सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशीमा ‘मेरो कित्ता अनलाईन प्रणाली सेवा’ सुरु भएकाे छ । गाउँपालिका ‘मेरो कित्ता अनलाईन प्रणाली सेवा’ सुरु गर्ने पहिलो पालिका बनेको हाे ।
जिल्लाका ८ स्थानीय तहमध्ये सेवा प्रवाह गर्ने थुलुङ दुधकोशी गाउँपालिका पहिलो स्थानीय तह बनेसँगै अबदेखि नापी कार्यालयबाट प्राप्त गरिने नक्सा प्रिन्ट, फिल्ड बूक उतार, प्लट रजिष्टर प्रिन्टलगायतका सेवा गाउँपालिकाबाटै प्राप्त हुनेछ । यसअघि नक्सा प्रिन्ट गर्नकै लागि पनि नापी कार्यालय सदरमुकाम सल्लेरी नै पुग्नुपर्ने बाध्यता सेवाग्राहीलाई थियो । तर, अबदेखि थुलुङ दुधकोशी गाउँपालिकाको कार्यालय, मुक्लीबाटै यी सेवाहरू प्राप्त गर्न सकिने गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिए ।
सेवा सञ्चालनका लागि नापी कार्यालय सोलुखुम्बुका प्रमुख प्रमोद गरागाईंले आवश्यक यूजर र पासवर्ड गाउँपालिका अध्यक्ष असिम राईलाई हस्तान्तरण गरेका छन् । यूजर पासवर्ड ग्रहण गर्दै अध्यक्ष राईले नागरिकलाई सहजरूपमा सेवा प्रवाहको लागि गाउँपालिकाले अथक प्रयास गरिरहेको बताए । “पालिकाका नागरिकलाई सहज ढङ्गले सेवा उपलब्ध गराउने सवालमा सबै पक्षसँग समन्वय गरी काम गरिरहेका छौँ,” उनले भने, “यसमा हाम्रो कुनै सम्झौता रहँदैन ।”
अध्यक्ष राईले गाउँपालिकाबाटे सेवा सुरु भएपछि एकसय राजश्व तिरेर प्राप्त हुने नक्सा प्रिन्टको लागि हजारौं खर्च गर्नुपर्ने बाध्यताको अन्त्य भएको बताए । सदरमुकाम पुगेर मात्रै प्राप्त गरिने सेवा गाउँपालिकाबाटै पाइने भएपछि सेवाग्राही उत्साहित भएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: