Khabar Dabali २८ श्रावण २०८३ बिहीबार | 13th August, 2026 Thu
Investment bank

जबरजस्ती गर्भपतन गराएको र बलात्कार गरेको आरोपमा महेश बस्नेतविरूद्ध प्रहरीमा जाहेरी

खबरडबली संवाददाता

काठमाडाैं । एमाले नेता महेश बस्नेत विरूद्ध एक महिलाले प्रहरीमा जाहेरी दिएकी छन्। आफूलाई पटक पटक बलात्कार गरेको र जबरजस्ती गर्भपत गराइदिएको भन्दै उनले प्रहरीमा उजुरी दिएकी हुन् ।  

जाहेरी हुलाकबाट र जिल्ला सरकारी वकिल कार्यालयबाट पनि आएको र जाहेरीका बारेमा नै बुझ्ने काम गरिरहेको प्रहरीले जनाएकाे छ। 

प्रहरीले मुलुकी फौजदारी संहिताअनुसार जाहेरी दर्ता गरेपनि उनले राखेका मागबारे अनुसन्धान गरिरहेकाे काठमाडौं प्रहरी परिसर प्रमुख भुपेन्द्र खत्रीले  बताए।  अब एक दुई दिनमा कसरी अघि बढ्ने भन्ने विषयमा टुंगो  लाग्ने बताउँदै उनले पक्राउ पूर्जीका लागि अनुमति लिन अदालत नगएको बताए। 

यत्तिका प्रमाणसहित यस्तै जाहेरी लिएर सामान्य व्यक्तिविरूद्ध कोही आएको भए प्रहरीले के गर्थ्यो? कति दिनसम्म बुझ्थ्यो? भन्ने प्रश्नमा खत्रीले भने- हामीले ठूलो सानो सबैलाई बराबर गर्छौं। 'रूल अफ ल' मा सबैलाई बराबर हुन्छ।

केहीसमय अघि पीडितले प्रहरीमा जाहेरी दिएकी थिइन्। प्रहरीमा जाहेरी अघि नबढाएको भन्दै उनी सुरूमा सरकारी वकिल कार्यालय काठमाडौंमा गएकी थिइन्। पछि उनले हुलाकमार्फत उजुरी दिएकी थिइन् । उक्त उजुरीमाथि छानविन गर्न भन्दै आफूहरूले केही समयअघि काठमाडौं प्रहरी परिसरमा पठाएको सरकारी वकिल कार्यालयका प्रमुख सन्देश श्रेष्ठले जानकारी दिए। 

‘आजभन्दा १०/१२ दिन अघि नै हामीकहाँ गुनासो आएको थियो पछि हुलाकमार्फत जाहेरी आयो,’ उनले भने, 'हामीले यसमा आवश्यक कारबाही अघि बढाउनु भनेर काठमाडौं प्रहरीलाई लेखी पठाएका थियौं। प्रहरीले बुझ्दै होला।’

बस्नेत र आफ्नो १० वर्षदेखि प्रेम सम्बन्ध रहेको तर पछिल्लो समय बस्नेतले आफूलाई झुक्याएर गलत औषधि खान दिई गर्भपतन गराइदिएको, बिरामी अवस्थामा बलात्कार गरेको पीडित महिलाको दाबी छ। 

मंसिरमा भारतको तुलसी हेल्थकेयर अस्पताल र फागुन ७ गते आफू बस्ने काठमाडौंस्थित अपार्टमेन्टमा महेशले जबरजस्ती करणी गरेको पीडितको दाबी छ।

'यसरी निज कसुरदारले म जाहेरवालालाई मिति २०८० मंसिरमा भारतको तुलसी हेल्थकेयर अस्पतालमा १ पटक र मिति २०६०/११/०७ मा अपार्टमेन्टमा १ पटक गरी २ पटक जबरजस्ती करणी गरेको हुँदा निजलाई तत्काल पक्राउ गरी मुलुकी अपराध संहिता २०७४ को दफा २१९ बमोजिमको कसुरमा हदै सम्मको कारबाही गरी न्याय इन्साफ दिलाई पाउँ,' जाहेरीमा भनिएको छ, 'त्यस्तै निज कसुरदारले म जाहेरवालालाई झुक्काएर थाहा/जानकारी नदिई औषधि खुवाएर म जाहेरवालाको पेटमा रहेको दुई महिना १५ दिनको गर्भलाई गर्भपतन गराएको हुँदा निज कसुरदारको उल्लेखित कार्य मुलुकी अपराध संहिता २०७४ को दफा १८८ को विपरितको कसुर भएको हुनाले निज कसुरदारहरूलाई उक्त कसुरमा समेत हदैसम्मको सजाय गरी पाउँ।'

फागुन ८ गते बिहान महेशले दुईजना व्यक्ति पठाएर आफ्नो मोबाइल, ल्यापटप सुनका गहना हिराको औँठी लगायत सामानहरू लुटेर लगेको आरोप पनि पीडित महिलाले लगाएकी छन्।

'कसुरदारले मिति २०८०/११/०८ गते प्रमाण नष्ट गराउने उद्देश्यले म जाहेरवालाको अपार्टमेन्टमा २ जना मान्छे पठाइ मोबाइल थान ३, ल्यापटपको हार्डडिस्क, साढे तीन तोलाको सुनको ब्रासलेट, डेढ तोलाको बेरुवा औँठी, एउटा सुन र अर्को हिरा समेत दुईवटा रिङ समेत चोरी गरेको हुँदा निज महेश बस्नेत र नाम नखुलेको अर्का २ जनालाई समेत अनुसन्धान गरी निजहरूलाई समेत मुलुकी अपराध संहिता २०७४ को दफा २४४ (१) (घ) बमोजिमको कसुरमा समेत हदै सम्मको कारबाही गरी पाउँ,' जाहेरीमा भनिएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सीमाको विषय कूटनीतिक माध्यमबाटै सुल्झाउनुपर्छ : सांसद थापा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विक्रमसिंह थापाले सुनसरी, सिरहा र कपिलवस्तुमा भएका दुःखद घटनाप्रति प्रतिनिधिसभाको ध्यानाकर्षण गराएका छन्...

डिडिसीले दैनिक १५ हजार लिटर दूध खरिद गर्ने, कृषि केन्द्रीय संघ र साना किसानसँग त्रिपक्षीय सम्झौता

काठमाडौँ । नेपाल कृषि सहकारी केन्द्रीय संघ, साना किसान विकास लघुवित्त वित्तीय संस्था र दुग्ध विकास संस्थानबीच किसानबाट दूध खरिद तथा बिक्रीसम्बन्धी त्र...

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई बुधबार ललितपुरको बागडोलबाट पक्राउ गरिएको हो। श्रेष्ठविरुद्ध ...

दुई दशकदेखि रोकिएन पहिरो, घरआँगनमै आइपुग्दा पनि राज्य बेखबर

ओखलढुङ्गा । सिद्धिचरण नगरपालिका–५ डाँडाखर्कका पाँच परिवारका लागि पहिरो अब वर्षायामको मात्रै समस्या रहेन, हरेक दिनको त्रास बनेको छ। दुई दशकदेखि सिस्नेख...

पानीको संकटले रित्तिँदै पहाड : जहाँ मुहान सुके, त्यहाँ गाउँ नै खाली भए

पोखरा । हिमालको काख, पहाडका भिराला बस्ती र हरियालीले भरिएका गाउँलाई नेपालमा पानीको स्रोतको धनी मानिन्छ। तर पछिल्ला वर्षहरूमा यही पहाडमा पानीको संकट गह...

एप्पल इन्टरटेन्मेन्टको नयाँ फिल्म ‘भिडियोटेप’ घोषणा, उपासना र कुन्दन मुख्य भूमिकामा

काठमाडौँ । एप्पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको नयाँ नेपाली चलचित्र ‘भिडियोटेप’को औपचारिक घोषणा गरिएको छ। ललितपुरस्थित लाबिम मलमा आयोजित...

इट इज माइ ट्यालेन्टको जुलाई विजेता गिनीज अधिकारी, जितिन् ५० हजार रुपैयाँ

काठमाडौँ  । ‘इट इज माइ ट्यालेन्ट नेपाल’ सिजन–१ को जुलाई महिनाको विजेता गिनीज अधिकारी बनेकी छन्। प्रतिभा खोजीसम्बन्धी उक्त कार्यक्रमअन्तर्गत जुलाईको उत...

डब्लिन घोषणापत्र : एनआरएनएले उठायो नागरिकता, लगानीदेखि सुरक्षित वैदेशिक रोजगारीसम्मका १५ मुद्दा

काठमाडौँ । गैरआवासीय नेपाली संघको १७औँ युरोप क्षेत्रीय सम्मेलनले नेपाली नागरिकताको निरन्तरता, लगानीमैत्री वातावरण, सुरक्षित वैदेशिक रोजगारी, महिला तथा...

ग्वाङ्झाउमा एनआरएनएको एसिया प्रशान्त सम्मेलन हुँदै, नेपालमा लगानीदेखि नागरिकताको अधिकारसम्म बहस हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघको ११औँ एसिया प्रशान्त क्षेत्रीय सम्मेलन आगामी अगस्ट १५ देखि १७ सम्म चीनको ग्वाङ्झाउमा आयोजना हुने भएको छ। ‘आरोहण २०२६–...

कोशी सरकारबाट कांग्रेसका मन्त्री बाहिरिए, नयाँ सत्ता समीकरणले बदलियो प्रदेशको राजनीति

विराटनगर । केन्द्रमा फेरिएको सत्ता समीकरणको असर कोशी प्रदेश सरकारमा पनि देखिएको छ। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ राजनीतिक सहकार्य बने...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending