ललितपुर । ललितपुरको बुङ्गमतीस्थित छयासीकोटमा रहेको आदर्श सौलः युवक माध्यमिक विद्यालयमा नेपाल प्रज्ञा-प्रतिष्ठानको “विद्यालयमा कुलपति” कार्यक्रम सम्पन्न भएको छ। कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा अन्तरक्रिया र कविगोष्ठी आयोजना गरिएको थियो।
सम्बोधन गर्दै कुलपति राईले भने– “तपाईँहरू नै साहित्यिक सिर्जनाको प्रारम्भिक केन्द्र हाे। कविता, कथा, निबन्ध, गीत, नाटक वा उपन्यास जुनसुकै विधामा तिमीहरूले अहिलेबाट सिर्जना थाले भने भविष्यमा भाषा, साहित्य र संस्कृतिमा उल्लेखनीय योगदान दिन सक्छौ।” उनले थपे– “साहित्य भनेको ध्यानजस्तै साधना हो। तिमीहरू सिर्जनामा लाग्दा आचरण र नैतिकतामा पनि उच्च बन्न सक्छौ।”
नेपाल प्रज्ञा-प्रतिष्ठानका सदस्य–सचिव डा. धनप्रसाद सुवेदीले कार्यक्रममा भने– “यसले शिक्षक, विद्यार्थी र अभिभावकमाझ घुलमिल हुने वातावरण बनाएको छ। तपाईँहरूले जुनसुकै विषय अध्ययन गरे पनि सिर्जनामा हात हाल्न सक्नु कुन्छ, तर त्यसका लागि भाषामा अबल हुनैपर्छ।”
त्यसैगरी प्राज्ञसभा सदस्य चेतनाथ धमलाले भने– “विद्यालयमा कुलपति कार्यक्रमले तिमीहरूलाई प्रज्ञा-प्रतिष्ठानका गतिविधिसँग जोड्छ र लेखनतर्फ प्रेरित गर्छ। यो विद्यालय तिमीहरूको लागि गुणस्तरीय शिक्षाको केन्द्र हो।”
कार्यक्रमको अध्यक्षता गरेका विद्यालयका प्रधानाध्यापक ज्ञानभक्त महर्जनले भने– “म पनि यहीँको विद्यार्थी थिएँ। आज प्रधानाध्यापक भएर भाइबहीनीहरुमाझ उभिन पाउनु मेरो लागि गौरव हो। यो जमघट कुनै साधारण कार्यक्रम होइन, यो त तपाईँहरूको भावना र विचारको बगैँचा हो।”
कार्यक्रममा विद्यार्थी करिष्मा घर्ती मगर, हरिमाया पाण्डे, प्रतिभा न्यौपाने, रेखा पोखरेल, पुजन केसी, जीवन सुनुवार, आदित्य जैसीवाल, रञ्जना यादव, यशोदा थापा, सञ्जीव स्याङ्तान, आशिका लिम्बू र सीता बस्नेतले आफ्ना कविता वाचन गरेर तिमीहरूको सिर्जनशीलता प्रस्तुत गरेका थिए।
सहायक प्रधानाध्यापक डिल्लीमान श्रेष्ठले भने– “प्रज्ञा-प्रतिष्ठानले गरेको कामबारे आज भाइबहीनीहरूले प्रत्यक्ष थाहा पाउनु भयाे । प्राज्ञिक पदाधिकारीलाई स्वागत गर्न पाउनु हाम्रो विद्यालयको गर्व हो।”
शिक्षक दिनेश खड्गाले धार्मिक विसङ्गतिबारे कविता प्रस्तुत गर्दै भने– “यो कार्यक्रमले
विद्यालयका विद्यार्थीहरूलाई साहित्य, संस्कृति र कला सिर्जनामा लाग्न थप प्रेरणा दिएको छ।”
दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत आदर्श सौलःमा यो कार्यक्रम स्मरणीय बनेको विद्यालयले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २९ गते, २०८३ - २२:१३
माग पूरा नभए शिक्षक महासंघले भदौदेखि आन्दोलन चर्काउने
श्रावण २९ गते, २०८३ - २२:०५
काठमाडौँ । नेपाली कांग्रेसको वर्तमान नेतृत्वलाई चुनौती दिँदै पूर्वसभापति शेरबहादुर देउवा र कोइराला समूहले काठमाडौँमा राष्ट्रिय भेला आयोजना गरेका छन् ।...
श्रावण २९ गते, २०८३ - २१:३२
वीरगन्ज । प्रहरीले वीरगन्जमा अनुमति बिना औषधिजन्य वस्तु उत्पादन तथा स्टिकर लेबलिङ गरिरहेको आरोपमा एक जना पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–११ श...
श्रावण २९ गते, २०८३ - २१:२६
चितवन । खाना पकाउने एलपी ग्यासको अभाव भएपछि स्थानीय प्रशासनले चितवन र नवलपरासीका चार ग्यास उद्योगमार्फत उपभोक्तालाई एकै ठाउँबाट ग्यास बिक्रीको व्यवस्थ...
श्रावण २९ गते, २०८३ - ०९:५४
विराटनगर । बाहिरबाट हेर्दा रुख तथा झारले जेलिएको पुरानो संरचना। भित्र पस्दा खिया लागेका मेसिन, माकुराको जालो र ओसको गन्ध। कतै फोहोर र जमेको पानी, कतै ...
श्रावण २९ गते, २०८३ - ०९:३६
बाजुरा । अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा एक जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन्। स्थानीय ...
श्रावण २९ गते, २०८३ - ०९:३०
बागलुङ । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण बागलुङका दुई प्रमुख राष्ट्रिय राजमार्ग अवरुद्ध भएका छन्। कालीगण्डकी करिडोरको बागलुङ खण्ड र मध्य...
श्रावण २९ गते, २०८३ - ०९:२६
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौँमा सुरु हुँदैछ। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने भेलामा कांग्...
श्रावण २९ गते, २०८३ - ०९:२१
काठमाडौँ । नेपालमा विद्युतीय सवारी साधनको आयात र प्रयोग तीव्र गतिमा बढिरहेको भए पनि यसको व्यवस्थापनका लागि आवश्यक पूर्वाधार, दक्ष जनशक्ति र स्पष्ट नीत...
श्रावण २९ गते, २०८३ - ०९:१५
बुटवल । स्वच्छ र सुरक्षित मासु उत्पादनका लागि करिब २२ करोड रुपैयाँ खर्चेर निर्माण गरिएको बुटवलको आधुनिक पशु बधशाला अहिले झाडीले ढाकिएको छ। सञ्चालनमा आ...



प्रतिकृया लेख्नुहोस्: