Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

कोशीका लागि माओवादीले माग्यो राष्ट्रिय गौरवका पन्ध्र योजना

खबरडबली संवाददाता

विराटनगर । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश समितिले आगामी आर्थिक वर्षमा कोशी प्रदेशमा रहेका विभिन्न १५ वटा आयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गरी बजेट विनियोजन गर्न माग गरेको छ । प्रदेश समितिको तर्फबाट अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो)ले प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्डलाई पत्र लेख्दै सरकारले निर्माण गर्न लागेको आगामी आर्थिक वर्षको बजेटमा उक्त ठूला १५ आयोजनाहरु समावेश गरी यथोचित बजेट विनियोजन गर्न माग गरेका हुन् ।

त्यस्ता आयोजनाहरुमा कोशी टप्पुमा रहेको सरकारी स्वामित्वको २१ हजार बिघा जमिनलाई पिपिपी मोडेलमा नमूना कृषि क्षेत्र निर्माण गर्नुपर्ने, दूधकोशी जलाशययुक्त आयोजना र तमोर जलाशययुक्त आयोजनाको कामलाई यथाशीघ्र अगाडि बढाउनु पर्ने, जोगवनी–सगरमाथा बेसक्याम्प फास्ट ट्र्याक निर्माण र जिरी–सगरमाथा सडक मार्गको आवश्यक अध्ययन गरी यथाशीघ्र काम अघि बढाउनु पर्ने उल्लेख छ ।

यस्तै तमोर कोरिडोर (मुलघाट ओलाङ्चुङगोला– तिप्तला भन्ज्याङ नाका) सडक स्तरोन्नति गर्ने र जोगवनी–किमाथाङ्का सडकको काम तीव्र गतिमा अघि बढाउनु पर्ने, चतरा–घुर्मी सडक खण्ड निर्माण गर्ने र चतरा नहर सडक स्तर उन्नति गर्नुपर्ने, बहुउद्देश्यीय तमोर सिंचाइ डाइभर्सन (विद्युत, सिंचाइ र खानेपानी) आयोजना डि.पि.आर. गरी अगाडि बढाउनु पर्ने, धरान–लेउती सुरुङ मार्ग निर्माणको योजना प्राथमिकतामा राखि काम अगाडि बढाउने ।

राधानगर–वाहुनी, मोरङमा रहेको पेट्रोलियम पदार्थको अन्वेषण र उत्खनन् गर्नुपर्ने, हिमाली र पहाडी जिल्लाको बसाइँ सराइ रोकथाम गर्न शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, शहरीकरणलगायतका विविध क्षेत्रमा विशेष प्याकेज कार्यक्रम घोषणा गरी यथाशीघ्र कार्ययोजना बनाइ लागू गर्नुपर्ने माग समावेश छ ।

यस्तै मदन भण्डारी लोकमार्गलाई कृषि, औद्योगिक र पर्यटकीय केन्द्रको रूपमा विकास गर्नुपर्ने, जुट उत्पादनको विशेष योजनासहित विराटनगर जुट मिल सञ्चालन गर्नुपर्ने, प्रदेशमा उत्पादन भएका चिया, अलैंची, सुपारी, कफी, जडीवुटिहरु र दूधजन्य उत्पादनमा आधारित उद्योग स्थापना गरी आन्तरिक र अन्तर्राष्ट्रिय बजार व्यवस्थापन गर्ने र उत्पादनलाई आधुनिकीकरण गर्नुपर्ने, विराटनगरको ऐतिहासिक मजदुर आन्दोलन, किरात, लिम्बू र कोचको संस्कृति, जनयुद्ध र सुखानी प्रदेश स्तरीय संग्रहालयहरु निर्माण गुर्नपर्ने पनि उक्त मागमा समावेश छ ।

यस्तै मातृ भाषाको माध्यमबाट माध्यमिक तहसम्म अनिवार्य, निःशुल्क शिक्षाको व्यवस्था गर्ने र बहुभाषिक विद्यालय स्थापना गरी प्रदेशमा बोलिने सबै मातृभाषा सम्बद्र्धन र विकासको ठोस योजना बनाइ लागू गर्नुपर्ने, विद्यार्थीको सहज बुझाइको लागि भूगोल, भाषा र संस्कृति अनुसारको पाठ्यक्रम तर्जुमा गर्ने, हिंसा पीडित र परिवारवाट विस्थापित महिलाहरू संरक्षणको लागि प्रत्येक प्रदेशमा काउन्सिलिङ, स्वस्थ्य उपचार र उद्यम सिप तालीमसहितको सेल्टर होमको निर्माण गर्नुपर्ने र प्रदेशका जिल्लाहरूबाट माग भई आएका अन्य मझौला योजनासमेत समावेस गरी यथोचित बजेट बिनियोजन गर्न प्रधानमन्त्री प्रचण्डलाई उनले आग्रह गरेका हुन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा ओखलढुंगामा उम्मेदवारी सिफारिसमा विवाद, १५ जनामा कसले पाउला टिकट ?

ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...

नेकपा सिन्धुलीमा प्रचण्डदेखी पानीराजसम्म सिफारिस

सिन्धुली । सिन्धुली- २ बाट नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम प्रत्यक्षतर्फ उम्मेद्वारका रूपमा सिफारिस गरिएको छ । फागुन २१ गते निर्धारित प्...

भिजिट भिसा सेटिङ प्रकरणमा जाेडीएका उपसचिव तिवारीकाे पर्वतमा सरुवा

अख्तियार अनुसन्धानको क्रममा प्रशासनिक सरुवा, म्याग्दीबाट जगेडा हुँदै नयाँ जिम्मेवारीमा

कांग्रेस–एमालेबीच सहकार्यको तयारी : राष्ट्रिय सभा निर्वाचनलाई केन्द्रबिन्दु बनाउँदै

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच गठबन्धन र एकताको प्रयास जारी रहँदा संसद् विघटनपछि कांग्रेस र एमाले पनि निरन्तर संवादमा रहेका छन्। विशेषगरी आग...

नेकपा प्युठानले प्रतिनिधिसभा र समानुपातिक उम्मेदवार सिफारिस गर्‍यो

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्युठानले ७ जनाको उम्मेदवार सिफारिस गरेको छ। निर्व...

संसद् फिर्ता आउँदैन, कांग्रेस–एमालेले निर्वाचनतर्फ ध्यान दिए हुन्छः प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् पुनर्स्थापना नहुने दाबी गर्दै अबको राजनीतिक निकास निर्वाचन नै भएको बताएक...

रवि लामिछाने–बालेनबीचको सहमति शनिबार हुने, सैद्धान्तिक छलफल बाँकी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बीच आज हुने भनिएको सहमति शनिबारका ला...

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक : नागरिकता नियमावली संशोधनदेखि इराकबाट फर्किएकालाई श्रमस्वीकृति

काठमाडौं । सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर...

बंगलादेशमा धार्मिक अल्पसंख्यकमाथि बढ्दो हिंसाप्रति भारतको गम्भीर चिन्ता

काठमाडौं । भारतले बंगलादेशमा हिन्दू, ईसाई र बौद्धलगायत धार्मिक अल्पसंख्यक समुदायविरुद्ध शत्रुता र हिंसा बढ्दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ।...

राजनीति र दाम्पत्यको टकरावपछि फेरि एउटै मञ्चमा रेशम–रञ्जिता

धनगढी । श्रीमान्–श्रीमतीको सम्बन्ध मात्र होइन, पार्टी नेतृत्वसमेत फरक–फरक धारमा पुगेपछि छुट्टिएका रेशम चौधरी र रञ्जिता श्रेष्ठ पुनः एउटै राजनीतिक यात्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending