Ntc summer Offer
Khabar Dabali २० बैशाख २०८१ बिहीबार | 2nd May, 2024 Thu
NIMB

‘लासमाथिको मानवता’ सामाजिक यथार्थवादी नाटक सङ्ग्रह

खबरडबली संवाददाता

काठमाडौं । डा पुरण राईद्वारा लिखित ‘लासमाथिको मानवता’ नाटक सङ्ग्रह सामाजिक यथार्थवादी रहेको नेपाली स्रष्टाहरुले बताएका छन् । 

‘नेपाल स्रष्टा समाज’ले काठमाडौंमा आयोजना गरेको पुस्तक अन्तक्र्रिया कार्यक्रममा वरिष्ठ रङ्गकर्मी अशेष मल्लले डा राईद्वारा लिखित नाटक सङ्ग्रहले सामाजिक चेतनालाई चित्रण गरेको बताए । “नाटक लेख्ने कार्य कविता र कथा लेखेजस्तो कोठामा बसेर लेख्ने विधा होइन । नाटक मञ्चमा मञ्चन भएपछि मात्रै कस्तो छ भनेर जानकारी हुन्छ । एक पटक लेख्दैमा र अभिनय गर्दैमा नाम र दाम खाज्ने प्रवृत्तिबाट रङ्गमञ्च र रङ्गकर्मीमुक्त हुनुपर्छ”, उनले भने  ।

नेपालको नाट्य क्षेत्र दक्षिण एसियामै लोकप्रिय रहेको उल्लेख गर्दै उनले राज्यको साथ र सहयोग नपाए पनि युरोपसँग प्रतिस्पर्धा गर्नसक्ने हैसियत बनाएको वरिष्ठ रङ्गकर्मी मल्लले बताए ।

नाटक विधामा विद्यावारिधी गरेकी डा कान्छी महर्जनले नाटक भनेको साहित्यिक आयम मात्रै नभई रङ्गमञ्चिय आयम पनि भएकाले लेखक र निर्देशकको परिकल्पना भएको बताइन् । ‘लासमाथिको मानवता’ नाटक सङ्ग्रहमा सामाजिक यथार्थवादी धारका नाटक समाहित छन् । यी नाटकले समाजमा मान्छेको स्वार्थीपन कसरी देखिन्छ र प्रकट गर्छ भनेर उजिल्याउन खोजिएको डा महर्जनले बताइन् । 

नाटकमा ग्रामीण परिवेशमा बसोबास गर्ने नागरिकमा हुने मातृत्व प्रेम, पितृसत्तात्मक चेत, लाहुरेमा देशभक्ति, धामीझाक्रीका कथालाई समेटिएका छन् । छोटा र मध्यम किसिमका दृष्य रहेका नाटकले मानवीय चेतना जगाउने र रङ्गमञ्चमा सहज मञ्चन गर्न सकिन्ने उनको भनाइ थियो ।

फिल्म निर्देशक एवं पुरानो नाटक घरका निर्देशक सुलक्षण भारतीले ‘लासमाथिको मानवता’ नाटक सङ्ग्रह पढ्दा नाटकभन्दा पनि चलचित्र जस्तो लागेको बताए । नाटकमा इमोसन छ । साथै ग्रामीण परीवेश, भावना, यथार्थपरक नेपाली माटोको कथा पाएको निर्देशक भारतीले बताए । 

थिएटर मलका निर्देशक केदार श्रेष्ठले ‘लासमाथिको मानवता’ नाटक सङ्ग्रहले रङ्गमञ्चमा योगदान दिएको बताए । “नाटक लेख्दा दाम र नाम नहुने भएकाले धेरै समयदेखि नाटक लेखिएको छैन । यस्तो बेला लेखिएको नाटक सङ्ग्रहले रङ्गकर्मीलाई हौसला दिएको छ”, उनले भने । 

नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा लेखक डा पुरण राई, स्रष्टा सामाजका महासचिव देविका तिमिल्सिना र सदस्य मधु पाठकले पनि सो पुस्तकबारे चर्चा गरेका थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन क्षेत्र प्रभावित बनेको छ । वायु प्रदूषणले आकाश धुम्मिएको छ ।  नजिकैका...

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले २१ गते विश्वासको मत लिने

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले यही वैशाख २१ गते शुक्रबार बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने भएका छन् ।  ...

संसद्को कार्यकालभरि यही राजनीतिक समीकरण रहन्छ: महासचिव गुरुङ

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले अहिलेको सरकार संसद्को कार्यकालसम्मै रहने बताएका छन् ।  आज यहाँ आयोजित  संवाद कार्यक्...

दक्षिणी चीनमा राजमार्ग भासिँदा २४ जनाको मृत्यु

काठमाडौं । दक्षिणी चीनको ग्वाङडोङ प्रान्तमा बुधबार राजमार्गको एक भाग भत्किँदाभासिँदा २४ जनाको मृत्यु भएको छ ।  मिडिया रिपोर्टका अनुसार मेजियु शहर र...

भक्तपुरमा इनार खन्ने क्रममा निसास्सिएर दुई जनाको मृत्यु

भक्तपुर । चाँगुनारायण नगरपालिक–४ खनालचोक सेतोमाइक्रो पार्क नजिकै इनार खन्ने क्रममा निसास्सिएर आज दुईजनाको मृत्यु भएको छ ।  भाडाको जग्गा टहरो हालेर ...

गाजामा युद्धविराम स्थायी हुनुपर्नेमा हमासका अधिकारीको जोड

एजेन्सी । प्यालेस्टिनी लडाकू समूह हमासका एक अधिकारीले गाजाका लागि इजराइलको युद्धविराम प्रस्तावको ‘अत्यन्त कम समयभित्र’ प्रतिक्रिया दिने बताएका छन् । य...

देशभर एक सय ६५ ठाउँमा डढेलो

काठमाडौं । देशभर वन डढेलोको अवस्था विकराल बन्दै गइरहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज ३९ जिल्लाका एक सय ६५ ...

बाँकेमा आगलागीबाट २५ लाख बराबरको क्षति

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ स्थित बालापुरमा आज भीषण आगलागी भएको छ । बालापुरका स्थानीय चुनलाल थारु, कमला गिरी र तुलसा गिरीको दुई गोठ ...

टी-२० विश्वकप खेल्ने नेपाली टिमको घोषणा, को को परे ?

काठमाडौं । नेपालले टी-२० विश्वकप खेल्ने टिमको घोषणा गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२...

टी-२० विश्वकप खेल्ने ओमान टिमको घोषणा

काठमाडौं । ओमानले टी-२० विश्वकप खेल्ने टिमको घोषणा गरेको छ । आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि ओमानले आकिब इ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies