काठमाडौं । गृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेलले सञ्चारमाध्यमका अध्यक्ष, प्रकाशक र सम्पादकविरुद्ध मुद्दा हालेकी छन्। पौडेलले गाली बेइजतीको कसुरमा शुत्रःबार २९ जनाविरुद्ध मुद्दा दर्ता गराएकी हुन्।
पौडेलले नागरिक दैनिक, कान्तिपुर दैनिक, अनलइनखबर, उकेरा, अर्थ सरकोकार र जनआस्था मिडियाका अध्यक्ष, प्रकाशक र सम्पादकलाई विपक्षी बनाएर मुद्दा दर्ता गरेकी काठमाडौँ जिल्ला अदालतका सूचना चन्द्रप्रसाद पन्थीले बताए।
पौडेलले मुलुकी अपराध संहिता २०७४ को दफा ३०७ को उपदफा १ र २ बमोजिमको मागदावी लिएर मुद्दा दायर गरेकी हुन्। उक्त दफामा बेइज्जती गरेमा ३ वर्षसम्म कैद र ३० हजारसम्म जरिवाना तथा मनासिव क्षतिपूर्ति र मुद्दा गर्दाको खर्च समेत भराउनुपर्ने कानुनी व्यवस्था छ।
उनले आफ्नो नाम जोडेर सहकारीका विषयमा समाचार लेखेको आरोप लगाउँदै दायर मुद्दामा हरेक प्रतिवादीलाई ३ वर्ष कैद र ३० हजार जरिवाना तथा जनही ५ करोड क्षतिपूर्तिको माग गरेकी छिन्।
साई स्वागत सहकारी संस्थाको रकम हिनामिना प्रकरणको समाचारमा पौडेलको नाम उल्लेख थियो। पौडेल उक्त सहकारीकी निवर्तमान उपाध्यक्ष हुन्। उनले जमानीमा रास्वपाका पूर्वसांसद ढाकाकुमार श्रेष्ठलाई ८० लाख ऋण दिलाइकी थिइन्। उक्त रकम फिर्ता नभएपछि वचतकर्ताको रकम हिनामिना भएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २७ गते, २०८३ - २२:१३
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विक्रमसिंह थापाले सुनसरी, सिरहा र कपिलवस्तुमा भएका दुःखद घटनाप्रति प्रतिनिधिसभाको ध्यानाकर्षण गराएका छन्...
श्रावण २७ गते, २०८३ - २२:०९
काठमाडौँ । नेपाल कृषि सहकारी केन्द्रीय संघ, साना किसान विकास लघुवित्त वित्तीय संस्था र दुग्ध विकास संस्थानबीच किसानबाट दूध खरिद तथा बिक्रीसम्बन्धी त्र...
श्रावण २७ गते, २०८३ - २२:००
काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई बुधबार ललितपुरको बागडोलबाट पक्राउ गरिएको हो। श्रेष्ठविरुद्ध ...
श्रावण २७ गते, २०८३ - २१:४२
ओखलढुङ्गा । सिद्धिचरण नगरपालिका–५ डाँडाखर्कका पाँच परिवारका लागि पहिरो अब वर्षायामको मात्रै समस्या रहेन, हरेक दिनको त्रास बनेको छ। दुई दशकदेखि सिस्नेख...
श्रावण २७ गते, २०८३ - २१:३२
पोखरा । हिमालको काख, पहाडका भिराला बस्ती र हरियालीले भरिएका गाउँलाई नेपालमा पानीको स्रोतको धनी मानिन्छ। तर पछिल्ला वर्षहरूमा यही पहाडमा पानीको संकट गह...
श्रावण २७ गते, २०८३ - २१:२९
काठमाडौँ । एप्पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको नयाँ नेपाली चलचित्र ‘भिडियोटेप’को औपचारिक घोषणा गरिएको छ। ललितपुरस्थित लाबिम मलमा आयोजित...
श्रावण २७ गते, २०८३ - २१:२६
काठमाडौँ । ‘इट इज माइ ट्यालेन्ट नेपाल’ सिजन–१ को जुलाई महिनाको विजेता गिनीज अधिकारी बनेकी छन्। प्रतिभा खोजीसम्बन्धी उक्त कार्यक्रमअन्तर्गत जुलाईको उत...
श्रावण २७ गते, २०८३ - २१:२१
काठमाडौँ । गैरआवासीय नेपाली संघको १७औँ युरोप क्षेत्रीय सम्मेलनले नेपाली नागरिकताको निरन्तरता, लगानीमैत्री वातावरण, सुरक्षित वैदेशिक रोजगारी, महिला तथा...
श्रावण २७ गते, २०८३ - २१:१८
काठमाडौँ । गैरआवासीय नेपाली संघको ११औँ एसिया प्रशान्त क्षेत्रीय सम्मेलन आगामी अगस्ट १५ देखि १७ सम्म चीनको ग्वाङ्झाउमा आयोजना हुने भएको छ। ‘आरोहण २०२६–...
श्रावण २७ गते, २०८३ - २१:०१
विराटनगर । केन्द्रमा फेरिएको सत्ता समीकरणको असर कोशी प्रदेश सरकारमा पनि देखिएको छ। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ राजनीतिक सहकार्य बने...



प्रतिकृया लेख्नुहोस्: