Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

‘अग्निपीडितको पुनःस्थापनाका लागि सीप विकास आवश्यक’

खबरडबली संवाददाता

काठमाडौं । सरोकारवालाहरुले अग्निजन्य दुर्घटना तथा हिंसापीडितको पुनःस्थापनाका लागि उनीहरुको सीप विकासमा जोड दिएका छन् ।

आज यहाँ ‘बर्न भ्वाइलेन्स सर्भाइभर्सस् नेपाल’द्वारा आयोजित ‘अग्निजन्य दुर्घटना तथा हिंसा, सचेतना र उपचारमा पहुँचसम्बन्धी नीतिगत बहस’मा सहभागी सांसद गोपीबहादुर सार्की आछामीले समाजमा त्यस्ता पीडितहरुलाई कसरी पुनःस्थापनाको बाटोमा लाने भन्नेमा चुनौती रहेको बताए । 

“उहाँहरुलाई सीप विकास तथा उत्पादनमा लैजानका लागि सहयोग गर्नुपर्छ । जलनका घटनाहरु भवितव्य हुन्छन् र कतिपय अपराधजन्य घटना नियतवश घटाइएका पनि हुन्छन्”, उनले भने, “यसको न्यूनीकरणका लागि जनचेतना तथा कम्तीमा आधारभूत तहमा शिक्षाको आवश्यकता छ । कानुनको प्रभावकारी कार्यान्वयन जरुरी छ ।” 

सांसद देवेन्द्र पौडेलले अग्निपीडितलाई पीडामाथि पीडा थप्ने व्यवहार हुने गरेको बताए । उनले भने, “यसप्रकारको समस्या अन्त्य गर्न सामाजिक जागरणको आवश्यकता देखिन्छ । पीडितलाई उपचारको उचित प्रबन्ध मिलाइनुपर्छ । यसबारे अन्तर्राष्ट्रिय क्षेत्रमा गरिएका प्रतिबद्धता कार्यान्वयन जरुरी देखिन्छ ।” उनले पीडितहरुलाई सम्मानजनक व्यवहार र रोजगारीको आवश्यकता रहेको बताए । 

एसिड आक्रमणको सिकार भएकी सांसद विन्दवासिनी कंसाकारले आफूले जलन पीडितका लागि निरन्तर वकालत गर्दै आइरहेको बताइन् । उनले पीडितहरुलाई हिम्मत नहारी निरन्तर अघि बढ्न सुझाव दिइन । उनले भनिन्, “यसबारे जनचेतनाका कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्छ । मैले खेलकुद रङ्गशालामा पनि जलनसम्बन्धी सचेतना फैलाउन होर्डिङ बोर्ड, एम्बुलेन्सको व्यवस्था, अग्नि नियन्त्रकको व्यवस्थाका लागि पहल गरिरहेको छु ।”

सांसद राजेन्द्रलक्ष्मी गैरेले जलनसम्बन्धी दीर्घकालीन रणनीति बनाउनुपर्ने आवश्यकता औँल्याइन् । उनले भनिन्, “स्थानीय सरकारले जलनपीडितको प्राथमिक उपचारका लागि थोरै भएपनि बजेट बिनियोजन आवश्यक छ, यसका लागि हामीहरुले पहल गर्नुपर्छ ।”

सांसद अम्मरबहादुर थापाले यो विषय संवेदनशील रहेको भन्दै समाजमा जनचेतना फैलाउन आवश्यक रहेको बताए । अग्निपीडित रेनुका श्रेष्ठले पीडितहरुले समाजबाट तिरस्कार भोग्नुपरेको पीडा सुनाइन । उनले भनिन्, “म अग्निपीडित हो । मैले पनि त्यस्तो समस्या भोगेँ । तर निकै अप्ठ्याराबीच पनि आत्मनिर्भर बन्न सकेकि छु । हामीजस्ता पीडितहरुले उत्पादन गर्ने सामान बजारीकरणका लागि सरकारले सहयोग गर्नुपर्छ ।”

‘बर्न भ्वाइलेन्स सर्भाइभर्सस् नेपाल’का कार्यक्रम व्यवस्थापक श्रीकृष्ण थापाले अग्निजन्य दुर्घटना तथा हिंसा बढेको बताउँदै सरकारले यसलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । उनले भने, “धेरै पीडितहरु सेवा सुविधाबाट नै बञ्चित हुनुपरेको अवस्था छ । एसिडपीडितलाई सरकारले ध्यान दिनुपर्नेमा त्यसो हुन सकेको छैन । यसका लागि उनीहरुको सीप विकास तथा सामाजिक पुनःस्थापना जरुरी देखिन्छ ।”

बहसमा सहभागी सरोकारवालाहरुले प्रदेशस्तरीय अस्पतालमा जलनको उपचार व्यवस्था राम्रो हुुनुपर्ने, पीडितको पुनःस्थापनाका लागि पहल गर्नुपर्ने, जलन उपचार कोषको व्यवस्था गरिनुपर्ने, अस्पतालमा जलन युनिट स्थापना गरिनुपर्ने, पाठ्यक्रममा यस विषयमा समावेश गरिनुपर्नेलगायतका धारणा राखे । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एनपिएल फाइनल भाेलि:उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् ।  कीर्त...

इन्डोनेसिया नवीकरणीय ऊर्जातर्फ उन्मुखः २०२६ पछि डिजेल आयात रोकिने

जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...

नापी कार्यालयका सर्वेक्षक र सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...

अमेरिकाले भनेजुएली नागरिकको ‘देश निकाला’का लागि तय गरेको उडान रद्द

काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...

धनकुटामा तमोर नदीमा हाम फालेका पुरुष बेपत्ता

धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् ।  शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...

बेलायतको वृद्धि दर घट्दै, लगानी र व्यापारमा दबाब

लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...

बुढीगण्डकी आयोजना निर्माण अघि बढाउन पहल भइरहेको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...

पाहुनाको पर्खाइमा म्याग्दीकाे ‘मुदीगाउँ’

म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...

चुनावले मात्र देशलाई लयमा ल्याउँछ : पूर्वमन्त्री भुसाल

तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...

नेकपाको एकता सन्देशसभा: पार्टीको नीति र विचार जनस्तरमा

गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending