Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

सुडानमा विद्रोहीको आक्रमणमा २० जनाको मृत्यु

खबरडबली संवाददाता

एजेन्सी । सुडानको राजधानी खार्तूमबाट दक्षिणमा रहेको एक गाउँमा भएको आक्रमणमा परी कम्तीमा २० जनाको मृत्यु भएको स्थानीय अधिकारकर्मीको समितिले आइतबार जनाएको छ ।

र्‍यापिड सपोर्ट फोर्सेज (आरएसएफ) ले शनिबार शहरबाट १५० किलोमिटर दक्षिणमा रहेको उम आदम गाउँमा आक्रमण गरेको स्थानीय प्रतिरोध समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सुडानका सेना प्रमुख अब्देल फतह अल बुरहानको नेतृत्वमा रहेको सेना र उनका पूर्व सहायक मोहमद हमदान डग्लोको नेतृत्वमा रहेको आरएसएफबीच गत अप्रिल १५ देखि युद्ध सुरु भएको थियो ।

संयुक्त राष्ट्रसङ्घका विज्ञहरूका अनुसार युद्धग्रस्त डार्फर क्षेत्रको एउटा सहरमा १५ हजारभन्दा बढी मानिस मारिएका छन् । यस युद्धले ८५ लाखभन्दा बढी मानिस विस्थापित भएका छन् । सुडानको पहिलेदेखि नै कमजोर अवस्थामा रहेका पूर्वाधारहरूलाई व्यावहारिक रूपमा ध्वस्त पारेको छ र देशलाई अनिकालको सङ्घारमा धकेलेको छ ।

शनिबारको आक्रमणमा २० भन्दा बढी व्यक्तिको मृत्यु भएको तर सबै जनाको मृत्युबारे पुष्टि भइसकेको छैन । आक्रमणमा परी २०० भन्दा बढी घाइते भएका छन् । 

घटनास्थलबाट ८० किलोमिटर टाढा रहेको मानकिल अस्पतालका एक मेडिकल स्रोतले एएफपीलाइ दिएको जानकारी अनुसार आयतबारको आक्रमणमा २०० जना घाइते भएको र तीमध्ये केही उपचारका लागि निकै ढिलो आइपुगेको’ पुष्टि गरेका छन् ।

“हामीसँग पर्याप्त स्वास्थ्यकर्मी र रगतको अभाव छ,” उनले भने । संयुक्त राष्ट्रसङ्घका अनुसार सुडानका ७० प्रतिशतभन्दा बढी स्वास्थ्य संस्थाहरू सेवाविहीन छन् भने बाँकी स्वास्थ्य संस्थाहरूले आफ्नो क्षमताभन्दा कयौं गुणा बढी र थोरै स्रोत साधन पाएका छन् ।

द्वन्द्वका दुवै पक्षमाथि सर्वसाधारणलाई लक्षित गर्ने, आवासीय क्षेत्रमा अन्धाधुन्ध गोलाबारी गर्ने, लुटपाट गर्ने र सहायतामा अवरोध पुर्‍याउनेजस्ता युद्ध अपराधको आरोप लगाइएको छ । गत डिसेम्बरमा खार्तूमको दक्षिणमा रहेको अल–जाजिरा राज्यकब्जा गरेयता आरएसएफले उम आदमजस्ता सम्पूर्ण गाउँलाई घेराबन्दी गरी आक्रमण गर्दै आएको छ ।

बेलायतस्थित युद्ध अनुगमनकारी एक संस्थाका अनुसार मार्चसम्ममा देशभरका कम्तीमा १०८ गाउँ र बस्तीमा आगो लगाइएको र यसबाट ‘आंशिक वा पूर्ण रूपमा घरहरू नष्ट’ भएका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन: मतदान केन्द्रमा प्रवेशको समय १० बजेसम्म, १२ सय मत खस्याे

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान  केन्द्रमा प्रवेशको समय १० बजेसम्म थपिएकाे छ ।  मतदानको लागि मतदान केन्द्रमा प्रवेशको स...

बारामा नहरमा डुबेको अवस्थामा पुरुषको शव फेला

बारा । बाराको परवानीपुर गाउँपालिका–४ स्थित स्वास्थ्य चौकी नजिकको सेकेन्ड्री नहरमा एक पुरुषको शव फेला परेको छ। बुधबार दिउँसो कल्भर्ट मुनि पानीमा डुब...

प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध साढे १४ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित ६ जनाविरुद्ध १४ लाख ६६ हजार ५०३ रुपैयाँ बराबरको भ्र...

ताेकियाे राष्ट्रिय सभा निर्वाचनकाे लागि मतदान केन्द्र

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ ।  आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रस...

मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद

सल्यान । प्रहरीले मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट लुकाईछिपाइ राखेका ३३ थान भरुवा बन्दुक बराम...

स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम

भोजपुर । विपद् व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु भएको छ । भोजपुर नगरपालिकासँगको ...

जापानद्वारा मुद्रास्फीति नियन्त्रणका लागि १२ सय खर्ब येनको रेकर्ड बजेट प्रस्ताव

काठमाडाैँ । जापान सरकारले आगामी आर्थिक वर्षका लागि १२०० खर्ब येन (करिब सात खर्ब ७५ अर्ब अमेरिकी डलर) भन्दा बढीको अहिलेसम्मकै सबैभन्दा ठुलो प्रारम्भिक ...

गाेरखामा माछा मार्न गएका एक पुरुष मृत फेला

गोरखा । माछा मार्न भनी गएका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । यहाँको बारपाक सुलिकोट गाउँपालिका–५, ताकुमाँझ आरुखर्कका ३२ वर्षीय दलबहादुर बराम खोल...

पर्यटकीयस्थल भाेजपुरकाे तावा भञ्ज्याङ ओझेलमा

भोजपुर । भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भञ्ज्याङ पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको ...

कांग्रेसका तीन परिपत्र कार्यान्वयन भएनन्

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतका निकायलाई तीन पटकसम्म परिपत्र जार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending