Khabar Dabali २८ श्रावण २०८३ बिहीबार | 13th August, 2026 Thu
Investment bank

निमित्तको भरमा एक सय ५० बढी स्थानीय तह

प्रमुख प्रशासकीय अधिकृत नहुँदा आर्थिक कारेबार र बजेट बनाउन समस्या

खबरडबली संवाददाता

काठमाडौं । देशभरका एकसय ५० बढी स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन भएका छन् । ७ सय ५३ स्थानीय तहमध्ये अझै पनि १ सय ५० बढी प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त हो ।

ती तहहरू अझै पनि निमित्तको भरमा चलिरहेका छन् । प्रमुख प्रशासकीय नहुँदा आर्थिक कारोबार नै बन्द हुन्छ । निमित्तलाई आर्थिक अधिकारसहितको जिम्मेवारी दिएर समस्या टालटुल पार्दै आएको छ । ती मध्ये कतिपय पालिकामा त निमित्त पनि छैनन् । पालिकामा प्रमुख प्रशासकीय अधिकृत संघअन्तर्गतको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खटाउने व्यवस्था छ ।

तर, मन्त्रालयका अनुसार अहिले ७० जति नगरपालिका, त्यति नै गाउँपालिका र केही उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत रिक्त रहेका छन् । रिक्त हुने क्रम बढ्दै गएको मन्त्रालयले जनाएको छ । प्रमुख प्रशासकीय रिक्त रहेका अधिकांश पालिका निमित्तका भरमा चलेका छन् । उपसचिवको दरबन्दी हुने नगरपालिकामा वरिष्ठ शाखा अधिकृतलाई प्रमुख प्रशासकीयको जिम्मेवारी तोकेर पठाइएको छ ।

४० नगरपालिकामा शाखा अधिकृतलाई प्रमुख प्रशासकीयको जिम्मेवारी तोकिएको भने सहसचिव दरबन्दी हुने उपमहानगरमध्ये केहीमा उपसचिवलाई जिम्मेवारी दिइएको छ । वर्ष दिनअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको नेतृत्वमा अमनलाल मोदी आउँदा २ सय ५० बढी तहमा प्रमुख प्रशासकीय अधिकृत थिएनन् ।

उनले पदले सम्हालेपछि रिक्त स्थानीय तहमा आक्रामक रूपमा प्रमुख प्रशासकीय अधिकृत पठाए । करिब सय जति रिक्त ठाउँमा उनले पठाए पनि अझै पनि धेरै स्थानीय तह निमित्तको भरमा चलिरहेका छन् । मन्त्रालयका प्रवक्ता कमल भट्टराईका अनुसार खाली रहेको डेढ सय ठाउँमा पठाइएको छ । बाँकीमा पनि साउनको अन्तिमसम्म पठाउने तयारी गरेका भएको छ ।

किन जान मान्दैनन् कर्मचारी ?
स्थानीय तहमा जान नमान्ने प्रवृत्ति कर्मचारीमा छ । राजनीतिकलगायत कारणले स्थानीय तहमा बस्न नसकेको वा गाह्रो भएको गुनासो कर्मचारीको छ । प्रमुख प्रशासकीय अधिकृत खटाउने सम्बन्धमा मन्त्रालयले मापदण्डकै तयारी गरिरहेको छ ।

कर्मचारीहरू प्रमुख प्रशासकीय अधिकृतको रूपमा दुर्गममा जान जान मान्दैनन् । यस कारण लामो समय संघीय कार्यालय वा र सुगम ठाउँमा बसेका अधिकृत र उपसचिवलाई ती ठाउँमा प्रमुख प्रशासकीय अधिकृतका रूपमा पठाएको प्रवक्ता भट्टराईले बताए ।

पाँच वर्षदेखि काठमाडौं उपत्यकाका कार्यालयहरू तथा खास गरी सिंहदरबारमा नै बसेका कर्मचारीलाई गाउँगाउँका स्थानीय तहमा पठाएको उनले बताए । नयाँ नियुक्ति लिएका, बढुवा भएका, हालसम्म नगएका र ज्येष्ठहरूलाई प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाउने विषयलाई मापदण्डमा समेट्ने प्रयास गरेको उनको भनाइ छ । प्रमुख प्रशासकीय भएर गएपछि कम्तीमा एक वर्ष त्यहाँ रहनुपर्नेमा पनि मन्त्रालयले जोड दिएको उनले बताए ।

यसअघि दरबन्दीअनुसार कर्मचारी अभाव भएकाले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत पठाउन नसकिएको मन्त्रालयले जनाएको छ । तर अहिले संघका कार्यालयहरूमा कर्मचारीको सङ्ख्या कटौती गरेर स्थानीय तहमा पठाइएको मन्त्रालयले जनाएको छ ।

केही समयअघि धेरै उपमहानगरपालिकाहरूमा समेत प्रशासकीय अधिकृत थिएनन् । संघीय सेवामा प्रशासनका सहसचिवहरूको सङ्ख्या नै कम भएकाले उपमहानगरपालिकाहरूमा प्रमुख प्रशासकीय अधिकृत ठ्याउन नसेको मन्त्रालयले जनाएको थियो । अहिले भने सबैजसोमा दरबन्दी पुर्ती गरिसकिएको प्रवक्ता भट्टराईले बताए ।

कर्णाली र सुदूरपश्चिममा धेरै खाली
उपसचिवलाई नगरपालिकाको जिम्मा दिइने चलन छ । प्रशासन क्षेत्रका उपसचिवले नेतृत्व लिनुपर्ने २७६ नगरपालिकामध्ये करिब ३० नगरपालिकामा अझै पनि निमित्तको भरमा नै रहेको मन्त्रालयलको तथ्यांक छ । पालिकाहरूमा भने शाखा अधिकृत नै प्रशासकीय प्रमुख हुन्छन् ।

प्रशासन क्षेत्रका शाखा अधिकृतको दरबन्दी रहने ४ सय ६० गाउँपालिकामध्ये झन्डै ६० जति गाउँपालिका अहिले पनि निमित्तको भरमा चलिरहेका छन् । विगतमा मधेस प्रदेशका धेरै स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतहरू खालि रहेकोमा अहिले त्यहाँका उपमहानगरबाहेक नगरपालिका र गाउँपालिकाको प्रशासनिक नेतृत्वले पूर्णता पाएको छ ।

सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेश ३० भन्दा बढी स्थानीय तह निमित्तको भरमा छन् । सुदूरपश्चिम रहेको आधा दर्जन नगरपालिकामा समेत निमित्तको भरमा छन् । झन्डै २० गाउँपालिका निमित्तको भरमा चलिरहेको छन् ।

भुक्तानीमा समस्या, बजेट बनाउन गाह्रो
प्रमुख प्रशासकीय अधिकृतको दरबन्दी रिक्त हुँदा झन्डै ढेढ सय बढी स्थानीय तह प्रभावित बनेका छन् । प्रशासकीय अधिकृत नहुँदा आर्थिक कारोबार, प्रशासनिक बाँडफाँट, विकास निर्माण र सेवा प्रवाह नै प्रभावित भएको हो ।

स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतले नै प्रशासनिक नेतृत्व गर्छन् । जसले गर्दा बजेट परिचालन र भुक्तानी सम्बन्धीमा काममा अलमल छ । यसले गर्दा विकासका काम समेत राम्रोसँग हुन सकेका छैनन् । चालु आर्थिक वर्ष २०८०/०८१ को बजेटको समयमा नै १ सय ४१ स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत थिएनन् । अब अहिले नयाँ बजेट बनाउने बेला भयो । प्रमुख प्रशासकीय अधिकृत नभएका ठाउँमा बजेट बनाउन सकस भएकाे छ ।

स्थानीय तहमा प्रशासनिक क्षेत्रबाहिरका कर्मचारी नेतृत्व हुँदा कार्यसम्पादन प्रभावकारी नहुने गुनासो गाउँपालिका राष्ट्रिय महासंघकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताइन् । संविधान र कानुन अनुसारका कर्मचारीहरू स्थानीय तहमा पठाइदिए काम गर्न धेरै सहज हुने पाण्डेकाे भनाइ छ ।

नवलपरासी, बर्दघाट सुस्ता पूर्वको हुप्सेकोट गाउँपालिकाकी अध्यक्षसमेत रहेकी पाण्डे प्रमुख प्रशासकीय अधिकृत नहुँदा स्थानीय तहको सेवा प्रवाहको मूल ढोका नै बन्द भएको बताउँछिन् । उनले भने, ‘संघ सरकारले स्थानीय तहको मर्म नबुझेर कर्मचारी पठाउन नसक्दा सङ्घीयतालाई नै असर परेको छ । अझ प्रमुख प्रशासकीय अधिकृत नहुँदा त ढोका बन्द भए जस्तो हुन्छ ।’

किन पठाउँदैन सरकारले ?
स्थानीय तहहरूले स्थापनादेखि नै प्रमुख प्रशासकीय अधिकृतको अभाव झेल्दै आएका छन्। दोस्रोपटक जनप्रतिनिधि निर्वाचित भएको २ वर्ष पुग्न लाग्दा पनि समस्या उही छ । यसको प्रमुख कारक संघीय निजामती सेवा ऐन जारी नहुनु मानिएको छ ।

स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत पठाउने विषय सरकारको प्राथमिकतामै नपरेजस्तो देखिएको पूर्व सचिव कृष्णहरि बाँस्कोटा बताउँछन् । उनी भन्छन्, ‘सरकारले पठाउन सक्दिनँ पनि भनेको छैन, आवश्यकताअनुसार पठाएको पनि छैन । यो अकर्मण्यता हो । निमित्तबाट सधैँ काम चलाउनु उपयुक्त होइन ।’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सीमाको विषय कूटनीतिक माध्यमबाटै सुल्झाउनुपर्छ : सांसद थापा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विक्रमसिंह थापाले सुनसरी, सिरहा र कपिलवस्तुमा भएका दुःखद घटनाप्रति प्रतिनिधिसभाको ध्यानाकर्षण गराएका छन्...

डिडिसीले दैनिक १५ हजार लिटर दूध खरिद गर्ने, कृषि केन्द्रीय संघ र साना किसानसँग त्रिपक्षीय सम्झौता

काठमाडौँ । नेपाल कृषि सहकारी केन्द्रीय संघ, साना किसान विकास लघुवित्त वित्तीय संस्था र दुग्ध विकास संस्थानबीच किसानबाट दूध खरिद तथा बिक्रीसम्बन्धी त्र...

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई बुधबार ललितपुरको बागडोलबाट पक्राउ गरिएको हो। श्रेष्ठविरुद्ध ...

दुई दशकदेखि रोकिएन पहिरो, घरआँगनमै आइपुग्दा पनि राज्य बेखबर

ओखलढुङ्गा । सिद्धिचरण नगरपालिका–५ डाँडाखर्कका पाँच परिवारका लागि पहिरो अब वर्षायामको मात्रै समस्या रहेन, हरेक दिनको त्रास बनेको छ। दुई दशकदेखि सिस्नेख...

पानीको संकटले रित्तिँदै पहाड : जहाँ मुहान सुके, त्यहाँ गाउँ नै खाली भए

पोखरा । हिमालको काख, पहाडका भिराला बस्ती र हरियालीले भरिएका गाउँलाई नेपालमा पानीको स्रोतको धनी मानिन्छ। तर पछिल्ला वर्षहरूमा यही पहाडमा पानीको संकट गह...

एप्पल इन्टरटेन्मेन्टको नयाँ फिल्म ‘भिडियोटेप’ घोषणा, उपासना र कुन्दन मुख्य भूमिकामा

काठमाडौँ । एप्पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको नयाँ नेपाली चलचित्र ‘भिडियोटेप’को औपचारिक घोषणा गरिएको छ। ललितपुरस्थित लाबिम मलमा आयोजित...

इट इज माइ ट्यालेन्टको जुलाई विजेता गिनीज अधिकारी, जितिन् ५० हजार रुपैयाँ

काठमाडौँ  । ‘इट इज माइ ट्यालेन्ट नेपाल’ सिजन–१ को जुलाई महिनाको विजेता गिनीज अधिकारी बनेकी छन्। प्रतिभा खोजीसम्बन्धी उक्त कार्यक्रमअन्तर्गत जुलाईको उत...

डब्लिन घोषणापत्र : एनआरएनएले उठायो नागरिकता, लगानीदेखि सुरक्षित वैदेशिक रोजगारीसम्मका १५ मुद्दा

काठमाडौँ । गैरआवासीय नेपाली संघको १७औँ युरोप क्षेत्रीय सम्मेलनले नेपाली नागरिकताको निरन्तरता, लगानीमैत्री वातावरण, सुरक्षित वैदेशिक रोजगारी, महिला तथा...

ग्वाङ्झाउमा एनआरएनएको एसिया प्रशान्त सम्मेलन हुँदै, नेपालमा लगानीदेखि नागरिकताको अधिकारसम्म बहस हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघको ११औँ एसिया प्रशान्त क्षेत्रीय सम्मेलन आगामी अगस्ट १५ देखि १७ सम्म चीनको ग्वाङ्झाउमा आयोजना हुने भएको छ। ‘आरोहण २०२६–...

कोशी सरकारबाट कांग्रेसका मन्त्री बाहिरिए, नयाँ सत्ता समीकरणले बदलियो प्रदेशको राजनीति

विराटनगर । केन्द्रमा फेरिएको सत्ता समीकरणको असर कोशी प्रदेश सरकारमा पनि देखिएको छ। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ राजनीतिक सहकार्य बने...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending