Khabar Dabali २८ श्रावण २०८३ बिहीबार | 13th August, 2026 Thu
Investment bank

नेपाली भाषालाई खजजुम्ली भन्न र नेपाली साहित्यको परिभाषा सच्याउन तिगेलाको ज्ञापनपत्र

खबरडबली संवाददाता

काठमाडाैं  । नेपाली साहित्यकर्मी तथा अध्येता विश्वास दीप तिगेलाले भाषा आयोगका अध्यक्ष र नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपतिलाई छुट्टाछुटै ज्ञापनपत्र बुझाएका छन । 

तिगेलाले नेपाली भाषालाई खजजुम्ली भाषा भन्नुपर्ने र नेपाल भित्र आदिमकाल देखि बोलिन्दै आएका सबै मातृभाषाहरुको समग्र साहित्यलाई नेपाली साहित्य भनियोस भनी ज्ञापनपत्र बुझाएका हुन ।

भाषा आयोगका अध्यक्ष माननीय डा. गोपाल ठाकूरलाई बुझाएका ज्ञापनपत्रमा यस्तो भनिएको छः

हामीले बोलिने नेपाली भाषा– खस भाषा अन्तर्गतको धेरै उपभाषाहरु मध्ये जुम्ली भाषासँग लगभग ८० प्रतिशत भाषा मिल्ने भएकोले यस भाषालाई खसजुम्ली भाषा भनियोस । देश नेपाल भएको कारण भाषाको नाम नै नेपाली हुनपर्ने चलन विश्वमा छैन । 

नेपाली साहित्य भन्नाले खसभाषा र देवनागरिक लिपीमा लेखिएको साहित्य मात्र नेपाली साहित्य भन्ने अधिकास गलत बुझाई रहेकोले यसलाई सच्चाएर खसजुम्ली साहित्य भनियोस र नेपाल भित्र आदिमकाल देखि बोलिन्दै आएका सबै मातृभाषाहरुको समग्र साहित्यलाई नेपाली साहित्य हो भनी प्रष्ट परिभाषा गरियोस ।

खसजुम्ली भाषालाई नेपाली भाषा नामाकरण गरिएसँगै भारत, भुटान, बर्मा लगायत मुलुकमा नेपाली भाषी भन्ने वित्तिकै नेपाल देशबाट आएको भनी त्यहाका स्थानीयमा गलत बुझाई रहने भएकोले उनीहरु पीडित, अपमानित पनि छन त्यसैले उनीहरु अब गोर्खा भाषा भनेर बेग्लै पहिचान बनाउन शुरु गरेका छन त्यसलाई सम्बोधन गर्नपनि हामीले बोलिने नेपाली भाषालाई खसजुम्ली भाषा नै कायम गर्न आवश्यक देखिन्छ र खसजुम्लीको भाषिक विरासतको अपहरण रोकिनु पर्दछ ।

देश नेपाल भएको कारण भाषाको नाम नै नेपाली राख्दा यो भाषा नबोल्ने नेपाली होइन की, अर्थात सच्चा बफादार नेपाली हुन नेपाली भाषा नै बोल्नु पर्दछ भन्ने जस्ता गलत सन्देशलाई अव सच्चाउनु पर्दछ, नसच्याए भाषाभाषी माथिको अप्रत्येक्ष नियोजन जारी रहनेछ ।

माननीय अध्यक्ष ज्यू कै कार्यकालमा यी कार्यहरु गर्न सम्भव भएकोले तुरुन्त यस विषयमा छलफल र बहस गर्न सादर अनुरोध गर्दछु ।

अध्येता तिगेलाले प्रज्ञाप्रतिष्ठानका कुलपति माननीय भूपाल राईलाई पनि सोहि ब्यहोराको ज्ञापनपत्रमा एक बुंदा थपेर सोहि ज्ञापनपत्र बुझाएका छन । थप बुंदामा भनिएको छः दुई दर्जन भिन्नभिन्न मातृभाषाको कवितालाई मौलिक भाषाकै लिपीमा, नेपाली भाषा एवं देवनागरिक लिपीमा र अग्रेजी भाषा वा कुनैपनि अन्तर्राष्ट्रिय भाषामा अनुवाद गरेर संमग्रमा नेपाली साहित्य नाम दिई एक नमुना कृति प्रकाशन गरियोस । कुलपति राईले यथासम्भव कोसिस गर्ने बताए भने भाषा आयोगका अध्यक्ष डा। ठाकुरले तुरुन्त आवश्यक कार्बाही गर्ने भनी ज्ञापनपत्रमा तोक लगाए, आफू स्वयंपनि यो कुरामा प्रष्ट भएको र आयोगले नेपाल सरकार समक्ष सिफारिस गर्ने प्रतिबद्धता जनाए । ज्ञापनपत्र बुझाए लगतै उपस्थित माननीय भाषा आयोगका सदस्यहरुबीच अन्तरक्रिया पनि गरिएको थियो ।

यस बर्षकी प्रभावशाली ५० महिलामा परेकी लिम्बुहरुको संस्था किरात याक्थुङ चुम्लुङकी महासचिव निरन्ती तुम्बापो र पत्रकार अर्जुन मादेन लगायत सो ज्ञापनपत्र बुझाउन भाषा आयोग पुगेका थिए । 

अध्येता तिगेला करिब ३ दशक देखि नेपाली भाषा साहित्यको श्रीवृद्धिमा काम गर्दै आएका छन । उनले अनलाईन नेपाली साहित्य मन्च  २०६२ देखि निरन्तर संचालन गर्दै आएका छन सोहि मन्च (नेपालीलिटरेचरडटकम) को संचालकको हैसियतमा उनले ज्ञापनपत्र बुझाएका हुन ।

तिगेलाले विश्व नेपाली साहित्य महासंघको पूर्व अध्यक्ष साथै गैरआवासीय नेपाली संघको भाषा तथा साहित्य विभागको संयोजकको रुपमा काम गरिसकेका छन । तिगेलालले भाषाको नाम, साहित्यको परिभाषा, स्वायत्तता तथा लेखन सुधारको निमित्त ९भानासापस्ले० भाषाको नाम, साहित्यको परिभाषा, स्वायत्तता तथा लेखन सच्याई साहित्यिक आन्दोलन घोषणा गरि क्रियाशिल रहेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सीमाको विषय कूटनीतिक माध्यमबाटै सुल्झाउनुपर्छ : सांसद थापा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विक्रमसिंह थापाले सुनसरी, सिरहा र कपिलवस्तुमा भएका दुःखद घटनाप्रति प्रतिनिधिसभाको ध्यानाकर्षण गराएका छन्...

डिडिसीले दैनिक १५ हजार लिटर दूध खरिद गर्ने, कृषि केन्द्रीय संघ र साना किसानसँग त्रिपक्षीय सम्झौता

काठमाडौँ । नेपाल कृषि सहकारी केन्द्रीय संघ, साना किसान विकास लघुवित्त वित्तीय संस्था र दुग्ध विकास संस्थानबीच किसानबाट दूध खरिद तथा बिक्रीसम्बन्धी त्र...

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई बुधबार ललितपुरको बागडोलबाट पक्राउ गरिएको हो। श्रेष्ठविरुद्ध ...

दुई दशकदेखि रोकिएन पहिरो, घरआँगनमै आइपुग्दा पनि राज्य बेखबर

ओखलढुङ्गा । सिद्धिचरण नगरपालिका–५ डाँडाखर्कका पाँच परिवारका लागि पहिरो अब वर्षायामको मात्रै समस्या रहेन, हरेक दिनको त्रास बनेको छ। दुई दशकदेखि सिस्नेख...

पानीको संकटले रित्तिँदै पहाड : जहाँ मुहान सुके, त्यहाँ गाउँ नै खाली भए

पोखरा । हिमालको काख, पहाडका भिराला बस्ती र हरियालीले भरिएका गाउँलाई नेपालमा पानीको स्रोतको धनी मानिन्छ। तर पछिल्ला वर्षहरूमा यही पहाडमा पानीको संकट गह...

एप्पल इन्टरटेन्मेन्टको नयाँ फिल्म ‘भिडियोटेप’ घोषणा, उपासना र कुन्दन मुख्य भूमिकामा

काठमाडौँ । एप्पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको नयाँ नेपाली चलचित्र ‘भिडियोटेप’को औपचारिक घोषणा गरिएको छ। ललितपुरस्थित लाबिम मलमा आयोजित...

इट इज माइ ट्यालेन्टको जुलाई विजेता गिनीज अधिकारी, जितिन् ५० हजार रुपैयाँ

काठमाडौँ  । ‘इट इज माइ ट्यालेन्ट नेपाल’ सिजन–१ को जुलाई महिनाको विजेता गिनीज अधिकारी बनेकी छन्। प्रतिभा खोजीसम्बन्धी उक्त कार्यक्रमअन्तर्गत जुलाईको उत...

डब्लिन घोषणापत्र : एनआरएनएले उठायो नागरिकता, लगानीदेखि सुरक्षित वैदेशिक रोजगारीसम्मका १५ मुद्दा

काठमाडौँ । गैरआवासीय नेपाली संघको १७औँ युरोप क्षेत्रीय सम्मेलनले नेपाली नागरिकताको निरन्तरता, लगानीमैत्री वातावरण, सुरक्षित वैदेशिक रोजगारी, महिला तथा...

ग्वाङ्झाउमा एनआरएनएको एसिया प्रशान्त सम्मेलन हुँदै, नेपालमा लगानीदेखि नागरिकताको अधिकारसम्म बहस हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघको ११औँ एसिया प्रशान्त क्षेत्रीय सम्मेलन आगामी अगस्ट १५ देखि १७ सम्म चीनको ग्वाङ्झाउमा आयोजना हुने भएको छ। ‘आरोहण २०२६–...

कोशी सरकारबाट कांग्रेसका मन्त्री बाहिरिए, नयाँ सत्ता समीकरणले बदलियो प्रदेशको राजनीति

विराटनगर । केन्द्रमा फेरिएको सत्ता समीकरणको असर कोशी प्रदेश सरकारमा पनि देखिएको छ। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ राजनीतिक सहकार्य बने...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending