सुनसरी । सुनसरीको हरिनगरा गाउँपालिकामा दर्जन बढीको संख्यामा रहेको समूहले अर्का एकजनालाई मरणासन्न हुनेगरी कुटपिट गरेपछि स्थिति तनावपूर्ण बनेको छ। बिहीबार दर्जनभन्दा बढीको समूहले स्थानीय जीवन मेहतालाई कुटपिट गरेपछि स्थिति तनावपूर्ण बनेको हो। हजारौं सर्वसाधारण बाँसको भाटा लिएर प्रदर्शनमा उत्रिएपछि जिल्ला प्रशासन कार्यालाय सुनसरीले हरिनगरा गाउँपालिकाभरि र देवानगन्ज गाउँपलिकाको २ वटा वडामा शुक्रबार १२ बजेदेखि अनिश्चितकालीन कर्फ्यूलगाएको थियो।
कर्फ्यूपश्चात् पनि प्रदर्शन नरोकिएपछि प्रहरीले गोली चलाएको छ। प्रहरीको गोली र लाठी लागेर १० प्रदर्शनकारी घाइते भएका छन्। प्रदर्शनकारीको ढुंगा प्रहारबाट, १५ जना प्रहरी घाइते भएको सुनसरीका प्रहरी प्रमुख एसपी विपिन रेग्मीले बताए। कर्फ्यू उल्लंघन गरेर शान्ति सुरक्षा खल्बलाएका कारण नेपाल प्रहरीले ३१ राउन्ड र सशस्त्र प्रहरीले ५१ राउन्ड गोली (हवाई फायर) चलाएको थियो।
प्रहरीको गोली लागेर घाइते भएका पाँच जना डिस्चार्ज भएको र अन्य पाँच जनाको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ। कर्फ्यू उल्लंघन गर्दै पाँच हजारभन्दा बढीको संख्यामा एकअर्कामा आक्रमणमा उत्रिएपछि भिड नियन्त्रणका लागि प्रहरीले दर्जनौं पटक हवाई फायर र अश्रुग्यास प्रहार गरेको सुनसरीका प्रहरी प्रमुख रेग्मीले बताए। उनका अनुसार इनरुवा नगरपालिका, हरिनगरा, देवानगञ्ज, भोक्राहा नरसिंह र कोशी गाउँपालिकामा शुक्रबार अपराह्न ५ बजेदेखि लागू हुनेगरी कर्फ्यू आदेश जारी भएको छ।
उनले भिड नियन्त्रणका लागि दुवै समुदायका अग्रजहरूलाई बोलाएर घटना साम्य पार्ने प्रयास भइरहेको बताए। उक्त स्थानमा स्थानीय प्रशासनले व्यापक प्रहरी परिचालन गरी कर्फ्यू जारी राखेको छ। जातीय दंगा भड्किन नदिन सुनसरीको इनरुवा, कोशी, भोक्राहा नर्सिङ, हरिनगरा र देवानगन्जमा नेपाली सेना परिचालन गरिएको समाचार अन्नपुर्ण दैनिकमा छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८२ - १८:४२
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...
पौष ९ गते, २०८२ - १८:३९
जनकपुरधाम । अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै जनकपुरधाम उपमहानगरपालिकाले शुक्रबार (पुस ११ गते) एक ...
पौष ९ गते, २०८२ - १८:३६
सर्लाही । एक साताअघि सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा आगलागीबाट क्षति भएको उखु अब चिनी मिलहरूले खरिद गर्ने भएका छन् । आगलागीपछि उखु बिक्री नहुन...
पौष ९ गते, २०८२ - १८:३२
काठमाडौं । सर्वोच्च अदालतले कैदीहरूको कैद कट्टा (मिनाहा) सम्बन्धी निर्णय अब राष्ट्रपतिसमक्ष लैजान नपाइने स्पष्ट व्याख्या गरेको छ । अदालतले यससम्बन्धी ...
पौष ९ गते, २०८२ - १८:२८
काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच आज औपचारिक एकता हुने भएको छ । दुई ...
पौष ९ गते, २०८२ - ११:११
काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...
पौष ९ गते, २०८२ - १०:५०
रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...




प्रतिकृया लेख्नुहोस्: