Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८१ मंगलवार | 30th April, 2024 Tue
NIMB

पुरुष फुटबलमा स्वर्णनजिक कोशी

खबरडबली संवाददाता

चितवन । चितवनको भरतपुरमा जारी प्रथम संस्करणको अन्तर प्रदेश राष्ट्रिय खेलकुदअन्तर्गत फुटबलतर्फ कोशी प्रदेश फाइनलमा प्रवेश गरेको छ। बुधबार मकवानपुरको हेटौंडा उपमहानगरपालिका–६ स्थित गौरीटार बहुउद्देश्यीय रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा सुदूरपश्चिमलाई २–० गोलले हराउँदै कोशी स्वर्णनजिक पुगेको हो।

कोशीको जितमा निखिल तामाङ र अभिषेक बिकले एक–एक गोल गरे। तामाङले खेलको चौथो मिनेटमा गोल गर्दै कोशीलाई सुरुवाती अग्रता दिलाएका थिए। खेलको १७औं मिनेटमा अभिषेकले गोल गरेपछि दोब्बर अग्रता बनाएको कोशीले खेलको बाँकी अवधिमा गोल गर्न सकेन।

खेलको म्यान अफ द म्याच भने कमल खनाल बने। अब, कोशीले स्वर्णका लागि कर्णाली र बागमतीबीचको विजेता टोलीसँग स्वर्णका लागि खेल्ने छ। दोस्रो सेमिफाइनल खेल बिहीबार ३ बजे हुने छ। फाइनल खेल भने वैशाख १ गते दिउँसो २ बजे हुनेछ। प्रतियोगिताअन्तर्गत अरू खेल चितवनका विभिन्न स्थानमा भए पनि पुरुष फुटबल भने हेटौंडामा भइरहेको छ।

बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशले संयुक्त रूपमा आयोजना गरेको प्रतियोगिताको उद्घाटन आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका थिए। प्रतियोगिताअन्तर्गत महिला क्रिकेट शनिबार नै सुरु भएको थियो भने अन्य खेलका प्रतिस्पर्धा सोमबारबाट सुरु भएको थियो। पुरुष क्रिकेट चैत २८ गतेदेखि हुने छ। प्रतियोगिताको समापन समारोह गौरीटार रंगशाला हेटौंडामा वैशाख २ गते हुने छ। 

प्रतियोगितामा करिब २ हजार खेलाडी तथा अफिसियल सहभागी भएका छन्। प्रतियोगितामा एक सय ३६ स्वर्ण, एक सय ३६ रजत र एक सय ८४ कास्यका लागि प्रतिस्पर्धा हुँदै छ। प्रतियोगिताका स्वर्ण विजेताले पाँच हजार, रजतले चार हजार र कांस्य विजेता खेलाडीले तीन हजार रुपैयाँ हात पार्नेछन्। 

हरेक खेलका उत्कृष्ट खेलाडीलाई १० हजार नगदबाट पुरस्कृत गरिने भने टिम च्याम्पियनलाई चाँदीको रनिङ सिल्ड प्रदान गरिने छ। राष्ट्रिय प्रतियोगितामा दिइने पुरस्कार रकम एकदमै कम भएको गुनासो पनि छ। पुरस्कार रकमले खेलाडीको मनोबल बढाउन नसक्ने प्रशिक्षकहरू बताउँछन्। प्रतियोगिता सञ्चालन गर्न १२ करोड खर्च हुने आयोजकले जनाएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राप्रपा सांसदविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । सहकारी ठगीमा राप्रपाकी सांसद  गीता बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।  नवलपरासी पूर्व (नवलपुर) स्थित छिपछिपे बचत तथा ऋण सहकारी संस...

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ सार्वजनिक

काठमाडौं। नेपाली सुगम संगीतमा राम्रो सम्भावना बोकेकी गायिका संगीता चौधरीको स्वरमा‘सधैं देख्ने सपनाको’गीतको भिडियो सार्वजनिक भएको छ । क्यानडामा रहेर...

काठमाडौंमा प्रदूषण बढ्यो, मास्क लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँमा वायु प्रदूषण बढेकाले मास्क लगाउन आग्रह गरेको छ।  मन्त्रालयले काठमाडौँको वायु विश्वकै अस्वस...

काभ्रेको रोशीमा आगलागी, १५ घर बनायो खरानी

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको रोशी गाउँपालिका –४ सानोपोटामा मङ्गलबार मध्याह्न भएको आगलागीबाट १५ घर जलेर नस्ट भएको छ । मङ्गलबार बिहान बारीमा काँडा ...

महाभारतका ६६ जनाको निःशुल्क मोतिविन्दुको शल्यक्रिया सम्पन्न

 काभ्रे । काभ्रेको महाभारत गाउँपालिकाको विकट स्थानका ६६ जनाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न भएको छ । खुड्किलो नेपाल र नागरिक सहारा नेपालको आयोजनामा ...

सप्तरीको चिम्टीमा भीषण आगलागी, दुईसय घर जले

सप्तरी। सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण आगलागी भएको छ । दिउँसो करिब २ बजे आगो लागेको हो । आगो अझै नियन्त्रण बाहीर रहेकाे बताइएकाे छ । आगलागीब...

संघिय र प्रदेश सरकार दुबैमा डोल्पाको प्रसतिनिधित्व, सबै सांसद भए मन्त्री

डोल्पा । हिमाली जिल्ला डोल्पाबाट संघ र प्रदेशमा निर्वाचित सबै सांसदले मन्त्री हुने अवसर प्राप्त गरेका छन्। संघ प्रदेश गरेर तीनवटा निर्वाचन क्षेत्र रहे...

श्रीमती साटासाट गर्ने खेलमा २१ वर्षीया युवती बनिन् शिकार

काठमाडौं । पत्नी साटासाट (वाइफ स्वैपिंग) गर्ने खेल बारे सुन्दा सहजै पत्याउन सकिँदैन तर एउटा घटना प्रहरीमा पुगेपछि रहस्यको पर्दा च्यातिएको हो । जसमा...

ललितपुरकाे लेलेमा आगो निभाउँदा घाइते भएका एक जनाको मृत्यु

ललितपुर । ललितपुरको गोदावरी नगरपालिका–४ बडिखेल जंगलमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका एक जनाको मृत्यु भएको छ । ललितपुरका एसपी नरेशराज सुवेदीका ...

विधेयक पारित नगरी अन्त्य भयो कर्णाली प्रदेशसभाको तेस्रो अधिवेशन

सुर्खेत । कर्णाली प्रदेशसभाको तेस्रो अधिवेशन ११ वटा बैठक बसेर अन्त्य गरिएको छ । बैठकले कुनै पनि विधेयक पारित गर्न नसकी अन्त्य भएको हो ।  फागुन ३० ग...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies