सुनसरी । सुनसरीको हरिनगरा गाउँपालिकामा दर्जन बढीको संख्यामा रहेको समूहले अर्का एकजनालाई मरणासन्न हुनेगरी कुटपिट गरेपछि स्थिति तनावपूर्ण बनेको छ। बिहीबार दर्जनभन्दा बढीको समूहले स्थानीय जीवन मेहतालाई कुटपिट गरेपछि स्थिति तनावपूर्ण बनेको हो। हजारौं सर्वसाधारण बाँसको भाटा लिएर प्रदर्शनमा उत्रिएपछि जिल्ला प्रशासन कार्यालाय सुनसरीले हरिनगरा गाउँपालिकाभरि र देवानगन्ज गाउँपलिकाको २ वटा वडामा शुक्रबार १२ बजेदेखि अनिश्चितकालीन कर्फ्यूलगाएको थियो।
कर्फ्यूपश्चात् पनि प्रदर्शन नरोकिएपछि प्रहरीले गोली चलाएको छ। प्रहरीको गोली र लाठी लागेर १० प्रदर्शनकारी घाइते भएका छन्। प्रदर्शनकारीको ढुंगा प्रहारबाट, १५ जना प्रहरी घाइते भएको सुनसरीका प्रहरी प्रमुख एसपी विपिन रेग्मीले बताए। कर्फ्यू उल्लंघन गरेर शान्ति सुरक्षा खल्बलाएका कारण नेपाल प्रहरीले ३१ राउन्ड र सशस्त्र प्रहरीले ५१ राउन्ड गोली (हवाई फायर) चलाएको थियो।
प्रहरीको गोली लागेर घाइते भएका पाँच जना डिस्चार्ज भएको र अन्य पाँच जनाको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ। कर्फ्यू उल्लंघन गर्दै पाँच हजारभन्दा बढीको संख्यामा एकअर्कामा आक्रमणमा उत्रिएपछि भिड नियन्त्रणका लागि प्रहरीले दर्जनौं पटक हवाई फायर र अश्रुग्यास प्रहार गरेको सुनसरीका प्रहरी प्रमुख रेग्मीले बताए। उनका अनुसार इनरुवा नगरपालिका, हरिनगरा, देवानगञ्ज, भोक्राहा नरसिंह र कोशी गाउँपालिकामा शुक्रबार अपराह्न ५ बजेदेखि लागू हुनेगरी कर्फ्यू आदेश जारी भएको छ।
उनले भिड नियन्त्रणका लागि दुवै समुदायका अग्रजहरूलाई बोलाएर घटना साम्य पार्ने प्रयास भइरहेको बताए। उक्त स्थानमा स्थानीय प्रशासनले व्यापक प्रहरी परिचालन गरी कर्फ्यू जारी राखेको छ। जातीय दंगा भड्किन नदिन सुनसरीको इनरुवा, कोशी, भोक्राहा नर्सिङ, हरिनगरा र देवानगन्जमा नेपाली सेना परिचालन गरिएको समाचार अन्नपुर्ण दैनिकमा छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २७ गते, २०८३ - २२:१३
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विक्रमसिंह थापाले सुनसरी, सिरहा र कपिलवस्तुमा भएका दुःखद घटनाप्रति प्रतिनिधिसभाको ध्यानाकर्षण गराएका छन्...
श्रावण २७ गते, २०८३ - २२:०९
काठमाडौँ । नेपाल कृषि सहकारी केन्द्रीय संघ, साना किसान विकास लघुवित्त वित्तीय संस्था र दुग्ध विकास संस्थानबीच किसानबाट दूध खरिद तथा बिक्रीसम्बन्धी त्र...
श्रावण २७ गते, २०८३ - २२:००
काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई बुधबार ललितपुरको बागडोलबाट पक्राउ गरिएको हो। श्रेष्ठविरुद्ध ...
श्रावण २७ गते, २०८३ - २१:४२
ओखलढुङ्गा । सिद्धिचरण नगरपालिका–५ डाँडाखर्कका पाँच परिवारका लागि पहिरो अब वर्षायामको मात्रै समस्या रहेन, हरेक दिनको त्रास बनेको छ। दुई दशकदेखि सिस्नेख...
श्रावण २७ गते, २०८३ - २१:३२
पोखरा । हिमालको काख, पहाडका भिराला बस्ती र हरियालीले भरिएका गाउँलाई नेपालमा पानीको स्रोतको धनी मानिन्छ। तर पछिल्ला वर्षहरूमा यही पहाडमा पानीको संकट गह...
श्रावण २७ गते, २०८३ - २१:२९
काठमाडौँ । एप्पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको नयाँ नेपाली चलचित्र ‘भिडियोटेप’को औपचारिक घोषणा गरिएको छ। ललितपुरस्थित लाबिम मलमा आयोजित...
श्रावण २७ गते, २०८३ - २१:२६
काठमाडौँ । ‘इट इज माइ ट्यालेन्ट नेपाल’ सिजन–१ को जुलाई महिनाको विजेता गिनीज अधिकारी बनेकी छन्। प्रतिभा खोजीसम्बन्धी उक्त कार्यक्रमअन्तर्गत जुलाईको उत...
श्रावण २७ गते, २०८३ - २१:२१
काठमाडौँ । गैरआवासीय नेपाली संघको १७औँ युरोप क्षेत्रीय सम्मेलनले नेपाली नागरिकताको निरन्तरता, लगानीमैत्री वातावरण, सुरक्षित वैदेशिक रोजगारी, महिला तथा...
श्रावण २७ गते, २०८३ - २१:१८
काठमाडौँ । गैरआवासीय नेपाली संघको ११औँ एसिया प्रशान्त क्षेत्रीय सम्मेलन आगामी अगस्ट १५ देखि १७ सम्म चीनको ग्वाङ्झाउमा आयोजना हुने भएको छ। ‘आरोहण २०२६–...
श्रावण २७ गते, २०८३ - २१:०१
विराटनगर । केन्द्रमा फेरिएको सत्ता समीकरणको असर कोशी प्रदेश सरकारमा पनि देखिएको छ। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ राजनीतिक सहकार्य बने...



प्रतिकृया लेख्नुहोस्: