Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

सरकारको ध्यान बजेट र नीति तथा कार्यक्रममा केन्द्रित छ: प्रधानमन्त्री दाहाल

खबरडबली संवाददाता

गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको अहिलेको ध्यान नयाँ बजेट र नीति तथा कार्यक्रममा केन्द्रित रहेको बताएका छन् । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति गोरखाको आयोजनामा आज सदरमुकाममा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले सरकारले आगामी आर्थिक वर्षको बजेट नयाँ ढङ्गले ल्याउने तयारी गरेको बताए । 

प्रधानमन्त्री दाहालले भने, “मैले गतसाल नै भनेको थिएँ सरकारको नीति तथा कार्यक्रम र बजेट बनाउने तरिका अब परम्परागत हुनेछैन, त्यसलाई नयाँ तरिकाबाट सामूहिक विवेकको प्रयोग गर्दै सबै सांसदको राय लिएर बजेट बनाउने प्रक्रिया सुरु भइसकेको छ ।” 

अध्यादेशमार्फत पुरानै शैलीबाट बजेट ल्याउने परम्परा तोडिएको उनको भनाइ थियो  । अब आउने बजेट उत्पादकत्व र रोजगारी केन्द्रित रहने प्रधानमन्त्री दाहालले उल्लेख गरे । 

‘‘दश–बीस लाखका साना बजेट पनि सङ्घीय सरकारले नै गर्ने परम्परा तोडिएको छ”, उनले भने, “तीन करोडभन्दा साना कुनै पनि आयोजना अब सङ्घीय सरकारले गर्ने छैन, साना आयोजना सबै प्रदेश र स्थानीय सरकारले गर्नेछन् ।”

प्रधानमन्त्री दाहालले सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा सरकार फेरि नयाँ शिराबाट अगाडि बढेको बताए । “लघुवित्त पीडितको समस्या वार्ताको माध्यमबाट समाधान गरेर टुङ्ग्यायौँ”, प्रधानमन्त्री दाहालले भने, “मिटरब्याज पीडितहरूको पनि सडकमा  जटिल समस्या देखिएको थियो, त्यो पनि समाधान भएर गएको छ, सहकारीसम्बन्धी समस्या पनि नयाँ वर्गीकरणसहित समाधान गर्ने प्रक्रियामा सरकार अघि बढेको छ ।”

ललिता निवासको झण्डै एक सय ४२ रोपनी जग्गा सरकारको नाममा फिर्ता ल्याइएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले बाँसवारीको १० रोपनी पनि सरकारको नाममा आएको बताए । “यी सबै सुशासन र भ्रष्टाचारको विरुद्धमा भएका काम हुन्, भुटानी शरणार्थी प्रकरण पनि अर्को एउटा उदाहरण हो”, उनले भने, “वाइडबडी प्रकरणमा सरकारले चलाएको कदमले पनि भ्रष्टाचार गर्नेहरू कोही छुट्दैनन् भन्ने प्रमाणित भइसकेको छ ।”

फरक प्रसङ्गमा प्रधानमन्त्री दाहालले बुढीगण्डकी जलविद्युत् आयोजना शिलान्यास गर्न अन्तिम निर्देशन दिइसकेको जानकारी दिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एनपिएल फाइनल भाेलि:उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् ।  कीर्त...

इन्डोनेसिया नवीकरणीय ऊर्जातर्फ उन्मुखः २०२६ पछि डिजेल आयात रोकिने

जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...

नापी कार्यालयका सर्वेक्षक र सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...

अमेरिकाले भनेजुएली नागरिकको ‘देश निकाला’का लागि तय गरेको उडान रद्द

काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...

धनकुटामा तमोर नदीमा हाम फालेका पुरुष बेपत्ता

धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् ।  शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...

बेलायतको वृद्धि दर घट्दै, लगानी र व्यापारमा दबाब

लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...

बुढीगण्डकी आयोजना निर्माण अघि बढाउन पहल भइरहेको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...

पाहुनाको पर्खाइमा म्याग्दीकाे ‘मुदीगाउँ’

म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...

चुनावले मात्र देशलाई लयमा ल्याउँछ : पूर्वमन्त्री भुसाल

तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...

नेकपाको एकता सन्देशसभा: पार्टीको नीति र विचार जनस्तरमा

गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending