एजेन्सी । इजराइली सेनाले शनिबार उसका सैनिकहरूले अक्टोबर ७ मा दक्षिणी इजराइली समुदायमाथि भएको आक्रमणका क्रममा प्यालेस्टिनी लडाकू समूह हमासद्वारा अपहृत एक बन्धकको शव बरामद गरेको बताएको छ ।
इलाद कात्जिरको शव भेटिएपछि सेनाले युद्धका क्रममा गाजाबाट घर ल्याएको शवको सङ्ख्या १२ पुगेको छ । यद्यपि कात्जिरको मृत्युका लागि इजराइली अधिकारीहरूलाई दोष दिएकी उनकी बहिनीलाई कुनै सान्त्वना प्राप्त भएन ।
“इस्लामिक जिहादी लडाकू सङ्गठनद्वारा बन्दी बनाएर हत्या गरिएका अपहृत इलाद कात्जिरको शव रातारात खान युनिसबाट उद्धार गरेर र इजराइली क्षेत्रमा ल्याइएको छ”, सेनाले एक विज्ञप्तिमा भनेको छ । आक्रमणको समयमा ४७ वर्षीय कात्जिरलाई उनकी आमा हन्नासँगै निर ओज किबुत्ज समुदायबाट अपहरण गरिएको थियो ।
गाजा युद्धमा एक साताको युद्धविरामका क्रममा नोभेम्बर २४ मा उनलाई रिहा गरिएको थियो । सेनाका अनुसार कात्जिरका बुबा अब्राहम किबुत्जमा आक्रमणका क्रममा मारिएका थिए ।
उनकी बहिनी कार्मिट पाल्टी कात्जिरले आफ्नो फेसबुक पेजमा लेखेकी छिन्, “इलादलाई निर ओजमा उनको घरबाट अपहरण गरिएको थियो ।” उनले आफ्नो दाजुको मृत्युका लागि इजराइली अधिकारीहरूलाई दोष दिँदै नयाँ युद्धविराम सम्झौतामा अधिकारीहरू सहमत भएको भए उनी जीवित फर्किने बताइन ।
“हाम्रो नेतृत्व कायर छ र राजनीतिक विचारबाट प्रेरित छ, त्यसैले अहिलेसम्म सम्झौता हुन सकेको छैन”, उनले लेखेकी छन्,“प्रधानमन्त्री, युद्ध मन्त्रिमण्डल र गठबन्धनका सदस्यः आफूलाई ऐनामा हेर्नुहोस् र भन्नुहोस् तपाईंको हातले रगत बगेको छैन ।”
उनको टिप्पणीले युद्ध सञ्चालनलाई लिएर प्रधानमन्त्री बेन्यामिन नेतान्याहुको गठबन्धन सरकारमाथि बढ्दो दबाबलाई दर्शाउँछ । आइतबार गाजा युद्ध सुरु भएको छ महिना पुगेकाले वार्ताकारहरूले सप्ताहन्तमा कायरोमा युद्धविराम–बन्धक सम्झौतालाई नयाँ सिराबाट जोड दिने अपेक्षा गरिएको थियो ।
नोभेम्बरमा एक साताको युद्धविरामपछि पुनः सुरु भएको वार्तामा कुनै प्रगति भएको छैन । युद्धको प्रारम्भपछि एउटा मात्र यस्तो सम्झौता भएको थियो जसमा इजराइलद्वारा हिरासतमा लिइएका प्यालेस्टिनी कैदीहरूका लागि केही बन्धकको आदानप्रदान भएको थियो ।
अहिलेसम्मको सबैभन्दा रक्तपातपूर्ण गाजा युद्ध अक्टोबर ७ मा हमास लडाकूहरूले गाजामा अभूतपूर्व आक्रमणका साथ सुरु भएको हो । हमासको आक्रमणमा दक्षिणी इजराइलमा अधिकांश सर्वसाधारणसहित एक हजार एक सय ७० मानिसको मृत्यु भएको थियो ।
हमासद्वारा सञ्चालित क्षेत्रको स्वास्थ्य मन्त्रालयका अनुसार हमासलाई निमिट्यान्न पार्ने वाचा गरेको इजराइलले हवाई, स्थल र समुद्रबाट लगातार बमबारी गरेको छ । इजराइली आक्रमणमा अहिलेसम्म अधकांश महिला तथा बालबालिकासहित कम्तीमा ३३ हजार एक सय ३७ जनाको ज्यान गएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - २०:३५
काठमाडौँ । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि भोलि(बुधबार) बिहान ८ बजे मतदान हुने भएको छ । आज हुने भनिएकाे मतदान प्राविधिक समस्याका कारण स्थगित ...
पौष १ गते, २०८२ - २०:१८
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्व(अध्यक्ष)का लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा उत्रिएका...
पौष १ गते, २०८२ - २०:१२
खोटाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिबोल गजुरेलले समाजवादी क्रान्तिका लागि शक्ति सञ्चय गर्न वामपन्थी राजनीतिक दलहरूबीच पार्टी एकता गरिएक...
पौष १ गते, २०८२ - १९:१२
काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् । ...
पौष १ गते, २०८२ - १९:०४
दुर्गा दाहाल दानवीय र अमानवीय नर नारी दुवै हुन् रे वेश्यालयमा बालिका बेच्न नारी नै छन् रे । लैगिक हिंसा र बलत्कारी महिला नै हुनै रे दिनमा नारा ...
पौष १ गते, २०८२ - १८:५३
काठमाडौं । नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपा...
पौष १ गते, २०८२ - १८:४९
कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक...
पौष १ गते, २०८२ - १८:१४
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ । विभागले उद्योग तथा फर्म...
पौष १ गते, २०८२ - १८:१०
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख बिनेश मुनकर्मीविरुद्ध २ कर...
पौष १ गते, २०८२ - १७:५९
काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायण...




प्रतिकृया लेख्नुहोस्: