काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्वदेशी वस्तुमा आधारित उत्पादन उपभोग गर्नुपर्नेमा जोड दिएका छन् ।
राष्ट्रिय उद्यम विकास सहजकर्ता महासङ्घ नेपालको काठमाडौंमा आयोजित दोस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रममा आज उनले स्वदेशी वस्तुमा आधारित उत्पादनलाई सरकारले प्राथमिकता दिएको उल्लेख गर्दै नेपाली उत्पादन उपभोग गर्नुपर्नेमा जोड दिए । उनले स्वदेशी वस्तु उत्पादनमा सरकाले सहुलियत प्रदान गर्ने पनि बताए ।
विश्व बजारमा नेपाली उत्पादनको बजारीकरण गर्नुपर्नेमा जोड दिँदै उनले तीनै तहका सरकारको समन्वय जरुरी रहेको बताए । मन्त्री भण्डारीले रुग्ण उद्योग सञ्चालनका लागि सरकार लागिपरेको उल्लेख गरे ।
अन्यत्र देशबाट कच्चा पदार्थ ल्याएर बजारमा प्रतिस्पर्धा गर्न नसकिने उल्लेख गर्दै उनले स्वदेशी स्रोत साधनमा आधारित उद्योग नै हाम्रा लागि उपयुक्त हुने बताए । उनले युवाहरूको उद्यमशीलताका लागि उद्योग मन्त्रालय हरसम्भव सहयोगका लागि तत्पर रहेको बताए ।
मन्त्री भण्डारीले स्थानीय तहलाई मजबुत बनाएर स्थानीय उत्पादन बढाउन केन्द्र सरकारले जोड दिए । उनले सङ्घीय सरकारले प्रदेश र स्थानीय सरकारका कानुनसित नबाँझिने गरेर कार्यविधि बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
उनले भने, “नेपालका उद्योगमा विदेशी जनशक्ति छन्, हाम्रो जनशक्तिले तालिम नलिएका पनि छैनन्, तालिमको सदुपयोग कसैले गरेका छैनन्, यस्तो अवस्थामा हामी दक्ष जनशक्ति उत्पादन गर्न सक्दैनौँ, हाम्रा उत्पादनको बजार नभएको होइन, उत्पादनको पनि कमी छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - २०:१५
काठमाडाैँ । यो वर्ष ‘कठोर र गैरजिम्मेवार’ सहायता कटौतीको लहरले शरणार्थीहरूलाई अनावश्यक पीडा दिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । सहायता कटौति शर...
मंसिर ३० गते, २०८२ - २०:११
जनकपुरधाम । मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नेपालको संविध...
मंसिर ३० गते, २०८२ - २०:०६
काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको मतदान समय सरेको छ । एमाले ११औँ महाधिवेशनका केन्द्रीय सचिव डा. कुन्साङ लामाले सोमबार साँझ प्र...
मंसिर ३० गते, २०८२ - २०:०१
सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा सोमबार दिउँसो आगलागीबाट ठुलो क्षेत्रफलमा लगाइएको उखु जलेको छ । विद्युतको तार सर्ट भएर मुना चौधरीक...
मंसिर ३० गते, २०८२ - १९:०७
काठमाडौँ । ‘च्याउ खाऔँ, स्वस्थ्य बनौँ’, ‘स्वस्थ्य जीवनको आहार च्याउ’ भन्ने नारासहित च्याउखेती गर्दै आएका ललितपुरको गोदावरी नगरपालिका–११, सेराफाँटका कृ...
मंसिर ३० गते, २०८२ - १९:०४
काठमाडौँ । पछिल्लाे २४ घण्टामा आगलागीमा परी दुई जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला २४ घ...
मंसिर ३० गते, २०८२ - १९:०२
कैलाली । कैलाली जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको ‘सर्च एण्ड स्विप अपरेशन’का क्रममा ३४२ फरार प्रतिवादीलाई पक्राउ गरिएको छ । जिल्ला अदालतले विभ...
मंसिर ३० गते, २०८२ - १८:५९
काठमाडाैँ । बङ्गलादेशका भूतपूर्व प्रधानमन्त्री शेख हसिनाको प्रतिबन्धित पार्टीलाई बढावा दिएको र ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा यहाँका एक वरिष्ठ पत...
मंसिर ३० गते, २०८२ - १८:१३
बैङ्कक । थाइल्यान्डमा आगामी फेब्रुअरी-८ मा आम चुनावको मिती तय भएको थाइ निर्वाचन आयोगले सोमबार जनाएको छ । चुनावका लागि दलले यस वर्षको अन्त्य अघि प्रधान...
मंसिर ३० गते, २०८२ - १८:०९
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको लागि एक सय ६५ निर्वाचन क्षेत्रका सबैजसो वडामा क्रियाशील सदस्यता फाराम वितरण भइरहेको छ । कांग्रेस केन्...




प्रतिकृया लेख्नुहोस्: