सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशीमा ‘मेरो कित्ता अनलाईन प्रणाली सेवा’ सुरु भएकाे छ । गाउँपालिका ‘मेरो कित्ता अनलाईन प्रणाली सेवा’ सुरु गर्ने पहिलो पालिका बनेको हाे ।
जिल्लाका ८ स्थानीय तहमध्ये सेवा प्रवाह गर्ने थुलुङ दुधकोशी गाउँपालिका पहिलो स्थानीय तह बनेसँगै अबदेखि नापी कार्यालयबाट प्राप्त गरिने नक्सा प्रिन्ट, फिल्ड बूक उतार, प्लट रजिष्टर प्रिन्टलगायतका सेवा गाउँपालिकाबाटै प्राप्त हुनेछ । यसअघि नक्सा प्रिन्ट गर्नकै लागि पनि नापी कार्यालय सदरमुकाम सल्लेरी नै पुग्नुपर्ने बाध्यता सेवाग्राहीलाई थियो । तर, अबदेखि थुलुङ दुधकोशी गाउँपालिकाको कार्यालय, मुक्लीबाटै यी सेवाहरू प्राप्त गर्न सकिने गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिए ।
सेवा सञ्चालनका लागि नापी कार्यालय सोलुखुम्बुका प्रमुख प्रमोद गरागाईंले आवश्यक यूजर र पासवर्ड गाउँपालिका अध्यक्ष असिम राईलाई हस्तान्तरण गरेका छन् । यूजर पासवर्ड ग्रहण गर्दै अध्यक्ष राईले नागरिकलाई सहजरूपमा सेवा प्रवाहको लागि गाउँपालिकाले अथक प्रयास गरिरहेको बताए । “पालिकाका नागरिकलाई सहज ढङ्गले सेवा उपलब्ध गराउने सवालमा सबै पक्षसँग समन्वय गरी काम गरिरहेका छौँ,” उनले भने, “यसमा हाम्रो कुनै सम्झौता रहँदैन ।”
अध्यक्ष राईले गाउँपालिकाबाटे सेवा सुरु भएपछि एकसय राजश्व तिरेर प्राप्त हुने नक्सा प्रिन्टको लागि हजारौं खर्च गर्नुपर्ने बाध्यताको अन्त्य भएको बताए । सदरमुकाम पुगेर मात्रै प्राप्त गरिने सेवा गाउँपालिकाबाटै पाइने भएपछि सेवाग्राही उत्साहित भएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २७ गते, २०८३ - २२:१३
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विक्रमसिंह थापाले सुनसरी, सिरहा र कपिलवस्तुमा भएका दुःखद घटनाप्रति प्रतिनिधिसभाको ध्यानाकर्षण गराएका छन्...
श्रावण २७ गते, २०८३ - २२:०९
काठमाडौँ । नेपाल कृषि सहकारी केन्द्रीय संघ, साना किसान विकास लघुवित्त वित्तीय संस्था र दुग्ध विकास संस्थानबीच किसानबाट दूध खरिद तथा बिक्रीसम्बन्धी त्र...
श्रावण २७ गते, २०८३ - २२:००
काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई बुधबार ललितपुरको बागडोलबाट पक्राउ गरिएको हो। श्रेष्ठविरुद्ध ...
श्रावण २७ गते, २०८३ - २१:४२
ओखलढुङ्गा । सिद्धिचरण नगरपालिका–५ डाँडाखर्कका पाँच परिवारका लागि पहिरो अब वर्षायामको मात्रै समस्या रहेन, हरेक दिनको त्रास बनेको छ। दुई दशकदेखि सिस्नेख...
श्रावण २७ गते, २०८३ - २१:३२
पोखरा । हिमालको काख, पहाडका भिराला बस्ती र हरियालीले भरिएका गाउँलाई नेपालमा पानीको स्रोतको धनी मानिन्छ। तर पछिल्ला वर्षहरूमा यही पहाडमा पानीको संकट गह...
श्रावण २७ गते, २०८३ - २१:२९
काठमाडौँ । एप्पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको नयाँ नेपाली चलचित्र ‘भिडियोटेप’को औपचारिक घोषणा गरिएको छ। ललितपुरस्थित लाबिम मलमा आयोजित...
श्रावण २७ गते, २०८३ - २१:२६
काठमाडौँ । ‘इट इज माइ ट्यालेन्ट नेपाल’ सिजन–१ को जुलाई महिनाको विजेता गिनीज अधिकारी बनेकी छन्। प्रतिभा खोजीसम्बन्धी उक्त कार्यक्रमअन्तर्गत जुलाईको उत...
श्रावण २७ गते, २०८३ - २१:२१
काठमाडौँ । गैरआवासीय नेपाली संघको १७औँ युरोप क्षेत्रीय सम्मेलनले नेपाली नागरिकताको निरन्तरता, लगानीमैत्री वातावरण, सुरक्षित वैदेशिक रोजगारी, महिला तथा...
श्रावण २७ गते, २०८३ - २१:१८
काठमाडौँ । गैरआवासीय नेपाली संघको ११औँ एसिया प्रशान्त क्षेत्रीय सम्मेलन आगामी अगस्ट १५ देखि १७ सम्म चीनको ग्वाङ्झाउमा आयोजना हुने भएको छ। ‘आरोहण २०२६–...
श्रावण २७ गते, २०८३ - २१:०१
विराटनगर । केन्द्रमा फेरिएको सत्ता समीकरणको असर कोशी प्रदेश सरकारमा पनि देखिएको छ। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ राजनीतिक सहकार्य बने...



प्रतिकृया लेख्नुहोस्: