Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

‘जलवायुमैत्री विकास आजको आवश्यकता’

खबरडबली संवाददाता

काठमाडौं । सरोकारवालाले जलवायुमैत्री विकास आजको आवश्यकता रहेकामा जोड दिएका छन् । आज राजधानीमा व्यावसायिक विकास तथा अनुसन्धान केन्द्र, मार्टिन चौतारी, नेपाल बौद्ध अम्बेडकर महासभाको संयुक्त आयोजनामा आयोजित कार्यक्रममा बोल्दै सरोकारवालाले जलवायुमैत्री विकासमा जोड दिएका हुन् ।

सहभागितामूलक विकास विशेषज्ञ चेतनाथ कंडेलले पछिल्लो समय विकासका नाममा विनाश बढ्दै गएकाले अब जलवायुमैत्री विकासमा ध्यान दिनुपर्ने बताए । “विगत एक दशकदेखि नेपालमा डोजरे विकास भयो, विकास गर्दा  वातावरणमैत्री विकासमा जोड दिन सकेनौँ”, उनले भने, “अब विकासका गतिविधि अगाडि बढाउँदा जलावायुका पक्षलाई ख्याल गर्न सकिएन भने विकासका नाममा विनास निम्तिने छ र प्राकृतिक विपत्तिका कारण विकासमा गरिएको लगानी खेर जान सक्छ ।”

नेपालमा हुने हरेक विकासका गतिविधि असमान रहेकाले समान विकासका लागि पहल अगाडि बढाउन आवश्यक रहेको उनले बताए । जनसहभागितामूलक विकास गर्नुपर्ने कंडेलको जोड रहेको छ । सबै जिल्लामा सडक सञ्जाल जोडिएपछि सर्वसाधारणले विकासको अनुभूति गरेको भन्दै आगामी १० वर्षमा ती सडक कालोपत्र हुने उनको भनाइ छ ।

“धेरै स्थानीय तहमा कच्ची सडक विस्तार भइसकेको छ, अब कालोपत्रको युग सुरु हुन्छ, र सडक सुविधाबाट सर्वसाधारण लाभान्वित हुनेछन्”, उनले भने, “भौतिक विकास मात्रै विकास नभइ मानवीय विकास पनि विकास हो भनेर हामीले बुझ्नु जरुरी छ ।”

विकास पत्रकार केपी ढुङ्गानाले विकासका कार्यक्रमलाई प्रभावकारीरुपमा सञ्चालन गर्न स्थानीय तहहरुलाई शक्तिशाली बनाउनुपर्ने धारणा राखे । “सङ्घीयता लागू भएसँगै हामीले धरै परिवर्तन होला भन्ने आशा गरेका थियौँ, तर आशाअनुरुपको विकास हुन सकिरहेको छैन,” उनले भने, “थाइल्याण्ड जस्तो मुलुकहरुमा मानव स्रोत परिचालन गरेर उदारणीय विकास भएको छ भने हामी किन ती मुलुकहरुको विकासका मोडललाई नअपनाउने त ?” 

नेपालको विकास कछुवाको गतिमा अगाडि बढेको र त्यसलाइ छिटो बनाउनुपर्ने र विकास गर्दा वातावरणीय पक्षलाई ख्याल गर्नुपर्ने उनको तर्क छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

श्रम, संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ

काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् ।  ...

छद्मभेष

दुर्गा दाहाल दानवीय र अमानवीय नर नारी दुवै हुन् रे वेश्यालयमा बालिका बेच्न नारी नै छन् रे । लैगिक हिंसा र बलत्कारी महिला नै हुनै रे  दिनमा नारा ...

५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपा...

जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन् : मन्त्री घिसिङ

कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक...

विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ ।  विभागले उद्योग तथा फर्म...

पोखरा विमानस्थल प्रमुखविरुद्ध २ करोड ५० लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख बिनेश मुनकर्मीविरुद्ध २ कर...

सशस्त्रका तीन एआईजीको सरुवा

  काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायण...

माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार बढी रुख काटियो

सङ्खुवासभा । यहाँको भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको एक हजार ६३ मेगावाटको माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार भन्दा बढी रुख काटिएको छ ...

एमाले महाधिवेशनः ११ जना केन्द्रीय सदस्य सर्वसम्मत चयन

  काठमाडौं । नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएका छन् ।  पार्ट...

झापामा हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने

झापा । कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय बिर्तामोडले यस वर्षको हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने जनाएको छ । शाखाका प्रमुख दीपककुम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending