Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

धनगढी हाफ म्याराथन प्रतियोगिता हुने

खबरडबली संवाददाता

कैलाली । धनगढी जेसिजले नयाँ वर्षको २०८१ को अवसरमा आगामी वैशाख १ गते ‘धनगढी हाफ म्याराथन’ प्रतियोगिता आयोजना गर्ने भएको छ ।

धनगढीको समग्र विकासका लागि ‘अब धनगढी दौडिन्छ’ भन्ने नाराका साथ आयोजना हुने दशौँं संस्करणअन्तर्गत हाफ म्याराथन प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको प्रतियोगिताका संयोजक आशिष शाहले जानकारी दिए । 

जेसिजले युवाहरुको व्यक्तित्व र नेतृत्व तथा क्षमताको विकासका लागि हरेक वर्ष उक्त प्रतियोगताको आयोजना गर्दै आएको उनले बताए । नयाँ वर्षको अवसरमा आयोजना सुरु भएको धनगढी हाफ म्याराथनको दशौँ संस्करणले नेपाल एथ्लेटिक्सबाट समेत स्वीकृत प्राप्त गरेको छ । 

यो म्याराथनमा कुनै ‘रेकर्ड’ बनेमा सोले पनि मान्यता पाउने संयोजक शाहको भनाइ छ । प्रतियोगितको विजेताले रु ६६ हजार छ सय ६६, उपविजेताले रु ४४ हजार चार सय ४४ र तेस्रो हुनेले रु ३३ हजार तीन सय ३३ प्राप्त गर्नेछन् । 

म्याराथन धनगढी रङ्गशालाबाट सुरु भएर सहिद गेट हुँदै गेटा मेडिकल कलेजको मनोहरा पुलको मोड भएर पुनः धनगढी रङ्गशालामा पुगेर समापन हुने धनगढी जेसिजका अध्यक्ष अरुण सिंहले बताए । 

प्रतियोगिताअन्तर्गत महिलातर्फ तथा कर्पोरेट र सञ्चारको पाँच किलोमिटरको दौड पनि आयोजना गरिनेछ । दुई वटै विधाका विजेताले रु छ हजार छ सय ६६, उपविजेताले रु चार हजार चार सय ४४ र तेस्रो हुनेले रु तीन हजार तीन सय ३३ प्राप्त गर्नेछन् । 

प्रतियोगिताको मुख्य प्रवर्द्धकमा जेसिज एभरेष्ट स्कुल, सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्, प्रदेश युवा परिषद, धनगढी उपमहानगरपालिका र नवजीवनको अपरेटिभ्स लिमिटेड रहेका छन् । साथै प्रायोजकमा चैतन्य पाठशाला रहेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सहायता कटौतिले शरणार्थीलाई ‘अनावश्यक पीडा’ भएको छ : राष्ट्रसङ्घ

काठमाडाैँ । यो वर्ष ‘कठोर र गैरजिम्मेवार’ सहायता कटौतीको लहरले शरणार्थीहरूलाई अनावश्यक पीडा दिएको संयुक्त राष्ट्रसङ्घले  जनाएको छ । सहायता कटौति शर...

मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, कुन मन्त्रालयमा काे ?

जनकपुरधाम । मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नेपालको संविध...

एमाले महाधिवेशन: मतदान मङ्गलबार १२ बजेदेखि

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको मतदान समय सरेको छ । एमाले ११औँ महाधिवेशनका केन्द्रीय सचिव डा. कुन्साङ लामाले सोमबार साँझ प्र...

विद्युतको तार सर्ट भएर आगलागी हुँदा सर्लाहीमा ५० बिघाभन्दा बढीको उखु जल्यो

सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा सोमबार दिउँसो आगलागीबाट ठुलो क्षेत्रफलमा लगाइएको उखु जलेको छ ।  विद्युतको तार सर्ट भएर मुना चौधरीक...

च्याउखेतीबाटै वार्षिक १२ लाख आम्दानी

काठमाडौँ । ‘च्याउ खाऔँ, स्वस्थ्य बनौँ’, ‘स्वस्थ्य जीवनको आहार च्याउ’ भन्ने नारासहित च्याउखेती गर्दै आएका ललितपुरको गोदावरी नगरपालिका–११, सेराफाँटका कृ...

पछिल्लो २४ घण्टामा आगलागीका २२ घटना, दुई जनाको मृत्यु

काठमाडौँ । पछिल्लाे २४ घण्टामा आगलागीमा परी दुई जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला २४ घ...

सर्च एण्ड स्विप अपरेशन : फरार ३४२ प्रतिवादी पक्राउ

कैलाली । कैलाली जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको ‘सर्च एण्ड स्विप अपरेशन’का क्रममा ३४२ फरार प्रतिवादीलाई पक्राउ गरिएको छ । जिल्ला अदालतले विभ...

बङ्गलादेश : ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा पत्रकार पक्राउ

काठमाडाैँ । बङ्गलादेशका भूतपूर्व प्रधानमन्त्री शेख हसिनाको प्रतिबन्धित पार्टीलाई बढावा दिएको र ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा यहाँका एक वरिष्ठ पत...

थाइल्यान्डमा आम चुनावको मिति फेब्रुअरी-८ लाई तय

बैङ्कक । थाइल्यान्डमा आगामी फेब्रुअरी-८ मा आम चुनावको मिती तय भएको थाइ निर्वाचन आयोगले सोमबार जनाएको छ । चुनावका लागि दलले यस वर्षको अन्त्य अघि प्रधान...

कांग्रेस महाधिवेशन: देशभरका क्रियाशील सदस्यता वितरण

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको लागि एक सय ६५ निर्वाचन क्षेत्रका सबैजसो वडामा क्रियाशील सदस्यता फाराम वितरण भइरहेको छ । कांग्रेस केन्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending