काठमाडौं । गृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेलले सञ्चारमाध्यमका अध्यक्ष, प्रकाशक र सम्पादकविरुद्ध मुद्दा हालेकी छन्। पौडेलले गाली बेइजतीको कसुरमा शुत्रःबार २९ जनाविरुद्ध मुद्दा दर्ता गराएकी हुन्।
पौडेलले नागरिक दैनिक, कान्तिपुर दैनिक, अनलइनखबर, उकेरा, अर्थ सरकोकार र जनआस्था मिडियाका अध्यक्ष, प्रकाशक र सम्पादकलाई विपक्षी बनाएर मुद्दा दर्ता गरेकी काठमाडौँ जिल्ला अदालतका सूचना चन्द्रप्रसाद पन्थीले बताए।
पौडेलले मुलुकी अपराध संहिता २०७४ को दफा ३०७ को उपदफा १ र २ बमोजिमको मागदावी लिएर मुद्दा दायर गरेकी हुन्। उक्त दफामा बेइज्जती गरेमा ३ वर्षसम्म कैद र ३० हजारसम्म जरिवाना तथा मनासिव क्षतिपूर्ति र मुद्दा गर्दाको खर्च समेत भराउनुपर्ने कानुनी व्यवस्था छ।
उनले आफ्नो नाम जोडेर सहकारीका विषयमा समाचार लेखेको आरोप लगाउँदै दायर मुद्दामा हरेक प्रतिवादीलाई ३ वर्ष कैद र ३० हजार जरिवाना तथा जनही ५ करोड क्षतिपूर्तिको माग गरेकी छिन्।
साई स्वागत सहकारी संस्थाको रकम हिनामिना प्रकरणको समाचारमा पौडेलको नाम उल्लेख थियो। पौडेल उक्त सहकारीकी निवर्तमान उपाध्यक्ष हुन्। उनले जमानीमा रास्वपाका पूर्वसांसद ढाकाकुमार श्रेष्ठलाई ८० लाख ऋण दिलाइकी थिइन्। उक्त रकम फिर्ता नभएपछि वचतकर्ताको रकम हिनामिना भएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८२ - ११:११
काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...
पौष ९ गते, २०८२ - १०:५०
रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...




प्रतिकृया लेख्नुहोस्: