २०:५३
काठमाडौं । जलस्रोत विज्ञ तथा राजनीतिज्ञ महाजन यादवद्वारा लिखित ‘नेपालको जलस्रोत’ पुस्तक सार्वजनिक गरिएको छ। आइतबार नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा ...
श्रावण १२ गते, २०८३ - २०:४५
काठमाडौं । नेकपा बागमती प्रदेश संसदीय दलभित्रको मतभेद सार्वजनिक भएको छ। सरकार गठनबारे छलफल गर्न मंगलबार हेटौँडामा बोलाइएको संसदीय दलको बैठकमा सहसंयोजक...
श्रावण १२ गते, २०८३ - २०:३७
काठमाडौं । सरकारले ११२ जना शाखा अधिकृतको सरुवा गरेको छ। भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला एवं सामान्य प्रशासन मन्त्रालयले सोमबार निर्णय गर्दै वि...
श्रावण १२ गते, २०८३ - २०:३०
काठमाडौं । गत साउन ४ गते बौद्धमा आत्मदाह प्रयास गरेकी सालु गुरुङको निधन भएको छ । उपचारका क्रममा ९ गते उनकाे निधन भएकाे हाे । बौद्धमा खाजा घर सञ्च...
श्रावण १२ गते, २०८३ - २०:२८
काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि सामाजिक सञ्जालदेखि सार्वजनिक बहससम्म धार्मिक ध्रुवीकरण तीव्र बन्दै गएको छ। तर प्रश्न एउटा मात्र...
श्रावण १२ गते, २०८३ - २०:१९
काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवाका २४ जना उपसचिवको सरुवा गरेको छ। मंगलबार भएको निर्णयअनुसार विभिन्न मन्त्रा...
श्रावण १२ गते, २०८३ - २०:१७
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनाव अझै साम्य हुन सकेको छैन। एक युवाको मृत्यु र दर्जनौँ घाइते...
श्रावण १२ गते, २०८३ - २०:११
काठमाडौं । देशकै व्यस्त सडकखण्डमध्ये एक मुग्लिन–नारायणगढ सडकमा नयाँ स्थानबाट पहिरो खस्न थालेपछि यात्रा थप जोखिमपूर्ण बनेको छ। मंगलबार खहरे खोलानजिक नय...
श्रावण १२ गते, २०८३ - २०:०६
काठमाडौं । जापानको दक्षिणी मुख्य टापु क्युशुको कुमामोतो क्षेत्रमा मङ्गलबार सात दशमलव एकम्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण केही भवन तथा पूर्...



प्रतिकृया लेख्नुहोस्: