एजेन्सी । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले चीनप्रतिको दृष्टिकोणमा विशेषरूपमा माइक्रोचिप्स र हरित प्रविधिको क्षेत्रमा ब्रसेल्स र वासिङ्टनबीच ‘बढ्दो तालमेल’ को शुक्रबार प्रंशसा गरेका छन् ।
“पछिल्लो तीन वर्षमा यी मुद्दामा हाम्रो दृष्टिकोणमा समानाता बढिरहेको छ । संयुक्त राज्य अमेरिका र युरोपेली युनियन (इयु) एकताबद्ध हुँदा र हामी सामान्य उद्देश्यका लागि काम गरिरहेका बेला यसले ठूलो फरक पार्छ”, बेल्जियममा व्यापार र प्रविधिमाथि इयु–अमेरिका बैठकमा सहभागी भएपछि उनले भने ।
इयु–अमेरिका बैठक एटलान्टिकका दुवैतर्फ रहेका ठूला अर्थतन्त्रहरूका लागि आफ्ना मतभेदहरू हटाउन र व्यापार तथा प्रविधि क्षेत्रमा संयुक्त पश्चिमी स्थितिहरूको निर्माणका लागि आधार तयार गर्ने मञ्च हो ।
इयु र अमेरिकाले वैश्विक कूल गार्हस्थ्य उत्पादन (जिडिपी) को करिब एक तिहाई हिस्सा लिन्छन् भने चीनले करिब १६ प्रतिशतको प्रतिनिधित्व गर्दछ । वैश्विक जिडिपीको गणना क्रयशक्ति समानतामा गरिन्छ । नाममात्रको सन्दर्भमा इयु र अमेरिकाले वैश्विक जिडिपीको करिब ४४ प्रतिशत र चीनले करिब १८ प्रतिशत योगदान गर्दछन् ।
वासिङ्टनले धेरै क्षेत्रमा अधिकांश धेरै खर्च गर्न सक्ने बेइजिङ सरकारद्वारा निर्देशित र समर्थित चिनियाँ आयातविरुद्ध थप आक्रामक अडान लिएको छ । ब्रसेल्सले भने चिनियाँ उत्पादनहरूमा निर्भरता कम गर्ने थप ‘जोखिमरहित’ रणनीति अपनाइरहेको छ ।
चीन भ्रमणका क्रममा अमेरिकी अर्थमन्त्री जेनेट येलेनले शुक्रबार चीनले उद्योगका लागि दिएको अनुदानले विश्वव्यापी आर्थिक लचिलोपनका लागि खतरा निम्त्याउन सक्ने चेतावनी दिए । उनले चीनको ‘अतिक्षमता’ ले अमेरिकी र अन्य मुलुकका कम्पनीहरूमा हुने कटौतीबारेमा चिन्ता व्यक्त गरे ।
बेल्जियममा इयु–अमेरिका बैठकपछि इयुका व्यापार आयुक्त वाल्डिस डोम्ब्रोभ्स्कीले ‘सेमीकन्डक्टरको क्षेत्रमा लचिलो आपूर्ति शृङ्खला विकास’ का लागि ट्रान्सएटलान्टिक सहयोगको ‘आर्थिक दबाब’ माथि प्रकाश पारे । “अत्यन्त जटिल भू–राजनीतिक परिस्थितिमा इयु र अमेरिकाले रणनीतिक सहयोगीका रूपमा एकसाथ काम गर्नु वास्तवमा महत्त्वपूर्ण छ भन्ने कुरा अत्यन्त स्पष्ट छ”, चीनको नाम नलिई उनले भने ।
इयुका एकाधिकार व्यापारविरोधी प्रमुख कमिश्नर मार्गरेट वेस्टेजरले ब्रसेल्सले आफ्नै अडान बनाएको र त्यसलाई अमेरिकी समकक्षीहरूसँग बैठकमा प्रस्तुत गरिएको बताए । “यो कसैको विरुद्धमा होइन, यसले हामीलाई बलियो बनाउँछ, यो वास्तमा सहयोग समर्थक हो र हामीले वास्तवमा डेलिभर गरेका छौँ भन्ने मलाई लागेको छ”, उनले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - २०:१५
काठमाडाैँ । यो वर्ष ‘कठोर र गैरजिम्मेवार’ सहायता कटौतीको लहरले शरणार्थीहरूलाई अनावश्यक पीडा दिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । सहायता कटौति शर...
मंसिर ३० गते, २०८२ - २०:११
जनकपुरधाम । मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नेपालको संविध...
मंसिर ३० गते, २०८२ - २०:०६
काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको मतदान समय सरेको छ । एमाले ११औँ महाधिवेशनका केन्द्रीय सचिव डा. कुन्साङ लामाले सोमबार साँझ प्र...
मंसिर ३० गते, २०८२ - २०:०१
सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा सोमबार दिउँसो आगलागीबाट ठुलो क्षेत्रफलमा लगाइएको उखु जलेको छ । विद्युतको तार सर्ट भएर मुना चौधरीक...
मंसिर ३० गते, २०८२ - १९:०७
काठमाडौँ । ‘च्याउ खाऔँ, स्वस्थ्य बनौँ’, ‘स्वस्थ्य जीवनको आहार च्याउ’ भन्ने नारासहित च्याउखेती गर्दै आएका ललितपुरको गोदावरी नगरपालिका–११, सेराफाँटका कृ...
मंसिर ३० गते, २०८२ - १९:०४
काठमाडौँ । पछिल्लाे २४ घण्टामा आगलागीमा परी दुई जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला २४ घ...
मंसिर ३० गते, २०८२ - १९:०२
कैलाली । कैलाली जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको ‘सर्च एण्ड स्विप अपरेशन’का क्रममा ३४२ फरार प्रतिवादीलाई पक्राउ गरिएको छ । जिल्ला अदालतले विभ...
मंसिर ३० गते, २०८२ - १८:५९
काठमाडाैँ । बङ्गलादेशका भूतपूर्व प्रधानमन्त्री शेख हसिनाको प्रतिबन्धित पार्टीलाई बढावा दिएको र ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा यहाँका एक वरिष्ठ पत...
मंसिर ३० गते, २०८२ - १८:१३
बैङ्कक । थाइल्यान्डमा आगामी फेब्रुअरी-८ मा आम चुनावको मिती तय भएको थाइ निर्वाचन आयोगले सोमबार जनाएको छ । चुनावका लागि दलले यस वर्षको अन्त्य अघि प्रधान...
मंसिर ३० गते, २०८२ - १८:०९
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको लागि एक सय ६५ निर्वाचन क्षेत्रका सबैजसो वडामा क्रियाशील सदस्यता फाराम वितरण भइरहेको छ । कांग्रेस केन्...




प्रतिकृया लेख्नुहोस्: