Khabar Dabali २८ श्रावण २०८३ बिहीबार | 13th August, 2026 Thu
Investment bank

ऐलानी जग्गा व्यक्तिका नाममा दर्ता गर्न चलखेल

खबरडबली संवाददाता

सिरहा । तीनपुस्तादेखि बस्दै आएको थातथलो छोड्नुपर्ने खबर एक्कासी सुनेपछि सिरहाको धनगढीमाई नगरपालिका–३ स्थित कुरवा हनुमाननगरका भुटाई कामैतको मनमा छटपटी र तनाब बढेको छ । उनीसँग सम्पतिको नाममा टाटीले बारेको एउटा झुपडी र पाँच कट्ठा जग्गा छ । त्यो पनि छोडेर हिँड्नुपर्यो भने कहाँ जाने टुङ्गो छैन । उनीसँग न कुनै वैकल्पिक व्यवस्था छ, न त कतै जग्गा किनेर बस्नसक्ने जेथा । 

हनुमाननगरमा कामैत जस्ता तीन सय ३६ घरपरिवारले एक सय पाँच बिघा क्षेत्रफल ऐलानी जग्गामा सदियौंदेखि जोतभोग गर्दै आएका थिए । तर भूमाफियाको सेटिङमा विसं २०७७ चैत ३१ पूर्ववडाध्यक्ष देवकुमार साहले सिराहा नगरपालिका–१७ माडरका सत्यनारायणप्रसाद साह, अरुण साहलगायत २४ जनामा जग्गाको हकभोग रहेको सिफारिस बनाइदियो । त्यसयता हनुमाननगरवासी चिन्ताले निदाउन सकेका छैनन् । 

सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता गर्न निवर्तमान वडाध्यक्ष साहले बस्तीका सात जनाको ल्याप्चेसहित सार्वजनिक सर्जिमिन मुचुल्का उठाएका थिए । तीन वर्षअघि आफैँले ल्याप्चे हानेको मुचुल्काले आफैँलाई उठीबास लगाउला भन्ने कामैतले सोचेका  थिएनन् । “झुक्याएर ल्याप्चे हान्न लगाइयो । हामी गरिब तथा अनपढ मानिसले के बुझ्नु र हजुर,” कामतीले भने, “जसो गर भने उसै गरिदियौँ, के जान्नु र पछि दुःख पाइन्छ भन्ने ।”

यही सर्जिमिन मुचुल्का र वडा सिफारिसका आधारमा गत फागुन २७ गते मालपोत कार्यालय लहान, सिरहाको निर्णयबमोजिम फागुन ३० गते ३५ दिने हकदाबी सूचना प्रकाशित भएछि स्थानीय सशङ्कीत भएका थिए । सरकारी अमानतमा रहेको जग्गा एक्कासी व्यक्तिले माग दाबी गरेपछि जग्गा दाखा दर्ता रोक्काको माग गर्दै सयौँ पीडितले आइतबार लहानस्थित मालपोत कार्यालय घेराउ गरेका छन् । नारा जुलुससहित लहान मालपोत कार्यालय पुगेका उनीहरुले वडाको सिफारिससहित जग्गाको माग दाबीसहित निवेदन दर्ता गराएका छन् ।

आर्थिक प्रभावमा परी पूर्ववडाध्यक्ष साहले सिफारिश दिएको र त्यसका आधारमा मालपोतले सूचना जारी गरेपछि दर्ता रोक्न मागसहित मालपोतमा निवेदन दिएको वर्तमान वडाध्यक्ष वीरेन्द्र साहले जानकारी दिए । उनले भने, “पुस्तौँदेखि उक्त ठाउँमा बसोबास मात्र छैन, करिब १० बिघा क्षेत्रफलमा फैलिएको पौराणिक, धार्मिक तथा पर्यटकीय क्षेत्र राजदेवी मन्दिर, तथा दुई वटा सामुदायिक विद्यालयसमेत छ । यति हुँदाहुँदै निवर्तमान वडाध्यक्षले भू(माफियासँग प्रभावित भइ वडा सिफारिस दिएको हुनसक्छ ।”

धनगढीमाई नगरपालिकाका पूर्वनगरप्रमुख हरिनारायण चौधरीका अनुसार विसं ०२१ को भूमिसुधारअनुसार हदबन्दीभन्दा बढी भएको जग्गा नापजाँचका क्रममा कसैले दाबी नगरेपछि सार्वजनिक ठहरिएकोमा विपन्न, दलित, सुकुम्बासीले खनजोत र बसोबास गरेका थिए । 

विसं २०५५ तिर तत्कालीन विद्रोही माओवादीले खनजोतका आधारमा स्थानीय विपन्न, दलित, सुकुम्बासीलाई पाँच कट्ठादेखि एक बिघासम्म सोही जग्गा वितरण गरेका थिए ।  

पुस्तौँसम्म कसैले जग्गा दाबी गर्न नआएकोमा हाल आएर हकदाबी सूचना निकालिनु षड्यन्त्र भएको अर्का पीडित श्यामलाल कामैतले बताए । आर्थिक चलखेलले आफूहरुलाइ उठिबास लगाउन खोजेको उनको भनाइ छ । पुरानै स्थितिमा जग्गा नफर्कंदासम्म आन्दोलन जारी रहने उनले बताए । पूर्ववडाध्यक्ष साहले यसअघि गाउँमा भएको छलफलमा पाँचपटक सम्म  गल्ती स्वीकार्नु भएको पीडित बताउँछन् । 

मालपोत कार्यालय लहान सिरहाका प्रमुख दीपेन्द्रप्रसाद चौधरीले ३५ दिने माग दाबीे सूचनाको आधारमा स्थानीयले अर्को मागदावी सहित निवेदन ल्याएकाले दर्ता गरी सम्बन्धित निकायको निर्देशनबमोजिम प्रक्रिया अगाडि बढाइने जानकारी दिए ।

पीडितले सरकारी जग्गा कीर्ते गरी व्यक्तिका नाममा दर्ता गर्ने प्रक्रियामा संलग्नको अनुसन्धान गरी कारबाही गर्न माग गरेका छन् । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सीमाको विषय कूटनीतिक माध्यमबाटै सुल्झाउनुपर्छ : सांसद थापा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विक्रमसिंह थापाले सुनसरी, सिरहा र कपिलवस्तुमा भएका दुःखद घटनाप्रति प्रतिनिधिसभाको ध्यानाकर्षण गराएका छन्...

डिडिसीले दैनिक १५ हजार लिटर दूध खरिद गर्ने, कृषि केन्द्रीय संघ र साना किसानसँग त्रिपक्षीय सम्झौता

काठमाडौँ । नेपाल कृषि सहकारी केन्द्रीय संघ, साना किसान विकास लघुवित्त वित्तीय संस्था र दुग्ध विकास संस्थानबीच किसानबाट दूध खरिद तथा बिक्रीसम्बन्धी त्र...

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई बुधबार ललितपुरको बागडोलबाट पक्राउ गरिएको हो। श्रेष्ठविरुद्ध ...

दुई दशकदेखि रोकिएन पहिरो, घरआँगनमै आइपुग्दा पनि राज्य बेखबर

ओखलढुङ्गा । सिद्धिचरण नगरपालिका–५ डाँडाखर्कका पाँच परिवारका लागि पहिरो अब वर्षायामको मात्रै समस्या रहेन, हरेक दिनको त्रास बनेको छ। दुई दशकदेखि सिस्नेख...

पानीको संकटले रित्तिँदै पहाड : जहाँ मुहान सुके, त्यहाँ गाउँ नै खाली भए

पोखरा । हिमालको काख, पहाडका भिराला बस्ती र हरियालीले भरिएका गाउँलाई नेपालमा पानीको स्रोतको धनी मानिन्छ। तर पछिल्ला वर्षहरूमा यही पहाडमा पानीको संकट गह...

एप्पल इन्टरटेन्मेन्टको नयाँ फिल्म ‘भिडियोटेप’ घोषणा, उपासना र कुन्दन मुख्य भूमिकामा

काठमाडौँ । एप्पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको नयाँ नेपाली चलचित्र ‘भिडियोटेप’को औपचारिक घोषणा गरिएको छ। ललितपुरस्थित लाबिम मलमा आयोजित...

इट इज माइ ट्यालेन्टको जुलाई विजेता गिनीज अधिकारी, जितिन् ५० हजार रुपैयाँ

काठमाडौँ  । ‘इट इज माइ ट्यालेन्ट नेपाल’ सिजन–१ को जुलाई महिनाको विजेता गिनीज अधिकारी बनेकी छन्। प्रतिभा खोजीसम्बन्धी उक्त कार्यक्रमअन्तर्गत जुलाईको उत...

डब्लिन घोषणापत्र : एनआरएनएले उठायो नागरिकता, लगानीदेखि सुरक्षित वैदेशिक रोजगारीसम्मका १५ मुद्दा

काठमाडौँ । गैरआवासीय नेपाली संघको १७औँ युरोप क्षेत्रीय सम्मेलनले नेपाली नागरिकताको निरन्तरता, लगानीमैत्री वातावरण, सुरक्षित वैदेशिक रोजगारी, महिला तथा...

ग्वाङ्झाउमा एनआरएनएको एसिया प्रशान्त सम्मेलन हुँदै, नेपालमा लगानीदेखि नागरिकताको अधिकारसम्म बहस हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघको ११औँ एसिया प्रशान्त क्षेत्रीय सम्मेलन आगामी अगस्ट १५ देखि १७ सम्म चीनको ग्वाङ्झाउमा आयोजना हुने भएको छ। ‘आरोहण २०२६–...

कोशी सरकारबाट कांग्रेसका मन्त्री बाहिरिए, नयाँ सत्ता समीकरणले बदलियो प्रदेशको राजनीति

विराटनगर । केन्द्रमा फेरिएको सत्ता समीकरणको असर कोशी प्रदेश सरकारमा पनि देखिएको छ। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ राजनीतिक सहकार्य बने...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending