Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

नेपाली भाषालाई खजजुम्ली भन्न र नेपाली साहित्यको परिभाषा सच्याउन तिगेलाको ज्ञापनपत्र

खबरडबली संवाददाता

काठमाडाैं  । नेपाली साहित्यकर्मी तथा अध्येता विश्वास दीप तिगेलाले भाषा आयोगका अध्यक्ष र नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपतिलाई छुट्टाछुटै ज्ञापनपत्र बुझाएका छन । 

तिगेलाले नेपाली भाषालाई खजजुम्ली भाषा भन्नुपर्ने र नेपाल भित्र आदिमकाल देखि बोलिन्दै आएका सबै मातृभाषाहरुको समग्र साहित्यलाई नेपाली साहित्य भनियोस भनी ज्ञापनपत्र बुझाएका हुन ।

भाषा आयोगका अध्यक्ष माननीय डा. गोपाल ठाकूरलाई बुझाएका ज्ञापनपत्रमा यस्तो भनिएको छः

हामीले बोलिने नेपाली भाषा– खस भाषा अन्तर्गतको धेरै उपभाषाहरु मध्ये जुम्ली भाषासँग लगभग ८० प्रतिशत भाषा मिल्ने भएकोले यस भाषालाई खसजुम्ली भाषा भनियोस । देश नेपाल भएको कारण भाषाको नाम नै नेपाली हुनपर्ने चलन विश्वमा छैन । 

नेपाली साहित्य भन्नाले खसभाषा र देवनागरिक लिपीमा लेखिएको साहित्य मात्र नेपाली साहित्य भन्ने अधिकास गलत बुझाई रहेकोले यसलाई सच्चाएर खसजुम्ली साहित्य भनियोस र नेपाल भित्र आदिमकाल देखि बोलिन्दै आएका सबै मातृभाषाहरुको समग्र साहित्यलाई नेपाली साहित्य हो भनी प्रष्ट परिभाषा गरियोस ।

खसजुम्ली भाषालाई नेपाली भाषा नामाकरण गरिएसँगै भारत, भुटान, बर्मा लगायत मुलुकमा नेपाली भाषी भन्ने वित्तिकै नेपाल देशबाट आएको भनी त्यहाका स्थानीयमा गलत बुझाई रहने भएकोले उनीहरु पीडित, अपमानित पनि छन त्यसैले उनीहरु अब गोर्खा भाषा भनेर बेग्लै पहिचान बनाउन शुरु गरेका छन त्यसलाई सम्बोधन गर्नपनि हामीले बोलिने नेपाली भाषालाई खसजुम्ली भाषा नै कायम गर्न आवश्यक देखिन्छ र खसजुम्लीको भाषिक विरासतको अपहरण रोकिनु पर्दछ ।

देश नेपाल भएको कारण भाषाको नाम नै नेपाली राख्दा यो भाषा नबोल्ने नेपाली होइन की, अर्थात सच्चा बफादार नेपाली हुन नेपाली भाषा नै बोल्नु पर्दछ भन्ने जस्ता गलत सन्देशलाई अव सच्चाउनु पर्दछ, नसच्याए भाषाभाषी माथिको अप्रत्येक्ष नियोजन जारी रहनेछ ।

माननीय अध्यक्ष ज्यू कै कार्यकालमा यी कार्यहरु गर्न सम्भव भएकोले तुरुन्त यस विषयमा छलफल र बहस गर्न सादर अनुरोध गर्दछु ।

अध्येता तिगेलाले प्रज्ञाप्रतिष्ठानका कुलपति माननीय भूपाल राईलाई पनि सोहि ब्यहोराको ज्ञापनपत्रमा एक बुंदा थपेर सोहि ज्ञापनपत्र बुझाएका छन । थप बुंदामा भनिएको छः दुई दर्जन भिन्नभिन्न मातृभाषाको कवितालाई मौलिक भाषाकै लिपीमा, नेपाली भाषा एवं देवनागरिक लिपीमा र अग्रेजी भाषा वा कुनैपनि अन्तर्राष्ट्रिय भाषामा अनुवाद गरेर संमग्रमा नेपाली साहित्य नाम दिई एक नमुना कृति प्रकाशन गरियोस । कुलपति राईले यथासम्भव कोसिस गर्ने बताए भने भाषा आयोगका अध्यक्ष डा। ठाकुरले तुरुन्त आवश्यक कार्बाही गर्ने भनी ज्ञापनपत्रमा तोक लगाए, आफू स्वयंपनि यो कुरामा प्रष्ट भएको र आयोगले नेपाल सरकार समक्ष सिफारिस गर्ने प्रतिबद्धता जनाए । ज्ञापनपत्र बुझाए लगतै उपस्थित माननीय भाषा आयोगका सदस्यहरुबीच अन्तरक्रिया पनि गरिएको थियो ।

यस बर्षकी प्रभावशाली ५० महिलामा परेकी लिम्बुहरुको संस्था किरात याक्थुङ चुम्लुङकी महासचिव निरन्ती तुम्बापो र पत्रकार अर्जुन मादेन लगायत सो ज्ञापनपत्र बुझाउन भाषा आयोग पुगेका थिए । 

अध्येता तिगेला करिब ३ दशक देखि नेपाली भाषा साहित्यको श्रीवृद्धिमा काम गर्दै आएका छन । उनले अनलाईन नेपाली साहित्य मन्च  २०६२ देखि निरन्तर संचालन गर्दै आएका छन सोहि मन्च (नेपालीलिटरेचरडटकम) को संचालकको हैसियतमा उनले ज्ञापनपत्र बुझाएका हुन ।

तिगेलाले विश्व नेपाली साहित्य महासंघको पूर्व अध्यक्ष साथै गैरआवासीय नेपाली संघको भाषा तथा साहित्य विभागको संयोजकको रुपमा काम गरिसकेका छन । तिगेलालले भाषाको नाम, साहित्यको परिभाषा, स्वायत्तता तथा लेखन सुधारको निमित्त ९भानासापस्ले० भाषाको नाम, साहित्यको परिभाषा, स्वायत्तता तथा लेखन सच्याई साहित्यिक आन्दोलन घोषणा गरि क्रियाशिल रहेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending