Khabar Dabali २७ श्रावण २०८३ बुधबार | 12th August, 2026 Wed
Investment bank

एक वर्ष नपुग्दै लुम्बिनी सरकार संकटमा

आज विशेष अधिवेशन, सबै दलले रणनीति बनाउन बोलाए बैठक

खबरडबली संवाददाता

रूपन्देही । एक वर्ष नपुग्दै लुम्बिनी प्रदेश सरकार संकटमा परेको छ । लुम्बिनी प्रदेशमा  नेपाली कांग्रेस नेतृत्वको सरकार संकटमा परेकाे हाे । 

मुख्यमन्त्री डिल्ली चौधरीले अल्पमतमा परेको एक महिनामा आज सदन फेस गर्ने भएका छन् । अहिलेसम्मको गणितमा उनले बहुमत कायम राख्न सक्ने अवस्था रहेकाे छैन । चौधरीले आजै विश्वासको मत लिने तयारी सहित प्रदेश सभाको कार्यसूची रहेपनि सदनमा सम्बोधन गरेर राजीनामा दिने आंकलन गरिएको छ ।

यो विषयमा निर्णय गर्न दिउसो १ बजे दलको बैठक बोलाइएको छ । कांग्रेस प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले बहुमत पुग्ने आधारमा मात्रै विश्वासको मतमा जाने नभए नजाने अवस्था हुनसक्ने तर यसको कुनै निर्णय नभएको बताए ।

सदन दिउसो ४ बजेका लागि बोलाइएको छ । चौधरीले विश्वासको मत पाउने अंकगणित छैन । नयाँ समीकरणमा रहेका दलले लुम्बिनीमा माओवादीले सरकारको नेतृत्व लिने सहमति गरेका छन् । तर, नयाँ गठबन्धनका लागि पनि संसदीय अंकगणित प्रतिकूल नै छ । ८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सीट आवश्यक पर्छ ।

प्रदेश सभाको अंकगणितअनुसार एमालेको २९, माओवादीको १०, जसपा ३ र एकीकृत समाजवादी एकसहित जम्मा ४३ सीट मात्र पुग्छ । एक स्वतन्त्र सांसदलनई गठबन्धनले पहिले नै सहमति गरिसकेको जनाएका छन् । नागरिक उन्मुक्ति पार्टीको चार सिट थपिएको अवस्थामा ४७ सीटसहित बहुमत पुग्छ ।

नागरिक उन्मुक्ति पार्टीभित्र विवाद छ । उसले समर्थन नगरेको अवस्थामा नयाँ गठबन्धनलाई बहुमतका लागि १ सांसद चाहिन्छन् । विपक्षी मोर्चामा कांग्रेस २७, राप्रपा चार, जनमत तीन, लोसपा तीन, जनमोर्चाको एक सीट रहेको छ । बिहीबार नै एमाले, माओवादी, जसपा, नाउपा, राप्रपासहितका दलहरूले संसदीय दलको बैठक बोलाएका छन् ।

माओवादीले दलका नेता जोखबहादुर महराको नेतृत्वमा सरकार बनाउन तयारी गरेको जनाएको छ । प्रदेश अध्यक्ष सुदर्शन बरालले गठबन्धनमा रहेका र बाहिर रहेका दलहरूको समेत हस्ताक्षरमा दावी पेश गर्ने तयारीमा रहेको बताए । ‘बहुमत सांसदहरूको हस्ताक्षर तयारी छ, गठबन्धन बाहिर रहेका दलसँग पनि कुराकानी भएको छ, सायद धेरै सहभागी हुनुहुन्छ’ उनले भने ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सीमाको विषय कूटनीतिक माध्यमबाटै सुल्झाउनुपर्छ : सांसद थापा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विक्रमसिंह थापाले सुनसरी, सिरहा र कपिलवस्तुमा भएका दुःखद घटनाप्रति प्रतिनिधिसभाको ध्यानाकर्षण गराएका छन्...

डिडिसीले दैनिक १५ हजार लिटर दूध खरिद गर्ने, कृषि केन्द्रीय संघ र साना किसानसँग त्रिपक्षीय सम्झौता

काठमाडौँ । नेपाल कृषि सहकारी केन्द्रीय संघ, साना किसान विकास लघुवित्त वित्तीय संस्था र दुग्ध विकास संस्थानबीच किसानबाट दूध खरिद तथा बिक्रीसम्बन्धी त्र...

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई बुधबार ललितपुरको बागडोलबाट पक्राउ गरिएको हो। श्रेष्ठविरुद्ध ...

दुई दशकदेखि रोकिएन पहिरो, घरआँगनमै आइपुग्दा पनि राज्य बेखबर

ओखलढुङ्गा । सिद्धिचरण नगरपालिका–५ डाँडाखर्कका पाँच परिवारका लागि पहिरो अब वर्षायामको मात्रै समस्या रहेन, हरेक दिनको त्रास बनेको छ। दुई दशकदेखि सिस्नेख...

पानीको संकटले रित्तिँदै पहाड : जहाँ मुहान सुके, त्यहाँ गाउँ नै खाली भए

पोखरा । हिमालको काख, पहाडका भिराला बस्ती र हरियालीले भरिएका गाउँलाई नेपालमा पानीको स्रोतको धनी मानिन्छ। तर पछिल्ला वर्षहरूमा यही पहाडमा पानीको संकट गह...

एप्पल इन्टरटेन्मेन्टको नयाँ फिल्म ‘भिडियोटेप’ घोषणा, उपासना र कुन्दन मुख्य भूमिकामा

काठमाडौँ । एप्पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको नयाँ नेपाली चलचित्र ‘भिडियोटेप’को औपचारिक घोषणा गरिएको छ। ललितपुरस्थित लाबिम मलमा आयोजित...

इट इज माइ ट्यालेन्टको जुलाई विजेता गिनीज अधिकारी, जितिन् ५० हजार रुपैयाँ

काठमाडौँ  । ‘इट इज माइ ट्यालेन्ट नेपाल’ सिजन–१ को जुलाई महिनाको विजेता गिनीज अधिकारी बनेकी छन्। प्रतिभा खोजीसम्बन्धी उक्त कार्यक्रमअन्तर्गत जुलाईको उत...

डब्लिन घोषणापत्र : एनआरएनएले उठायो नागरिकता, लगानीदेखि सुरक्षित वैदेशिक रोजगारीसम्मका १५ मुद्दा

काठमाडौँ । गैरआवासीय नेपाली संघको १७औँ युरोप क्षेत्रीय सम्मेलनले नेपाली नागरिकताको निरन्तरता, लगानीमैत्री वातावरण, सुरक्षित वैदेशिक रोजगारी, महिला तथा...

ग्वाङ्झाउमा एनआरएनएको एसिया प्रशान्त सम्मेलन हुँदै, नेपालमा लगानीदेखि नागरिकताको अधिकारसम्म बहस हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघको ११औँ एसिया प्रशान्त क्षेत्रीय सम्मेलन आगामी अगस्ट १५ देखि १७ सम्म चीनको ग्वाङ्झाउमा आयोजना हुने भएको छ। ‘आरोहण २०२६–...

कोशी सरकारबाट कांग्रेसका मन्त्री बाहिरिए, नयाँ सत्ता समीकरणले बदलियो प्रदेशको राजनीति

विराटनगर । केन्द्रमा फेरिएको सत्ता समीकरणको असर कोशी प्रदेश सरकारमा पनि देखिएको छ। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ राजनीतिक सहकार्य बने...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending